काठमाडौं, जेष्ठ ३ । सरकारमा संलग्न दोस्रो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितका लागि सहयोग संकलन र राहत वितरण पारदर्शी नभएको गुनासो गरेका छन् ।
२२ औं मदन आश्रित दिवसका अवसरमा बल्खुमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले कति सहयोग जुटायो ? कति खर्च गर्यो ? कहां–कहां खर्च गर्यो भन्नेजनतालाई मात्र नभई सरकारमा रहेको दल एमालेलाई नै थाहा नभएको गुनासो गरे ।
ओलीले सरकारी कारकारबाही पारदर्शी नभएको गुनासो गरेपछि एउटै मञ्चमा रहेका एमाले उपाध्यक्ष एंव उपप्रधानमन्त्री बामदेव गौतमले प्रतिवाद गरेका थिए । गृहमन्त्रीको प्रतिवादपछि ओलीले आफुलाई होइन, जनतालाई जानकारी दिन चुनौति दिएका थिए ।
ओलीले यस्तो गुनासो गरे पनि अहिले राहत वितरणको मुख्य जिम्मेवारी एमालेकै उपाध्यक्ष गौतमले नेतृत्व गरिरहेको गृह मन्त्रालयमार्फत हुने गरेको छ ।
Source : Image khabar
0 comments:
Post a Comment