Thursday, May 7, 2015


भूकम्पमा परेर मृत्यु भएका नेपालीप्रति समवेदना जनाउन बिहीबार दिउँसो बाराखम्बा रोडस्थित नेपाली दूतावासमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाली राजदूत दीपकुमार उपाध्यायका साथ। नयाादिल्ली, वैशाख २४ - 
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पबाट क्षतिग्रस्त काठमाडौं, भक्तपुर तथा पाटन दरबार स्क्वायरमध्ये एउटा सम्पदा क्षेत्रलाई पुरानै स्वरूप र संरचनामा पुनर्निर्माण गर्न भारत तत्पर रहेको बताएकी छिन्।

भूकम्पमा परेर जनधनको क्षति बेहोरेका नेपालीप्रति शोक–समवेदना जनाउन बिहीबार दिउासो बाराखम्बा रोडस्थित नेपाली दूतावासमा आएकी विदेशमन्त्री स्वराजले भूकम्पबारेको ‘ब्रिफिङ’ सुनेपछि तीनमध्ये एउटा दरबार स्क्वायर क्षेत्रको पुनर्निर्माणबारे तत्काल प्रस्ताव पठाउन आग्रह गरेकी छिन्। ‘इाट ओछ्याइएको दरबार क्षेत्र, त्यस वरपरका ऐतिहासिक संरचना र 

मठ–मन्दिरको सम्पदालाई त्यही रूपमा निर्माण गर्नुपर्छ,’ स्वराजले भनिन्, ‘एउटा दरबार क्षेत्रको पुनर्निर्माणका निम्ति आवश्यक कार्ययोजना र प्रस्ताव ल्याउनुभएमा भारत सरकारले सहयोग गर्नेछ।’ 

विदेश मन्त्री स्वराजले भूकम्पले असहज बनेको जनजीवन सामान्य बन्ने क्रममा गएपछि क्षतिग्रस्त विद्यालय र अस्पतालको पुनर्निर्माण जरुरी रहेको बताउादै यो चरणमा पनि भारतीय सहयोग निरन्तर रहने बताइन्। ‘तपाईंहरूको आवश्यकता र प्राथमिकता बताउनुहोस्, भारतले आफ्नो निकटको छिमेकीलाई आइपरेको कठिनाइमा जतिसक्दो राहत वा अन्य सहयोग उपलब्ध गराउनेछ,’ उनले भनिन, ‘भूकम्पपीडित नेपालीको पुनर्बसोवास वा पुन:स्थापनाका क्रममा आइपर्ने दीर्घकालीन योजनाबारे पनि जानकारी गराउनुहोला, हामी सदैव साथमा रहनेछौं।’ विदेश मन्त्रीले दूतावासमा राखिएको शोक पुस्तिकामा ‘विश्व सम्पदामा रहेका हनुमानढोका, पाटन, भक्तपुर, स्वयम्भू, धरहरासहितका सम्पदा क्षतिग्रस्त भएको अवस्थालाई विदारक क्षण भन्दै साझा सिमानामा उभिएका हामी परस्परका छिमेकीले एकअर्काको कठिनाइलाई सम्झनुपर्ने’ उल्लेख गरेकी छिन्। 

नेपालमा भूकम्पको प्रकोपले काठमाडौं उपत्यकासहित बाहिरका एक दर्जनभन्दा बढी जिल्लामा जनधनको क्षति भएको बताउादै राजदूत दीपकुमार उपाध्यायले राहत र उद्धारका निम्ति भारतले दिएको साथ–सहयोगको सराहना गरे। ‘भारत सरकार र भारतीय जनताबाट पाएको सहयोगबाट दूतावासले ४० टनभन्दा बढी राहत सामग्री नेपाल पठाएका छौं,’ राजदूत उपाध्यायले भने, ‘अब भने त्रिपाल, टेन्ट, मेडिकल भ्यान्टिलेटर, सुख्खा खाद्यान्न र औषधीमूलो मात्रै राहत सहयोग लिने अवस्थामा पुगेका छौं।’ 

मन्त्री स्वराजसाग भारतीय विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर पनि सम्मिलित थिए। बिहीबार दउासो कांग्रेस(आई) का वरिष्ठ नेता करण सिंह पनि दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्न आएका थिए। 

यसैबीच, राजदूत उपाध्यायले पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र प्रधानसाग शास्त्री भवनमा भेटवार्ता गरेका छन्। भारत सरकारले अहिले गठन गरेको राहत तथा उद्धार समितिका संयोजक समेत रहेका मन्त्री प्रधानले नेपालमा भूकम्पपीडितका लागि 

आवश्यक रहेको राहत सामग्रीका बारेमा जानकारी लिएका थिए। 

Source :- ekantipur


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook