Saturday, July 30, 2016


सप्तरीको तिलाठीमा दशगजा मिचेर भारतीयले बनाएको बाँध सीमावर्ती नेपालीले भत्काइदिए । त्यसक्रममा भएको झडपमा केही नेपाली घाइते भए । भारतीयले बनाएको बाँध भत्काउने अभियानको नेतृत्व गरेका देवनारायण यादव पनि झडपमा घाइते भए । उनलाई उपचारका लागि युवाहरुको एक समूहले काठमाडौं ल्याएको छ । काठमाडौं उत्रनेवित्तिकै कान्तिपुरका शेखर अधिकारीसँग उनले घटनाको यसरी बयान गरे–

साउन १३ गते बिहीबार झडपको घटना भएपछिमात्रै हामीमाथिको भारतीय हेपाहा प्रवृत्ति बाहिर आएको हो । तर पुस्तौंदेखि हामी सीमामा बनाएको बाँधले आजित भएका थियौं । १९७१ मा भारतले तिलाठीमा रहेको दशगजा क्षेत्रमा बाँध बनाएपछि हामी निरन्तर डुबानमा परेका छौं ।

खिलराज रेग्मी सरकारका सिँचाइ मन्त्री उमाकान्त झा ‘नो म्यान्स ल्यान्ड’मा बनाएको बाँध भ्रमणमा जानुभएको थियो । त्यतिबेला त्यहाँ भारतीयहरु काम गर्दै थिए । उहाँले हामीसँग छलफल गर्नुभयो । निवर्तमान गाविस अध्यक्ष, उपाध्यक्ष भएर ज्ञापन पत्र बुझायौं । उहाँले कुटनीतिक माध्यमबाट त्यसलाई रोक्नुभयो ।

अहिले पनि सिँचाइ मन्त्रालयमा त्यो कागज सुरक्षित रहेको हुनुपर्छ । कागजीरुपमा रोकिए पनि व्यवहारमा रोकिएन ।

सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको बेसक्याम्प छ । इन्स्पेक्टरले नेतृत्व गरेको बेसक्याम्पसँग आफ्नै बाध्यता छन् । सुरक्षा मामिला हेर्छ तर भारतीय पक्षबाट हुने यस्ता क्रियाकलाप रोक्न सक्दैन । तर, नेपाली सुरक्षाकर्मीले मुखियालाई बोलाएर धेरैपटक बाँध बाँध्न रोकेको छ । हामीले पनि त्यो नो म्यान्स ल्यान्ड हो, इन्डियाको होइन । एक थोपा माटो नथप्ने सहमति पालना गर्न भनिरह्यौँ ।

यसपालि खाँडो नदी उत्पातैसँग बढेर आयो । भारतीयले बनाएको ४० मिटर लामो बाँध भत्कायो । भारततिरका मुसलमानहरुको कब्रस्तान (समाधिस्थल) पनि भत्कायो । बाँध भत्काएपछि फेरि रातारात बनाउन सुरु भयो । त्यो बाँधले तिलाठीसहित दर्जनभन्दा बढी गाविस डुब्यो ।

बाँध भत्किएपछि भारतका जल संशासन मन्त्री आए । जबरजस्ती बाँध बनाउने योजना बनाइयो । बाँध बनाउन रोक्न मैले पहिले पनि एक्लै लडेको थिएँ । कतिपय बेला चाँही पत्रकारलाई लगेर जान्थेँ, पत्रकार गएपछि भारतीयले कुट्न सक्दैनथे ।

भारतीयले ‘नो म्यान्स ल्यान्ड’मा बाँध बनाएको कुरा मैले सिडियो र जिल्ला प्रहरी प्रमुखलाई पटक पटक भनेको थिएँ । पीडाले कति पटक त मैले सिडियो र पुलिस चिफलाई असभ्य भाषा पनि प्रयोग गरेँ । असभ्य भाषा बोल्नु मेरो बाध्यता थियो, किनकि स्वामिभानको कुरा थियो । देशको धर्तीको रक्षाको कुरा थियो ।

शुक्रबार पनि भारतीयहरुले बाँध बनाउन थालेपछि जिल्ला प्रशासनलाई जानकारी गरायौं । सिडियोले पनि स्थलगत हेरेर फर्कनुभयो । तर, काम रोकिएन ।

भारतीय क्षेत्रमा त्यहाँ मुसलमान र बनियाँहरुको बस्ती छ । उनीहरु सयौं थिए । हामी सुरुमा दुई तीन जनामात्रै थियो । विस्तारै गाउँका महिलाहरु र तीस जना केटाकेटी थिए ।

इन्डियनहरुले बाँस गाडेका थिए । मैले बाँस उखेल्न थालेँ । हातहातमा भारतीयले गाडेका बाँसका भाडा बनाएर भिड्न तयार भयौँ । २०–२५ जना केटाहरु आए । जुध्न सुरु भयो ।

मलाई लाग्यो नेपालीहरु त केटाकेटी धेरै छन् । उनीहरुको ज्यानको कुरा छ । मैले कुटपीट नगर्ने र सम्झाएर फर्कने योजना बनाएँ । म गम्छा बाँधेर पारितिर गएका केटाकेटीहरुलाई लिन गएको थिएँ । मलाई थाहा थियो, सदियौंदेखि म भारतीयको तारो थिएँ । यिनीहरुले मलाई एट्याक गर्छन् भन्ने लागेको थियो । नभन्दै एक्कासी इन्डियनले बाँसको भाटाले टाउकोमा हिर्काए । भतिज (दुर्गानन्द)ले काका जिउभरि रगत भयो त भन्यो । मैले त्यसपछि थाहा पाइनँ ।

हाम्रोतर्फ केही गाडी थिए, मलाई गाडी चढाएर हस्पिटल लगिएछ ।

अहिलेसम्म दर्जनौं गाविस डुबानमा परेका छन् । भारतले हेलचेक्र्याईं गर्दा समस्या सधैँ परिरहेको छ । मेरा दुई छोरा, दुई छोरी छन् । छोराछोरीको भविष्यको चिन्ता छ, त्यसो भनेर म मातृभूमिको रक्षाका लागि माटोको रक्षाका लागि जहिल्यै पनि भिड्न तयार छु ।

घटनापछि भारत र नेपालको प्रशासनबीच सहमति भएको सुनेको छु ।

‘नो म्यान्स ल्यान्ड’मा भारतबाट भएको हेपाहा व्यवहारको नेपाल सरकार र हाम्रा नेताको ध्यान गएको छैन । सप्तरीमा कहिले दाङको सिडियो हुन्छ, कहिले सुर्खेतको । उनीहरुलाई नेपाली माटो र सीमाको ज्ञान नै हुँदैन, पाँच किलोमिटरसम्म उनीहरुले हाम्रो भूमि मिचेका छन् । लोकल बाजे बराजूले गरेको गल्ती हामीले भोगेका छौं, तर हामी आफ्नो भूमिका लागि, सीमाका लागि लड्छौ ।

भारतीयले नेपाली सडकमै कल्भर्ट र पुल बनाएर थुनिदिएका छन् । संसारमा सीमामा यस्तो मिचाहा व्यवहार मैले सुनेको छैन ।

अब फेरि एकपटक सर्भे गर्नुपर्छ र विवाद समाधान गर्नुपर्छ । सीमास्तम्भ हेर्ने जिम्मा दुवै देशको हो । एक नम्बर हाम्रो हो भने दुई नम्बर स्तम्भ उसले हेर्नुपर्छ । हामीले आफ्नो हेरचाहन गरेका छौं, उनीहरुले पूरै बेवास्ता गरेका छन् ।

नेपाली नेताहरुले यस्तो गम्भीर विषयमा कुनै काम गरेका छैनन् । कुर्सीको चलखेलमा कहाँ कहाँ नेपालको सीमा मिचिएको छ, कहाँ नेपाली जनता मरेका छन् भन्ने पनि ख्याल गरिएको छैन ।

प्रकाशित: श्रावण १५, २०७३


source ;- kanitpur

Friday, July 29, 2016


सप्तरीवासी जनताको महान प्रतिकारमा साथ दिनु हामी सबैको साझा कर्तव्य हो !!!
गोपाल चिन्तन
२०७३ साउन १४ (२९ जुलाई २०१६) । काठमाडौँ ।

अहिले सप्तरी जिल्लास्थित दशगजामा भारतले निर्माण गरेको एकतर्फी तटबन्धका कारण डुबानमा परिसकेपछि सप्तरीवासी जनताबाट भएको सशक्त प्रतिकार इतिहासमै पहिलो र नौलो घटना बनेको छ । सप्तरीवासी जनताको यस न्यायपूर्ण प्रतिकारप्रति जल तथा ऊर्जा उपभोक्ता संघ नेपाल (वाफेड) र हिमालयन एण्ड पेनिन्सुलर हाइड्रो–इकोलजिकल नेटवर्क (हाइफन) को हार्दिक ऐक्यबद्धता छ ।
भारतले वर्षौँदेखि प्रचलित अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त, प्रावधान र व्यवहारविपरीत दशगजा क्षेत्रमा एकतर्फी रुपमा जबर्जस्ती निर्माण गर्दैआइरहेका तटबन्ध, बाँध, सडक तथा कुनै पनि बहाना र प्रयोजनका संरचनाहरु गैरकानूनी, अनुचित र अपराधजन्य छन् । यसबाट एकातिर सीमाक्षेत्रमा सम्बन्धित सबै राष्ट्रहरुको पूर्वसहमतिबिना कुनै पनि गतिविधि गर्न पाइन्न । तर लामो समयदेखि भारतबाट सम्पूर्ण दक्षिणी सीमाक्षेत्रमा यस्ता गतिविधिहरु हुँदैआएका छन् । हाम्रो मौनताकै पराकाष्ठा हो हालैको सप्तरीको घटना । यस्तै पराकाष्ठाको अर्को रुप थियो नेपालसँग कुनै सम्पर्कसमेत नगरी भारत र चीनले नेपालीभूमि लिपुलेकमाथि गरेको कथित सम्झौता ।
अन्तर्राष्टिय कानूनको हैसियत प्राप्त हेल्सिन्की नियमहरु, १९६६ को धारा २९(२) अनुसार कुनै एक तटीय राष्ट्रले सीमाबाट पानी निकास हुने कुनै क्षेत्रमा गर्न चाहेका प्रस्तावित निर्माण कार्य तथा संरचनाका बारेमा अर्को सम्बन्धित तटीय राष्ट्रलाई अग्रिम जानकारी दिनुपर्दछ । यसको अर्थ हो, सम्बन्धित सबै तटीय राष्ट्रहरुबीचको अग्रिम सहमतिविना अर्को तटीय राष्ट्रमाथि गम्भीर असर पर्ने गरी कुनै पनि कार्य गर्न पाइँदैन । त्यस्तै, अन्तरसीमा जलप्रवाहको गैरयातायातजन्य उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (UN Convention on the Non-Navigational Uses of International Watercourses), १९९६ को धारा ५, ६ र ७ अनुसार आफ्नै भूभागमा मात्र किन नहोस् — कुनै तटीय जलस्रोतको उपयोग समानुपातिक एवं मनासिब उपयोगको सिद्धान्तमा आधारित हुनैपर्दछ । यस महासन्धिलाई नेपाल र भारतले अनुमोदन नगरकै भए पनि समानुपातिक एवं मनासिब उपयोग र लाभसम्बन्धी यी सिद्धान्तहरुले प्रथाजन्य अन्तर्राष्ट्रिय कानूनको मान्यता प्राप्त गरिसकेका हुनाले नेपाल र भारतलगायतका सबै तटीय राष्ट्रहरुले बाध्यात्मक रुपमा पालना गर्नैपर्दछ ।
यी सिद्धान्तहरुका आधारमा हेर्दा, भारतले लामो समयदेखि सीमा क्षेत्रमा गरेका यस्ता भौतिक संरचना निर्माणसम्बन्धी कार्यहरू स्वतः अन्तर्राष्ट्रिय कानूनविपरीत छन् । भारतका यस्ता गैरकानूनी कार्यहरूका कारण उत्पन्न सम्पूर्ण नोक्सानीको उचित क्षतिपूर्ति अब उसले तिर्नुपर्ने हुन्छ, तिराउनैपर्ने हुन्छ ।
भारतको यस्तो हेपाहा प्रवृत्तिका कारणहरु यस प्रकार देखिन्छन्ः

(क) अपवादबाहेक काठमाडौँको राज्यसत्ता सँधै भारतप्रति लम्पसार छ, तथा
(ख) विहारबाट नेपाल बसाइँ सरेका सबैजसो आप्रवासी नेताहरुको राजनीतिक सहारा दिल्ली नै भएकाले उनीहरुले कहिल्यै पनि तराईवासी जनताहरुका पीडा र दुःखका समस्याहरु भारतसमक्ष उठाउने छैनन् ।

घटनाहरुले प्रमाणित गरिरहेका छन् कि उसको बुझाइ र व्याख्या सही छ !
तर जनताहरु बाध्य भएर अब यसको सशक्त प्रतिकारमा उत्रिनथालेका छन् । दुवै राज्यका तर्फबाट कतै यसको सशस्त्र प्रतिकार (दमन) नहोस् । नत्र परिणाम गम्भीर हुनेछ । भारत सरकार र नेपाली जनताबीच जलयुद्ध अवश्यम्भवावी छ ।
तसर्थ हामी नेपाल तथा भारत दुवै देशका सरकारहरूसमक्ष बेलैमा निम्नलिखित अनुरोध गर्दछौँः

(क) भारत सरकारका तर्फबाट दशगजा तथा सीमाक्षेत्रमा भइरहेका कुनै पनि भौतिक संरचना निर्माणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल बन्द गरियोस्,
(ख) नेपाली भूभागमाथि गम्भीर असर पर्नेगरी एकतर्फीरुपमा विगतमा निर्माण गरिएका यस्ता सम्पूर्ण संरचनाहरु तत्काल भत्काइयोस् वा तिनको अनुचित सञ्चालन बन्द गरियोस्, तथा
(ग) नेपाल सरकारले भारत सरकारसँग वार्ताको थालनी गरी प्रचलित अन्तर्राष्ट्रिय कानूनका मापदण्डअनुरुप तत्काल द्विपक्षीय सम्झौताको पहल गरोस् तथा त्यस्तो सम्झौता सम्पन्न नभएसम्म एकअर्कामाथि प्रतिकूल असर पर्नेगरी सीमाजलक्षेत्रमा कुनै पनि निर्माण कार्य नगर्ने नगराउने बाध्यकारी घोषणा गरियोस् ।
स्मरण रहोस्, भारतले अन्तर्राष्ट्रिय कानूनका उल्लिखित सिद्धान्त र मान्यता तथा अन्तर्राष्ट्रिय न्यायालयका निर्णयहरुलाई आफ्नै राज्यहरुबीच तय गरिएका जलस्रोतसम्बन्धी आयोजनाहरुको निर्माण तथा पानी र फाइदाको बाँँडफाँडसम्बन्धी प्रावधानहरुमा पालना गर्ने गरेको छ । आफ्ना अन्तर–राज्य विवादहरुको समाधान पनि यिनै अन्तर्राष्ट्रिय कानूनका मान्य सिद्धान्तहरुका आधारमा गर्ने गरेको छ । पाकिस्तान र बङ्गलादेशबीच सम्पन्न इन्दस र गङ्गा नदीसम्बन्धी सम्झौताहरुमा पनि यस्ता अन्तर्राष्ट्रिय प्रावधानहरुको पालना गरेको छ ।

तर दुःखको कुरा, नेपाल र भुटानबीच हुने जलस्रोत तथा नदीसम्बन्धी कुनै पनि सन्धिसम्झौतामा भारतले एकतर्फी दादागिरी लाद्ने गरेको छ । यसको मूल कारण हो — नेपाली शासकहरु भारतको समर्थनमा सत्तामा पुग्न र टिक्नका लागि सँधै मौन छन् वा लम्पसार छन् । उता भुटान त भारतको अर्धउपनिवेश नै भइहाल्यो !
फेरि पनि सप्तरीवासी जनताको यस न्यायोचित प्रतिकारको समर्थनमा अन्तर्राष्ट्रिय तहसम्म प्रचारप्रसार गर्ने र भारतको यस जलदादागिरीका विरुद्ध विश्वजनमत सिजर्ना गर्ने कार्यमा हाम्रो प्रतिबद्धता तथा पूर्ण ऐक्यबद्धतासहित ।
गोपाल चिन्तन
संयोजक
हिमालयन एण्ड पेनिन्सुलर हाइड्रो–इकोलजिकल नेटवर्क (हाइफन)
९८५११३६६१०
gchintan@gmail.com

Thursday, July 28, 2016




दुई देशका सीमा क्षेत्रका नदीहरुका बारेमा अन्तराष्ट्रिय प्रावधान हुन्छ । जुन प्रावधानअनुसार कुनै पनि देशले सीमा क्षेत्रबाट १५ किलोमिटर भित्र एक पक्षीय रुपमा कुनै पूर्वाधार बनाउन पाउंदैन् । तर, सप्तरीको तिलाठीबाट भारततर्फ बग्ने खांडो खोलामाभारतले बांधजस्तो तटबन्ध बनाएको छ ।
सीमा स्तम्भ २२२ र २२३ को बीचमा झण्डै २ किलोमिटर क्षेत्रमा १५ बर्ष अघि नै तटबन्ध बनाइएको थियो । साे तटबन्धका कारण सप्तरीका कम्तिमा पनि ५ वटा गाविस डुबानमा पर्छन् । बर्खायाममा भारतीय पक्षले सो बांध जस्तो तटबन्धलाई झन अग्लो बनाउने गर्दछन् । अहिले पनि त्यस्तै गरिरहेका थिए । दिनभरी बोरामा बालु र गिट्टी भर्ने, रातभरि त्यसलाई सीमा क्षेत्रको नदी भागमा हाल्ने गरिएको थियो । भारतको कुडौली क्षेत्रमा सो नदीले नोक्सान पु-याउने भएकाले भारतीय पक्षले सीमा सुरक्षा बलको आडमा बांधहाल्ने काम गरिरहेको थियो ।
बुद्धिनारायण श्रेष्ठ


भारतको क्षेत्र बचाउंनलाई नेपालको भुभाग डुबाउनु कुनै पनि हालतले सह्य थिएन । तर, नेपालीहरु सहन बाध्य थिए । अहिले नेपालीको धैर्यता टुटेको हो । अब दुबै पक्षका बीचमा गम्भीर बार्ता हुन जरुरी छ । सो बांध भत्काइनुपर्छ । १५ बर्षअघि बनाउने बेलामा जोडले आवाज उठाएको भए बेग्लै कुरा हुन्थ्यो ।
dash gaja
ढिला भएपछि कुरा जटिल हुन्छ
हामीले के ख्याल गर्नुपर्छ भने सप्तरीको सन्दर्भ एउटा उदाहरण मात्र हो । त्योभन्दा गम्भीर प्रकृतिका पूर्वाधार भारतले बनाएको छ । बांके भन्दा ३ किलोमिटर पर बनाइएको लक्ष्मणपूर बांधले बांकेका कैयौं गाउँ डुबाएको छ । सैनिक बस्तीको त उठीबास नै बनाएको छ । कपिलवस्तुको महलीसार बांध नेपाल र अंग्रेजबीचको सम्झौता विपरित छ । दशजगामै बनेको यो बांधले कपिलवस्तुका भुभागलाई नराम्रोसंग प्रभावित गर्दै आएको छ ।
कोशी ब्यारेजमा ५६ ढोका छन् । नेपालमा बाढी आउंदा केही ढोका मात्र खोलिदिन्छ । ०६२ सालमा २२/२३ वटा ढोकामात्रै खोल्यो । सुनसरीको हरिपुरलगायतका क्षेत्रमा दर्जनौको ज्यान गयो ।
अहिले भारतले नेपालको सीमावर्ती क्षेत्रमा १६ किलोमिटर लामो राजमार्ग बनाइरहेको छ । चार लेनको यो राजमार्ग भूसतहभन्दा १० फिट अग्लो छ । यही राजमार्गका कारण नेपालको तराई पूरै डुबानमा पर्ने खतरा छ । यसरी सीमावर्ती क्षेत्रमा पूर्वाधार बनाउन पाइदैन । तर, भारतलाई औंला उठाउने काम कसैले गरेको छैन ।
हामीले भनेको भारतले नटेरे हामी सयुंक्त राष्ट्रमा जान सक्छौं । जानुपर्छ । भारतले नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन कब्जा गरिरहेको छ । सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लामा भारतले सीमा अतिक्रमण गरेको छ । कालापानी, सुस्तालगायतका क्षेत्रको कुरा उठाउन नेता त्यति तयार भएजस्तो देखिदैन ।
सप्तरीमा सीमा क्षेत्रका मानिस जुटे प्रतिरोधका लागि । सुस्ताका मानिस ज्यानको बाजीथापेर नेपालको भुभाग बचांउन लडिरहेका छन् । राजनीतिक भाषण बाजीमा राष्ट्रवादी देखिने होड बाजी चलेको छ । बास्तविक राष्ट्रवादी त सीमा क्षेत्रका मानिस हुन्, जो मृत्युसंग जुंधेर नेपालको कवच भइरहेका छन् ।
तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भइरहेको छ।

बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो। दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागिरहेका छन्।
घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ। भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ।
दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथाेल्न सकिएको छैन। स्थिति तनावपूर्ण छ।

सुरक्षा प्रमुखसति नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेपछि नेपाली युवाले भारतीयले दशगजा क्षेत्रमा बनाएका बाँधको ८० प्रतिशत भाग भत्काइदिएका छन्।

Monday, July 25, 2016


भारतीय थल सेनाका पूर्व मेजर जनरल अशोक मेहता लगातार जसो नेपाल आइरहने भारतीय सैन्य अधिरकारी हुन् । लामो समय नेपाली गोर्खा पल्टनमा सेवा गरेको हुनाले नेपाली समेत राम्रो गरी बोल्ने उनी भारत सरकारको रक्षाको क्षेत्रमा काम गर्ने थिङ्क ट्याङ्कमा आबद्ध छन् । भारतले बनाउने छिमेक नीतिमा सुरक्षाको कोणबाट सल्लाहा सुझाव दिने उनैसँग गोर्खा भर्र्तीमा भारतीय स्वार्थ र पेन्सन क्याम्पका नाममा खडा गरिएका भारतीय सेनाका क्याम्पको औचित्यबारे कुराकानी गरेका छन् नरेश ज्ञवालीले ।
Ashok Mehta (4)
गोर्खा सैनिक भर्ती
आजको सदर्भमा भारतीय सेनामा नेपालीहरूको सहभागितको सान्दर्भिकता के छ ?
गोर्खा भर्ती सुरु हुने बेलामा र आजसम्ममा यसको महत्वमा खासै धेरै फरक परेको छैन । यति हो कि पहिलाको तुलनामा आज भर्ती हुन आउनेहरू धेरै पढेलेखेका छन् । पहिलाको तुलनामा त्यति स्वस्थ छैनन् । कुनै समय पढ्ने लेख्ने चिन्ता थिएन के मात्रै चिन्ता थियो भने डोकामा कति भारी बोक्ने र अगाडिबाट गोली आयो भने पनि ‘कासन’ पायो भने हमला गर्ने हो । आज भिन्न छ, तर बहादुरीमा कमी छैन । सेनामा जागिर खानु भनेको सम्मान पाउनु हो तर आजका तन्नेरीहरूलाई अन्तिममा पैसा महत्वपूर्ण भएको छ । नेपाल–भारत सम्बन्धलाई निकै घनिष्ट रूपले बाध्ने कडी भनेको सेना–सेना बीचको सम्बन्ध नै हो । नेपाली सेना प्रमुख र भारतीय सेना प्रमुख एकअर्काको सेनाका अनररी जनरल बन्दछन् ।
जहाँसम्म भारत र नेपाली जनताको सम्बन्धको कुरा छ यो त्यस्तो कुरा हो जहाँ भारतको टेरोटोरियल इन्टिग्रेटी (सीमा सुरक्षा) का लागि कारगिल, सन् १९६५, १९७१, १९४८ का युद्ध नै किन नहुन् ती सबैमा नेपाली नागरिकले गरको कामको वर्णन गर्न अप्ठेरो छ । सङ्क्षेपमा राजनीतिक रूपमा यी दुवै कुरा पहिलो– सेना–सेना बीचको सम्बन्ध र भारतीय सेनामा नेपालीले जागिर गरेर ज्यान दिन तयार हुने कुरा नै नेपाल–भारत सम्बन्धको एक नम्बरको विचार हो । तर मानिसहरू यसलाई मान्दैनन् । म नेपालको गाउँ गाउँ घुमेको छु, नेपाली भूपूसैनिकहरूले जस्तो माया र सम्मान दिने गर्दछन्, त्यो पनि निकै भिन्न स्तरको छ । यसमा दुःखको कुरा के छ भने मानिसहरू यसलाई बन्द गरिनुपर्ने धारणा राख्ने गर्दछन् ।
तपाईंको भनाइलाई आधार मान्ने हो भने त जसरी नेपालीहरूले भारतीय सीमा सुरक्षाका लागि रगत बगाए त्यसैगरी भारतीयहरूले पनि चीन र पाकिस्तानको सीमा सुरक्षाका लागि रगत बगाउने हो भने ती देशहरूसँग पनि भातरको सम्बन्ध प्रगाढ र राम्रो होला होइन ?
यो स्वतन्त्र देश हो । हालै मात्र गोरखा पल्टनबाट अवकास पाएका भारतीय सैनिकहरू अफ्गानिस्तानमा जागिर खाइरहेका छन् ।
नेपाली गोर्खा सैनिकको सन्दर्भमा कुरा गरिएको होइन ।
होइन, म भारतीयहरूको कुरा गरिरहेको छु । भारतमा जुन नेपाली रहने गर्दछन् ती भारतीय हुन् । एउटा गोर्खा बटालियनमा ६० प्रतिशत नेपालबाट र ४० प्रतिशत भारतबाट भर्र्ती हुने गर्छन् । यी भनेका ‘इन्डियन डोमिसाइल्ड’ नेपाली हुन् । उनीहरू अफगानिस्तानमा सेक्युरिटी गार्डमाको काम गरिरहेका छन् । यदि भोलि कुनै देशले सेनामा भर्ती लिने भयो भने र त्यसमा कुनै भारतीय गयो भने त्यो खुला छ । कुनै सेनाले भारतीयहरूलाई बोलायो भने भारतले किन रोक्ने ? आखिर अहिले भारतबाट मुसलवानहरू आईएसमा पनि त गइरहेका छन् । उनीहरूलाई रोकिँदैछ किन भने त्यो गलत काम हो ।
Ashok Mehta (3)

एउटा भारतीय नागरिक चीन, पाकिस्तान, बङ्गलादेशको सेनामा उनीहरूको राष्ट्रिय अक्षुणताका लागि भर्ती हुनसक्छ ?
कुनै छुट छैन । मतलब कुनै रोक छैन । भारत स्वतन्त्र देश हो ।
नेपालका सन्दर्भमा सन् १८५० मा इस्ट इन्डिया कम्पनी र नेपाली शासकबीच भएको सम्झौता जसलाई सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि निरन्तरता दियो, त्यो नेपाली गोर्खा भर्तीको औचित्य के भनेर प्रश्न उठिरहेको छ । यसमा भारतको धारणा ?
नेपाल–भारत सम्बन्ध हिन्दु धर्म, इतिहास, संस्कृति र रोटी–बेटीको सम्बन्धमा टिकेको छ । संसारमा कहीँ पनि भलै त्यो क्यानाडा र संयुक्त राज्य अमेरिका बीचको खुला सिमाना नै किन नहोस्, यस्तो पाउनु हुन्न । गोर्खा सैनिक भर्र्ती भनेको त्यही सम्बन्धको एउटा अंश यो हो । भोलि यसलाई रोक्ने भए रोकियोस् । त्यो नेपाल सरकारको कुरा हो । जस्तै हालै नेपाल सरकारले अफगानिस्तानमा जागिर गर्न जान नपाइने भनेको छ । त्यस्तै भोलि हाम्रा नागरिक भारतीय र ब्रिटिस सेनामा जागिर गर्ने छैनन् भन्न पनि सक्छ । नेपाल सरकारले गोर्खा भर्र्ती रोक्न चाह्यो भने रोक्न सक्छ । त्यसो हो भने यो सबै खत्तम हुन्छ । सन् १९४७ मा एउटा सन्धि भएको थियो, यसलाई ‘ट्राइपाटाइड ट्रिटी’ भनिन्छ । यो कुरा जोडिएको छ सन् १८१६ को सुगौली सन्धिसँग । नेपाली सेना इस्टइन्डिया कम्पनीसँग हारेपछि एउटा ‘कन्डिसन’ थोपरिएको थियो । त्यसमा लेखिएको थियो– अबदेखि १०/२० हजार नेपाली हामीलाई भर्र्ती गर्न दिनुपर्नेछ ।
नेपालमा कम्युनिस्टहरूले गोर्खा भर्ती बन्द गर्नुपर्नेबारे बारम्बार कुरा उठाइ रहन्छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएको पालामा होस् चाहे बाबुराम भट्टराईले ४० बुँदे माग पत्र पेश गर्दा यो कुरा उल्लेख गरिएको हुन्छ ।
त्यसबेला ब्रिटिस इस्टइन्डिया कम्पनी निकै प्रभावित भएर यो कुरा गरिएको थियो । तर जब सन् १९४७ मा भारतको विभाजन भयो त्यो सीमा मात्रको विभाजन थिएन । त्यो आर्मीको पनि विभाजन थियो । त्यसबेलाको ब्रिटिस इन्डियन आर्मीको दुई तिहाई भारतीय सेनामा परिणत भयो भने एक तिहाई पाकिस्तान आर्मीमा । रह्यो कुरा गोर्खा सैनिकको १० रेजिमेन्टमा ६ रेजिमेन्ट भारतमा र ४ रेजिमेन्ट ब्रिटिसमा गाभियो । त्यसका लागि हरेक सिपाहीसँग सोधिएको थियो । तिमी भारतीय सेनामा बस्ने कि ब्रिटिस सेनामा ? त्यसपछि बल्ल ट्राइपाटाइट सन्धि भयो । जसमा यस विषयमा यसका टर्म एन्ड कन्डिसन, तलब लगायत कुरामा उल्लेख गरिएको छ । आज त्यस अनुरूप भर्र्ती भइरहेको छ । त्यसपछि भारतीय सेनामा ४० हजार र ब्रिटिस सेनामा २ हजार गोर्खा पल्टन रहेको छ ।
नेपालमा कम्युनिस्टहरूले गोर्खा भर्र्ती बन्द गर्नुपर्नेबारे बारम्बार कुरा उठाइ रहन्छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएको पालामा होस् चाहे बाबुराम भट्टराईले ४० बुँदे माग पत्र पेश गर्दा यो कुरा उल्लेख गरिएको हुन्छ । तर तपाईंलाई मैले भनुँ जब नेपालमा यसबारे कुनै हल्ला नै थिएन त्यसै बेला सन् १९७६ मा भारतमा गोर्खा भर्र्ती बारे गम्भीर कुरा उठेको थियो । त्यस बेला उठेको प्रश्न– हाम्रोमा बेरोजगारी हुँदाहुँदै युवाहरूको कुनै कमी नुहँदासमेत अर्को मुलुकको मान्छेलाई सेनामा किन लिने ? हुँदाहुँदा यो कुरा प्रधानमन्त्री इन्दिरा गान्धीसम्म पुग्यो । प्रधानमन्त्री गान्धीले सेनाका जनरल जी.जी. वैबुरलाई बोलाएर धारणा मागिन् । उनी गोर्खा पल्टनबाट आएर सेनाका जनरल बनेका थिए । उनले गोर्खा भर्र्ती बन्द गर्न नहुने कुरा राखेपछि यसले निरन्तरता पाइराखेको हो ।
आज सिमलाको नजिक रहेको सबाटु भन्ने ठाउँमा पहिलो पटक जहाँ निकै धेरै गोर्खा सैनिकहरूको भर्र्ती सेन्टर ‘वान एन्ड फोर जीआर (ज्ञ बलम द्ध न्च्) त्यहाँ इतिहासमै पहिलो पटक एउटा पल्टन गठन गरिँदै छ । जुन भारतीय नेपालीबाट गठन गरिनेछ । योभन्दा पहिले कहिलै यस्तो भएको छैन । भनेपछि तपाईंले बुझ्नुस यताबाट सिग्नल जाँदैछ कि भारतमा नेपालीहरूको कमी छैन । तपाईंले गोर्खा भर्र्ती रोक्ने हो भने रोक्नुस् हामीले भिन्दै गोर्खा भर्र्ती खोल्न सक्छौँ । ती सबै भारतीय नागरिकता धारण गरेका नेपाली हुनेछन् । भनेपछि केही हुँदैछ । केही नयाँ प्रयोग हुँदैछ ।
कस्तो खाले नयाँ प्रयोग, प्रष्ट पारिदिनुस् न ?
एउटा सिग्नल दिइराखिएको छ । तपाईंले यो बुझ्न सक्नु हुन्न । यदि भोलि भर्र्ती रोकियो भने हामीसँग निकै नेपाली नागरिक छन्, जसबाट हामीले यो पल्टनमा भर्र्ती लिइरहन सक्छौँ । म यसै क्रममा पछिल्लो महिना सबाटुमै थिएँ ।
Ashok Mehta (2)

गोर्खा भर्ती र भारतीय रणनीति
भारतीय सेनामा नेपालीहरूलाई राखिराख्न चाहने भारतीय सरकारको रणनीति के हो ?
मलाई यो प्रश्न नै वाहियात लाग्छ ।
‘सोल्जर अफ फच्र्युन’, ‘मर्सिनरी आर्मी’ जुन अफ्रिकामा हुन्थे त्यस समयमा बाहिरी मुलुकबाट भर्ती गर्ने तथा त्यसको विचार के थियो भने आफ्ना मान्छे मर्नुको सट्टा उनीहरू नै मरून् । उनीहरूको विशेषता के थियो भने उनीहरूलाई निकै राम्रो लडाका पनि ठानिथ्यो ।
सरकारले, सेनाले केही सोच्दै नसोची यत्रो भर्ती गरिरहेको छ ? इन्दिरा गान्धी हुन् चाहे मोदी यस विषयमा आफ्नो हातमाथि नपार्ने गरी कुनै सोचलाई अगाडि बढाउँछन् होला त ?
यसको उत्तर तपाईंले पाइसक्नु भएको छ । सन् १९४७ मा जब विभाजन भयो तपाईंले त्यसै बेला भन्न सक्नुहुन्थ्यो हामीले आफ्ना नागरिक तपाईंको सेनामा पठाउँदैनौँ अथवा जम्मै १० रेजिमेन्ट ब्रिटिसमै जाऊन् भनेर । तर यो भनेको निकै दुरदृष्टिले भरिएको विचार थियो । विश्व प्रसिद्ध जर्मन र जापानी सेना विरुद्ध लडेका अनुभवी सेना जो आफ्नो छिमेकमा छ, त्यसलाई भारतमै राख्नुपर्छ । कसैको दिमागमा यस्तो प्रश्न उठेन होला कि युद्धको मैदानमा १० नेपाली मारिए भने १० भारतीय जोगिनेछन् ।
शासक र सेनाका अधिकारी त पक्कै सोच्दा हुन् ?
‘सोल्जर अफ फच्र्युन’, ‘मर्सिनरी आर्मी’ जुन अफ्रिकामा हुन्थे त्यस समयमा बाहिरी मुलुकबाट भर्ती गर्ने तथा त्यसको विचार के थियो भने आफ्ना मान्छे मर्नुको सट्टा उनीहरू नै मरून् । उनीहरूको विशेषता के थियो भने उनीहरूलाई निकै राम्रो लडाका पनि ठानिथ्यो ।
बाहादुरी र वीरताको मिसाल दिएर शोषण र प्रभुत्वलाई कायम राख्न सजिलो हुन्छ होला है ?
जसरी तपाईंले भन्दै हुनुहुन्छ धेरै जनाले गोर्खा सैनिकलाई ‘क्यानन फोडर’लाई जसरी प्रयोग गरिँदैछ भन्छन् । यिनलाई मर्सिनरीलाई जसरी प्रयोग गरियो भन्छन् । यसका दुवै पाटाहरू छन् । म गोर्खा पल्टनमा भएको हुनाले म नेपाललाई, नेपाली सेनालाई, भारतीय सेनालाई चिन्ने गर्छु ।
Ashok Mehta (1)
पेन्सन क्याम्प र यसको उद्देश्य
अर्को प्रसङ्ग– भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन व्यवस्थाका लागि नेपालमा भारतीय सेनाका कतिवटा क्यापहरू खडा गरिएका छन् ?
भारतीय सेनामा कहिलेकाहीँ के कुरा उठ्ने गर्छ भने नेपाली भूतपूर्व सैनिकहरूका लागि जति वेलफेयर, विशेष व्यवस्था उनीहरूकै देशमा भारतीय सेनाले उपलब्ध गराउँछ त्यति हामीलाई किन गराउँदैन । भनेपछि भारतीय सेनाले नेपाली गोर्खा सैनिकका लागि यति धेरै काम गरेको छ कि यो कुरा भारतमा उठ्ने गर्छ । जस्तै सेनाको स्वास्थ्यसम्बन्धी ‘ईसीएचएस’ परियोजना । अहिले नेपालमा १५ अस्पताल स्थापित भइसकेका छन् । सन् १९७५÷७६ मै सेनामा एउटा विचार आयो कि जहाँ जहाँबाट भारतीय सेनामा नेपालीहरूको भर्र्ती हुन्छ त्यहाँसम्म भारतीय सेनाका अफिसरहरूको टोली पुगोस् । एक वर्षभरीमा १२ देखि १५ टोली नेपालका विभिन्न ठाउँहरूमा जाने गर्छन् । वेलफेयरको काम गर्ने सैन्य कार्यालय जत्रो काठमाडौंमा छ योभन्दा ठूलो मिलिटिरी अफिस अन्य कुनै देशमा छैन । यस देशमा जति ठूलो ‘मिलिटरी अर्गनाइजेसन’ अन्य कुनै देशमा छैन । एउटा अफिस काठमाडौंमा छ एउटा धरानमा छ एउटा पोखरामा छ यसको अलावा २६ ‘डिस्ट्रिक सोल्जर बोर्ड’ छ । अहिले ३ नयाँ बन्दै छन् । एउटा नयाँ पेन्सन क्याप पनि बनाइँदै छ जुन बुटवलमा हुनेछ ।
