Thursday, May 7, 2015
- 8:58:00 PM
- Admin
- No comments
सिन्धुपाल्चोक । छिमेकी चिनसंग जोडिएको सन्धुपाल्चोक सडक खण्ड संचालनमा आएको छ । वैशाख १२ को विनाशकारी भूकम्पले २६ किलोमिटर सडक क्षतिग्रस्त भएपछि बाटो अवरुद्ध भएको थियो । चिनीया उद्धारकर्मी र एक सय ८० डोजर तथा स्काभेटर बाटो खुलाउन खटिए ।बाटो संचालनमा आएपनि पूर्ण रुपमा सवारी साधन भने चलेका छैनन् । लिपिडसम्मको पूरै बाटो पहिरोले क्षतविक्षत भएको छ ।
सडकमा गुडिरहेका र पार्किङ् गरि राखिएका दुई सय बढी सवारी साधन पूर्ण क्षतिग्रस्त भएका छन् । पहिरोमा परी हराइरहेका यात्रु र बटुवाको खोजी भईरहेको छ । भूकम्पले पूरै जमिन हल्लीएपछि खसेको पहिरोले बाटो मात्र विगारेन । कयौँ यात्रु वेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै अज्ञात छ । वेपत्ताहरुको खोजीमा चिनीया उद्धारकर्मी र नेपाली सुरक्षाकर्मी खटिएका छन् । भूम्पको वढी चपेटामा परेको सिन्धुपाल्चोकमा मात्रै चार तीन हजार बढी नागरिकको मृत्यु भइसकेको छ ।
सिन्धुपाल्चोकको कोदारी राजमार्ग भएर गुडिरहेका दर्जनौं सवारी साधनमाथि पहिरो खस्यो । ती सवारी साधन भित्र रहेका यात्रु मध्ये कति हराइरहेका छन् । नयाँ पुल (बञ्जीजम्प नजिकको) क्षेत्रमा पहिरो खस्दा कयौँ सवारी साधन क्षतविक्षत भए ।
source :- hamrakura
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment