Tuesday, May 5, 2015

पोखरा २२ बैशाख । गत साता नेपालमा आएको विनासकारी भूकम्पमा उद्धारका लागी आएका छिमेकी देश भारतीयहरुको आलोचना बढदो छ ।उद्धारका लागी भन्दा पनि नेपालमाथि धावा बोल्ने काम गरेको भन्दै विरोध भैरहेको छ । उद्धारका लागी भारत उत्कृष्ट रहेको दावी गदै नेपाल र नेपाली माथि आँच आउने समाचार भारतीय टेलिभिजनहरुले प्रसारण गरेको भन्दै विरोधका स्वरहरु चर्का हुदै गएका छन् ।
यसैवीच उद्धारका लागी भारतको दिल्लीबाट सुवदार मेजर अशोक सिंहको नेतृत्वमा गोरखाको झ्याल्ला पुगेको भारतिय सेनाको फस्ट फियरलेस रेस्क्यु टिम फर नेपालको टोली चढेको गाडी बाटोमा फसेको छ । बाटोमा फसेपछि आफनै गाडि उद्दार गनै ब्यस्थत बन्यो । गाडिलाई राहत पु¥याउन त्यहाँ पुगको अनेरास्ववियु गण्डकी सह ईञ्चार्ज नरेश रोकाया नेतृत्वको टोलीले उनीहरुको नै उद्धार गरेको छ ।
नेपाली बाटोमा आफ्नै गाडी रेस्क्यु गर्न नसक्ने यो भारतिय टोलीले नेपाली भुकम्प पीडितको कसरी रेस्क्यु ग¥यो होला ? प्रश्न गदै रोकायाले आफनो फेसबुक पेजमा लेखेका छन् । तस्विरमा रातो घेरा भित्र भारतिय सेनाको असफल प्रयास जुन गाडीलाई नेपाली विद्यार्थीहरुको प्रयासबाट मात्र निकाल्न सम्भव भएको थियो ।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook