Tuesday, May 12, 2015
- 11:40:00 PM
- Admin
- No comments
प्रसिद्ध दोलखाको भीमेश्वर मन्दिरको शिलामा आइतबार दिउँसो करिब दुई घण्टा पसिना आएको छ।
भगवानभीमसेनकोशिलामासात वर्षपछि फेरि पसिनाआएको हो। ऐतिहासिकसहर दोलखामारहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने बताइएको छ।
भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ। यसपटक भीमसेनको शिलाको शिरबाट तीनधारा हुँदै पसिना आएको छ।
भीमसेनकोशिलामापसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको स्थानीयवासीको भनाइ छ।
भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिनाआएकोथियो। त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको गुठियार डम्बरबहादुर श्रेष्ठ बताउ।
गुठियार श्रेष्ठले भन्नुभयो, “दोस्रोपटक १९९७सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो।
त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो। २०११सालमापसिनाआउँदातत्कालीनराजात्रिभुवनको मृत्यु भएकोथियो। २०१८सालमाभीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको भनाइ छ। त्यस्तै २०२८सालमाघमहिनामा भीमसेनलाई पसिनाआउँदातत्कालीनराजामहेन्द्रको मृत्यु भएकोथियो।त्यसैगरी२०३५साल फागुनमा पसिनाआउदादेशमाजनमत सङ्ग्रह भएको थियो। २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो।
त्यसैगरी२०५७सालमाघ१ र १५गतेभीमसेनलाई पसिनाआएकोथियो। पसिनाआएकोचारमहिनानबित्दैदरवारहत्याकाण्डहुनभएकोथियो।त्यसैगरी२०६१साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो। २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो।
तत्पश्चात सातवर्षको अन्तरालमा फेरि आज मङ्सिर ३० गते दिउँसो ३ः०० बजेदेखि ५ः०० बजेसम्म निरन्तर शिरबाट तीनधारा हँुदै पसिना आएको छ।
यसरी पसिना आउदा पसिना आएको ६ महिनाभित्र मुलुकमा अनिष्ठ भएको सङ्केत देखा पर्दै आएकाले अब के हुन्छ भन्ने चिन्ता र चासो आम नागरिकमा रहेको छ।
विगतका दिनमा पसिना आउँदा कवासले पसिना पुछि दरबारमा पुर्याउने प्रचलन रहेको थियो र दरबारमा पुर्याइएपछि स्थानीय प्रशासनको सहयोगमा पुनः भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि दरबारबाट मानिसहरू आई क्षमा पूजा गर्ने परम्परा रही आएको थियो।
यसपटक भने भीमसेनको शिलामा आएको पसिना स्थानीय प्रशासनमार्फत राष्ट्रपति कार्यालय पठाइने व्यवस्था मिलाइएको गुठियार श्रेष्ठले जानकारी दिउ।
दैनिकरूपमा भीमेश्वर मन्दिरमा गुठियारहरूले अहिले पनि राज पूजा गर्दै आएका छन्। आइतबार पनि राज पूजा सम्पन्न गरेलगत्तै भीमसेनको शिलामा पसिना आएको गुठियार श्रेष्ठले बताए।
उनलेभीमसेनको शिलामापसिनाआइरहँदामन्दिर परिसरमारहेकासम्पूर्ण घन्टहरू एकैसाथबजाईआम भक्तजनमाजानकारीगराउने प्रचलन रहेकालेघन्ट बजाइ भीमसेनलाई पसिना आएको जानकारी गराइएको बताए।
भीमसेनको पसिना पुछेको कवास महाप्रसादको रूपमा ग्रहण गरिने प्रचलन रहेको हुनाले आइतबार दिनभर नै मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको थियो।
यता दोलखाको अनुसन्धानमा लागि परिरहेका संस्कृतिविद् शान्ताकृष्ण श्रेष्ठले भीमसेनलाई पसिना आउँदा मुलुकमा केही उतारचढाव आउनसक्ने अनुमान गरेका छन्।
भीमेश्वरको शिलालाई पसिना आएपछि परम्परागत मान्यताअनुसार तान्त्रिकले गोकुल धुपले भीमेश्वरको पूजा गर्दै क्षमा मागेका थिए। पसिना आएको अवधिभर पूजारी तथा स्थानीयले मन्दिर परिसरमा रहेको घन्ट नगराहरू ठूलो आवाज आउने गरी बजाएका थिए।
पसिना हेर्न आउने मानिसहरूको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। रासस
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment