Saturday, March 19, 2016
7:28:00 PM
Admin
nationalpolitics, sima
No comments
नेपाल-भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका आठ नेपालीको जग्गा भारततर्फ परेको हो।
पिडारीगुठी ३ की ललीदेवीको दुई विघा, लक्षमण हजारको एक बिघा १० कट्ठा, बालदेव महराको १४ कठ्ठा, रकम रायभरको ५, धनराज महतो नुनियाको ५ चोकट राउतको एक विघा तीन कठ्ठा कमल नारायणको दुई विघा र डेबाठाकुर हजामको पाँच कठ्ठा गरी ६ बिघाभन्दा बढी नेपाली भूमी भारतीय सीमा भित्र परेको छ।
पीडितले गत बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा गु्नासो गरेपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे नेतृत्वको टोलीले शुक्रबार पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख प्रहरीउपरीक्षक भीमबहादुर थापा, नापी विभागका प्रमुख अधिकृत रमेश ज्ञवाली र पर्सा क्षेत्र नम्बर ५का सांसद जयप्रकाश थारु पनि सहभागी थिए ।
स्थलगत अनुगमन गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले पीडित जग्गाधनीसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीले नयाँ सीमास्तम्भ गाड्ने क्रममा भारततर्फ परेको नेपाली जग्गा फिर्ता गर्न नमिल्ने जबाफ दिएको पीडित जग्गाधनीले बताए ।
source:- Setopati
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment