Thursday, May 7, 2015

काठमाडौं, वैशाख २४ – प्रमुख तीन दलबीच भूकम्पबाट भत्किएका घर सरकारले बनाइदिने र भूकम्प प्रभावितहरुलाई एक वर्षसम्म सरकारले खाद्यान्न उपलब्ध गराउने सहमति भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भुकम्पबाट क्षतिग्रस्त भएका घर सरकारले बनाइदिने र घर नबनेसम्मका लागि भूकम्प प्रभावितहरुलाई अस्थायी आवास बनाएर राख्ने सहमति भएको हो ।
भूकम्पबाट क्षतिग्रस्त भएका घर सरकारले बनाइदिने विषयलाई व्यवस्थापिका संसद्मा पेश गरिने संकल्प प्रस्तावमा समावेश गरिने नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिनुभयो ।
संकल्प प्रस्तावमा समावेश गर्ने विषयवस्तु सबै टुंगिसकेका छैनन् । यहि कारण व्यवस्थापिका संसद्को बिहीबारको बैठक शोक प्रस्ताव मात्र पेश हुनेछ । तीन दलबीच भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर शोक प्रस्ताव पारित गरी संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गर्ने र शुक्रबारको बैठकमा विपदका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने सहमति भएको छ ।
शुक्रबारको बैठकमा संसदमा रहेका सबै दलहरुका तर्फबाट साझा संकल्प प्रस्ताव पेश गर्ने र त्यसका लागि शुक्रबार बिहान सर्वदलीय बैठक बोलाउने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
एमाओवादीले संकल्प प्रस्तावमा भूकम्प प्रभावितहरुको राहत र पुनर्स्थापनाको जिम्मा सरकारले लिने सुनिश्चित नगरे विपक्षी दलको तर्फबाट अलग्गै प्रस्ताव लाने चेतावनी दिएको छ ।
source :- ujyaaloonline


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook