Monday, May 4, 2015

वैशाख– महाभूकम्पले निम्त्याएको महाविपत्तिका कारण विगत नौ दिनदेखि नेपाल शोकमा छ । सारा जनता शोकाकुल छन् । पीडितलाई राहत र उद्धार प्रदान गर्नु सरकारको पहिलो कर्तव्य हो । यसमा सरकार लागिरहेको पनि छ । तर सरकारका मन्त्री आफैं पीडितसम्म पुगेर शोकाकुल जनतालाई सान्त्वना दिने आँट गर्न सकिरहेका छैनन् । कहाँ छन् त मन्त्री ? मन्त्रीहरु यतिबेला कहाँ छन् भन्ने अत्तोपत्तो छैन । कुनै औपचारिक कार्यक्रममा छन् भनौ, यो बेला त्यस्ता कार्यक्रम हुने कुरै भएन । भूकम्पको क्षती अवलोकन र पिडितलाई सहानुभूति दिन घटनास्थल पुगेका छन् भनौ, पिडितले मन्त्रीहरुको अनुहार सम्म देख्न पाएका छैनन् । स्रोतका अनुसार अहिले सरकारका सबैजसो मन्त्री आ–आफ्नै निवासमा बसिरहेका छन् । उनीहरु भूकम्प आएयता मन्त्रालय समेत गएका छैनन् । सर्वसाधारणले सडकमा साइरन जडित मन्त्रीका गाडी गुडेको देख्न नपाएको धेरै भयो । आइतबार मन्त्रीहरुको खोजीका क्रममा काठमाण्डु टुडेले सरकारका २४ जना नै मन्त्रीको निवासको सचिवालयमा सम्पर्क गरेको थियो । तर, कानुनमन्त्री नरहरि आचार्यबाहेक कुनै मन्त्रीको निवासको फोन उठेन । आचार्य भने निवास पनि नभएको र कहाँ गएको भन्ने पनि आफूले थाहा नपाएको उल्लेख गर्दै उनका सहयोगीले भने, ‘तर उहाँसँग कुरा गर्न खोज्नुभएको हो भने चाहिँ कुरा गर्न सक्नुहुन्न । उहाँको २÷३ दिन देखि गला अवरुद्ध भएको छ ।’मन्त्री आचार्य पनि भूकम्प आएयता काठमाण्डुबाहिर भने नगएको उनले बताए । प्रधानमन्त्रीको बालुवाटारमै बास प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितलाई सान्त्वना दिने नाममा केही अस्पताल पुगेर घाइते भेट्नेबाहेक कुनै सिन्को भाँचेनन् । उनी बालुवाटारमै बसिहरेका छन् । भूकम्म आएको दिनदेखि सिंहदरबारसमेत गएका छैनन् । पालमुनी बसेका विस्थापित र परिवारका सदस्य गुमाएका कसैलाई भेटेर प्रधानमन्त्रीले सान्त्वना दिएको थाहा छैन । लखेटिए बामदेव र प्रकाशमान उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम भूकम्प आएको चार दिनपछि गत बुधबार शोभाभगवती क्षेत्रको स्थलगत निरीक्षणमा निस्केका थिए । तर, पीडितले ढुंगामुढा गरेपछि भागेका उनी त्यसयता कतै देखिएका छैनन् । उनले पनि पुलचोक छाडेका छैनन् । अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह पनि केही दिनअघि लखेटाइमा परेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बानेश्वरमा राहत र उद्धारको काममा सरकार गम्भीर नभएको भन्दै आक्रोशित सर्वसाधारणले उनलाई लेखेटेका थिए । सिंहको पनि त्यसयता अत्तोपत्तो छैन । अर्थमन्त्री विदेश मुलुक महावित्तिमा परेका बेला राहत वितरणको मुख्य जिम्मेवारी अर्थ मन्त्रालयको हो । तर, जिम्मेवारी छाडेर अर्थमन्त्री रामशरण महत विदेश भ्रमणमा निस्केका छन् । उनले टर्कीमा हुन लागेको एउटा अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिने, त्यहाँ नेपालको भूकम्पबारे जानकारी गराउने र सहयोगका लागि उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने बताइएको छ । उनले भूकम्पबाट घरबारबिहीन भएकालाई प्रतिपरिवार १० लाख दिनुपर्ने गृहमन्त्री गौतमको प्रस्ताव अस्वीकार गरेका थिए । जनताले कुट्लान् भन्ने डर यत्रो महाविपत्तिका बेला मन्त्रीहरु पिटाई खाने डरले नै पीडितहरुसम्म नपुगेको बताइन्छ । उद्धार र राहतका भएको ढिलाइ र अस्तव्यस्ततालाई लिएर सर्वत्र सरकार र मन्त्रीहरुको आलोचना मात्र भएको छ । यस्तो बेला बाहिर निस्कँदा पीडितहरुको आक्रोसका कारण ज्यान जोगाउनै गाह्रो हुने डरले मन्त्रीहरु कतै ननिस्किकन निवासमा बस्ने गरेको बुझिएको छ । हुन पनि पीडितहरु सरकारको फितलो राहत र उद्धारको व्यवस्थापनबाट यति आक्रोशित छन् कि मन्त्रीहरुको अनुहारसम्म देखे भने पनि ढुंगामुढा बर्साउने पीडितहरुको हातलाई रोक्न धौधौ पर्ने अवस्था छ । प्रचण्ड र माधव नेपाल पुगे पीडितको घरघरमा राजनीतिक दलका नेताहरु राहत र उद्धारमा जुटे पनि केही राजनीतिक दलका शीर्ष नेताहरु पनि पीडितलाई भेटेर सान्त्वना दिन निस्किएका छैनन् । एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालले पीडितहरुलाई भेटेर सान्तवना दिए पनि एमाले, काँग्रेस र एमाओवादीका अरु शीर्ष नेता पीडितहरुको खरानी वस्तीमा पुगेका छैनन् । के गर्दैछन् भट्टराई, ओली र देउवा ? एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखा नै यतिबेला शोकमा छ । यस पकको भूकम्प गोर्खालाई केन्द्रविन्दु बनाएर आएकाले भूकम्पको नाम नै गोर्खा भूकम्प राखिएको छ । तर, अरु बेला महिनाको एक दिन गोर्खा जाने भट्टराई भूकम्प गएपछि त्यहाँ गएका छैनन् । एक दिन हेलिकप्टर लिएर गए पनि ल्याण्ड गर्न नसकेपछि उनी फर्किएका थिए । उनी केही दिनअघि अध्यक्ष प्रचण्डसँगै भूकम्पपीडितकाे समस्या बुझ्न कीर्तिपुर पुगेका थिए । एमाले अध्यक्ष केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा पनि घरबाट बाहिर निस्किएका छैनन् । आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक सखाप हुँदा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गृहजिल्ला जाने हिम्मत जुटाउन सकेका छैनन् । kathmandutoday


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook