Thursday, May 7, 2015
- 8:46:00 PM
- Admin
- No comments
काठमाडौं । भारतीय सञ्चारमाध्यमहरुले नेपालमा भूकम्पले सिर्जित विपत्तिमा अनर्गल प्रचार गरेको विषयको सामाजिक सञ्जालमा भएको विरोधबारे सीएनएनले समाचार सम्प्रेषण गरेको छ ।
बैशाख १२ गते गएको माहाभूकम्पका कारण नेपाल संकटमा परेको बेला भारतीय मिडियाहरुले सम्प्रेषण गरेका समाचार र नेपालमा भएको हस्तक्षेपको चर्को विरोध भएको थियो ।
नेपालमा ‘गो होम इन्डियन मिडिया’ अभियानले पछिल्ला दिनमा सामाजिक संञ्जालमा उच्च स्थान पाएको सीएनएनले उल्लेख गरेको छ ।
भारतीय स्थानीय मिडियाहरुले नेपालको ग्राउन्ड जिरोमा पुग्ने आफू पहिलो मिडिया भएको भन्दै गर्वका साथ समाचार प्रसारण गरेको समेत सीएनएनको उल्लेख गरेको छ ।
सीएएनले भारतीय मिडियाले सम्वेदनाको हद नागेको भन्दै थुप्रै पोस्ट आफूहरुलाई आएको जनाएको छ । खासगरी भारतीय टिभी च्यानलहरुले सम्वेदनहीन समाचार प्रसारण गरेको जनाएको छ ।
भारतीय सञ्चारमाध्यमको भूमिकालाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विरोध भएको थियो । कांग्रेसका नेता तथा भारतका पूर्वमन्त्री शशी थरुरले भारतीय मिडियाले आफूहरुलाइ लज्जित बनाएको भन्दै ट्विट गरेका थिए ।
source:- nepalsandesh
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment