–दीर्घराज प्रसाई
माओवादी, कांग्रेस, एमालको काल नैं दिल्लीमा १२ बुँदे सहमति हो । २०६२ साल मंसिर ७ गते, सोनीयाँ गाँधीको सत्ताको आड र भारतीय गुप्तचर संस्थाको निर्देशनमा दिल्लीमा १२ बुँदे सहमति गरेर त्यसैको आधारमा २०६२।६३ सालमा आन्दोलन गरियो । उक्त १२ बुँदे सहमति नेपालको अस्तित्वलाई तहसनहस गर्ने कांग्रेस (आई)को रणनीति थियो । त्यही १२ बुँदे संझौताकै कारणले २०६३ सालको जनआन्दोलनलाई वैधानिकता नदिएर कांग्रेस, एमाले र माओवादीहरु सबै फसेका छन् । त्यसैले जति नैं माओवादी, कांग्रेस, एमालले आफूहरुलाई बचाउने प्रयत्न गर्न खोजेता पनि १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नेहरुले नेपाली जनताका माझमा आम माफी नमागेसम्म यिनीहरु राष्ट्रघातको कलंकबाट बाँच्न सक्तैनन् ।
समय बलवान छ– समयले यस्ता देशद्रोहीहरुलाई नेपाली जनताले छोड्ने छैनन् । हो, यिनीहरुले २०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्रसँग सहमति भएर जनआन्दोलन रोकिएपछि त्यही सहमतिलाई नैं आधार बनाएर २०६३ सालको जनआन्दोलन रोकिएपछि त्यसैलाई आधार बनाएर नेपालको भलो चिताएर अगाडि बढेको भए हामीले धेरै उपलब्धि हासिल गरिसक्थ्यौं । तर त्यसलाई तोडमोड गरेर अन्योलग्रस्त बनाइएकाले नेपालले स्थिरता कायम गर्न सकेको छैन । कांग्रेस, एमाले, माओवादी नेताहरुमा चढेको अहंकारले न नेपाल सम्हालिन सकेको छ र राजनीतिक दलका नेताहरु असफल हुन भएका छन् । २०६३ सालको आन्दोलन बिसर्जन भएको एक महिना नपुग्दैदेखि नेपालमा संतुलन र नियन्त्रणको सिद्धान्तलाई कुठाराघात गर्दै २०६३ पछि सर्वसत्तावाद संस्थापना गर्ने कार्य २०६३ सालपछि सत्तासीन पार्टीहरुबाटै भयो । माओवादी, कांग्रेस, एमालेको सहमतिपत्रलाई अन्तरिम संविधान घोषणा गरियो । जनताको अभिमत बीना आफूखसी राष्ट्रप्रमुख, सभामूख बन्दै सपथग्रहण गर्दै संविधानवादको धज्जी उडाइयो । शासन व्यवस्थालाई राजनीतिक भागवण्डाको आधारमा संचालन गर्न खोजियो । यसरी दलगत तानातान्बाट ग्रसित भएर आफूहरुले गरेका गल्तीहरु नसच्याएर जनतालाई दिग्भ्रमित बनाउने कार्य नैं अहिलेको संकटका मूख्य कारक भएका छन् ।
नेपाललाई विश्वभर चिनाउने विश्वको एक मात्र हिन्दअधिराज्य र राजसंस्थालाई विस्थापित गर्न खोजेकै कारणले बितेका ८ बर्षदेखि नेपालअधिराज्य अन्योलग्रस्त छ । पृथ्वीनारायण शाहले हिमवतखण्ड नेपालका स–साना ५४ वटा हिन्दुराज्यहरुलाई एकीकृत गरेर निर्माण भएको यो विश्वको एक मात्र हिन्दु अधिराज्य हो । उत्तर तर्फ चीन र दक्षिणतर्फ भारतको बीचमा अवस्थित नेपालले दुबै राष्ट्रहरुसँग संतुलित संवन्ध कायम राख्दै यहाँभित्रका विभिन्न जातजाति, समूदाय र धर्महरुको संरक्षणा र संवर्धन गर्न स्थायी राष्ट्रप्रमुखको रुपमा नेपालमा राजसंस्था नैं सबैको अभिभावक हुनसक्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले यो देशमा विभिन्न प्रकारका राजनीतिक परिवर्तन भएता पनि नेपालको राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यको आत्मसाथ गरेर २०६३ सालपछि हिड्न खोजेको भए नेपालको यस्तो दुर्दशा हुने नैं थिएन । नेपाललाई अरुहरु देशसँग दाँजेर गणतन्त्रात्मक सोच राख्नु र प्रचलीत हिन्दुअधिराज्यलाई विस्थापित गर्न खोज्नु, विदेशीहरुले के भन्छन् र उनीहरुका गुप्तचर संस्थाहरुले उचालेका नेपालका केही भँडुवाहरुले जवरजस्त रुपमा धर्मनिरपेक्ष र गणतन्त्र लाध्न खोजेका बेलादेखि नेपाल अस्तव्यस्त छ ।
हिन्दुअधिराज्यलाई २०६३ सालपछि कांग्रेस, एमाले, माओवादीले भारतीय गुप्तचर र पश्चिमी देशका गुप्तचरहरुको निर्देशनमा हिडेकाले अहिले नेपाल संकटको घडिमा छ । राष्ट्र डुब्न लाग्दा गुहार्ने ठाउँ थियो राजा । राजालाई पनि अपमान र विदेशीहरुको धम्कीको कारणले नारायणहिटी छोडेर नागार्जुन पठाए । नेपाल निराजको मुलुक बनेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमंत्री पी.एल.सिंह लेख्छन्– ‘प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई सिध्याउने, संविधानसभाको माला जप्दै मूलुक सिध्याउन ठूला पार्टीहरु लागेका छन् । संविधानसभामा संविधान खानेको जमात छ । २०४७ सालको संविधानलाई आर्यघाट पु¥यायो । २०४७ को संविधानलाई जनताले फालेका होइनन् । जनताको लागि अझ पनि २०४७ सालको संविधान उपयुक्त छ । संविधानसभा संविधानवाद हत्याको जगमा छ । यसले नैतिकता र हैसियत गुमाइसकेको छ । यसले संविधान दिय पनि नेपालीको लागि स्वीकार्य हुन्न ।’ नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशी लेख्छन्–‘जनताले चुनेको प्रधानमंत्री राजाले अपदस्त गरे पनि बीपीले सँधै राजासँग मिल्ने कुरामात्र गर्नु भयो भनेर बीपीको आलोचना भएको थियो तर बीपीले व्यक्तिगत भन्दा मुलुकका लागि भन्दै आफूलाई थुनाको आदेश दिने राजासँग सहकार्य गर्ने प्रस्ताव गर्नुभएको थियो । बी.पी.मा राजनिितक दूरदर्शिता थियो ।’ यसैगरी नेपाली कांग्रेसका नेता प्रदीप गिरि लेख्छन्–‘राजतन्त्र र राष्ट्रियताको कुनै साइनो छैन भन्ने उहाँको हिजो (२०३३ सालभन्दा अघि) सम्मको सोचमा बीपी कोइरालामा राष्ट्रियताका सन्दर्भमा राजतन्त्रप्रति सकारात्मक दृष्टिकोणको विकास भएको थियो । नेपालमा राष्ट्रियता खतरामा छ, त्यसको बचाउका निमित्त राजासँग मेलमिलाप आवश्यक छ भनेर उहाँले भन्न थाल्नु भएको हो । राजतन्त्र पनि उन्मूलन गरियो । तर मूलुकको संकट झन गहन र जटिल भएको छ । समाजमा हिन्सा बड्दो छ, राज्य र सरकार निरिह भएको छ ।’ कान्तिपुर, ८ असार २०६८ ।
नेपाली कांग्रेसका देवेन्द्र नेपाली भन्छन्–‘ गणतन्त्र भनेको नेपालमारा बाटो हो । धर्मनिरपेक्ष, संघीयता र गणतन्त्रले नेपालको अस्तित्व समाप्त गर्ने एजेण्डा हो । २०६३ सालको जनआन्दोलनका यी माग थिएनन् । २०६३ साल पछि सत्तामा आएका पार्टीका नेताहरुले विदेशी इशारामा हिडेर देशलाई धरातलमा पु¥याएका छन् । यो संविधानसभाबाट संविधान बन्दैन, बनेमा देश नैं समाप्त हुन सक्छ । त्यसैले सही समाधानको लागि २०४७ सालको संविधानमा फर्केर देश र प्रजातन्त्रलाई बचाउनु पर्दछ ।’ राजनीतिक विश्वासघात र आत्मालोचना एकैसाथ हिड्दैन । माओवादीभित्र दुईधारको द्वन्दले सबैजसो नेताहरुले जे मनमा आयो त्यही बोल्ने गरेकाले माओवादीको वैचारिक धार झन झन संकटमा छ । २०६३ को जनआन्दोलनपछि जनताको अभिमत बीना धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई विचारै नगरी लागु गर्न खोजियो । त्यसको समर्थनमा विदेशीहरु थिए । अहिले कुन पार्टीका नेताहरु कहाँबाट परिचालीत रहेछन् भन्ने कुरा पार्टीहरुभित्रैबाट उठ्न थालेको छ ।
नेपाली कांग्रेसका देवेन्द्र नेपाली भन्छन्–‘ गणतन्त्र भनेको नेपालमारा बाटो हो । धर्मनिरपेक्ष, संघीयता र गणतन्त्रले नेपालको अस्तित्व समाप्त गर्ने एजेण्डा हो । २०६३ सालको जनआन्दोलनका यी माग थिएनन् । २०६३ साल पछि सत्तामा आएका पार्टीका नेताहरुले विदेशी इशारामा हिडेर देशलाई धरातलमा पु¥याएका छन् । यो संविधानसभाबाट संविधान बन्दैन, बनेमा देश नैं समाप्त हुन सक्छ । त्यसैले सही समाधानको लागि २०४७ सालको संविधानमा फर्केर देश र प्रजातन्त्रलाई बचाउनु पर्दछ ।’ राजनीतिक विश्वासघात र आत्मालोचना एकैसाथ हिड्दैन । माओवादीभित्र दुईधारको द्वन्दले सबैजसो नेताहरुले जे मनमा आयो त्यही बोल्ने गरेकाले माओवादीको वैचारिक धार झन झन संकटमा छ । २०६३ को जनआन्दोलनपछि जनताको अभिमत बीना धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई विचारै नगरी लागु गर्न खोजियो । त्यसको समर्थनमा विदेशीहरु थिए । अहिले कुन पार्टीका नेताहरु कहाँबाट परिचालीत रहेछन् भन्ने कुरा पार्टीहरुभित्रैबाट उठ्न थालेको छ ।
अहिले विश्वमा राज्यव्यवस्था संचालन गर्नमा संसदीय प्रजातन्त्रलाई सर्वोत्कृष्ट माध्यमको रुपमा लिइएकोछ । तर त्यसको विपरित र्नै नेताहरु लागेकाले यो भूमिमा विदेशीको अध्यधीक चलखेल बढ्दो छ । नेपालमा पश्चिमाहरुको चलखेल बढेपछि फ्रि ब्बितको नाममा चीन टुक्रयाउने खेल बुझेपछि चीनले पनि आफ्रनो सुरक्षाको लागि नेपालमा आँखा लगाउन नैं प¥यो । पश्चिमाहरुले नेपाललाई इसाईकरण गर्ने र नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको रणनीति त्यागेमा चीन पनि समझदारीकासाथ नेपालमा त्यत्ति आँखा लगाउँदैन । त्यो कुरा नेपालमा राजसंस्थाको निरन्तरता भएपछि मात्र संभव छ ।
राष्ट्रियता भन्ने कुरा एकपटक गुमेपछि त्यसलाई फर्काउन गाह्रो पर्छ । देशको स्थिति अहिले राम्रो छैन । हरक्षेत्रका नेपालीहरु देशको अवस्था देखेर चिन्तित छन् । त्यसैले १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नेहरुले नेपाली जनताका माझमा आम माफी माग्नु पर्छ । नत्र यिनीहरुलाई कठघरामा नउभ्याइञ्जेल नेपाल सुरक्षित हुन सक्तैन । देश बचाउने हामी सबै नेपालीहरुको कर्तव्य हो । नेपाल स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश हो । राजालाई विस्थापित गरेर नेपाल बाँच्न सक्तैन । इतिहासले कसैलाई क्षमा गर्दैन । ठूला भनौदा पार्टीका नेताहरुले गरेका ठूला गल्तीहरुबाट पाठ सिकेर सार्वभौम नेपालको प्रतिष्ठा बढाउन राजसंस्था तथा हिन्दुअधिराज्यलाई निरन्तरता दिएर राजाको उपस्थितिमा हामी सबै एक भई राष्ट्र निर्माणमा हामी सबैको सर्मपण जुट्नुपर्छ ।
source:- dainiknepal
Someone's really gotta take over and lead before everything gets ****ed up. Enough is Enough.
ReplyDelete