बुटवलको फुरबारीमा पहिलैदेखि नै भारतीय सेनाको टुकडी छँदैछ अर्को पनि खडा गर्न लागिएको ?
त्यो अस्थायी हो । त्यहाँ स्थायी पेन्सन क्याम्प बनाइदै छ । जसका लागि जग्गा किनेर तयार छ । २६ ‘डिस्ट्रिक सोल्जर वोर्ड’ छँदैछ यसका साथै पेन्सन बाड्नका लागि भनेर ‘टे«किङ टिम्स’ छ जुन टोली विभिन्न जिल्लामा खटिने गर्छ । यसका अलावा भारतबाट नै सेनाको मेडिकल टिम पनि वर्षमा ७–८ वटा आउने गर्छ । मेडिकल टिमको अवधारणा भनेको तपाईंको घरमा पुगेर उपचार दिओस् भन्ने हो । कारगिल युद्धमा नेपाली मात्र होइन भारतीय पनि मरे तर जति हामीले भारतीय सैनिकको रेखदेख गर्दैनौँ त्यो भन्दा धेरै हामीले नेपालीहरूको गर्ने गर्छौं ।
अमेरिकाले राख्ने क्याम्प र भारतले राखेका पेन्सन क्याम्पको कुरा भिन्न छ । हरेक देशका आफ्नै राष्ट्रिय स्वार्थ हुने गर्छन् । भारतको कुनै पनि ‘आउसाइड बेस’ छैन ।
अमेरिकन र नाटो सैनिकहरूले विश्वका विभिन्न देशहरूमा आफ्नो बेस क्याम्प किन खडा गर्न चाहँदा रहेछन् ?
त्यो उनीहरूको इन्टे«स्टको कुरा हो ।
ती इन्टे«स्टहरू कस्ता हुन्छन् होला ?
त्यसमा पहिलो सेक्युरिटी इन्टे«स्ट हुन्छ । विश्वको नेतृत्वकारी शक्ति भएको हुनाले उनको ठाउँ–ठाउँमा त्यसको परिपूर्तिका लागि बस्नुपर्ने हुन्छ । साथै चाइनाको मुकाबला गर्न पनि बस्ने गर्छन् । अमेरिकाले राख्ने क्याम्प र भारतले राखेका पेन्सन क्याम्पको कुरा भिन्न छ । हरेक देशका आफ्नै राष्ट्रिय स्वार्थ हुने गर्छन् । भारतको कुनै पनि ‘आउसाइड बेस’ छैन । भारतका रिजनल स्वार्थ मात्र छन् ।
Ashok Mehta (9)
पोखरामा पेन्सन क्याम्पको नाममा कर्णेलको नेतृत्वमा ६० देखि ७० जनाको टुकडी रहने गर्छ भने यस्तै काठमाडौं, धरान, बुटलवल लगायतका तपाईंले भनेको ती २६ ठाउँमा ती सेनाले वर्षभरि पेन्सन मात्र बाँडेर बस्छन् ? अन्य काम पनि गर्दा होलान् नि ?
यो त २४ वाई ७ को कुरा हो । प्रत्येक बिहान ९ बजेदेखि कार्यक्रम सुरु भइहाल्छ र मान्छेहरू राति ९ बजेसम्म त्यही हुन्छन् । पहिला कम्प्युटराइज थिएन आज सबै सिस्टम कम्प्युटराइज भएको छ, पेन्सन एक दिनभित्रै पाऊन् भन्ने नीति छ । तपाईंले जता सङ्केत गर्दै हुनुहुन्छ, त्यसको सम्भावना छैन । त्यसका लागि अर्को जागिर हुने गर्छ ।
तपाईं मुसुमुस हाँस्दै भन्नु हुन्छ– त्यसको कुनै सम्भावना छैन ?
(हाँस्दै) त्यसको कुनै आवश्यकता नै छैन भारतलाई । यदि कुनै यस्तो कुरा हुँदैछ भने हाम्रा भूपू सैनिक आएर कुरा गर्छन् ।
तपाईंले माथि भनेको क्षेत्रीय स्वार्थ पूर्तिमा ती सैन्य क्याम्पहरूले निकै सहयोगी भूमिका निभाउँछन् होला है ?
यो कुरा आजको कुरा होइन । यो त पहिलैदेखि चलिरहेको छ । बुटवलमा मात्रै नयाँ बन्दैछ अरू त पुरानै कुरा हो । त्यो क्याम्प पनि ५०–६० वर्षमा बल्ल बन्दैछ । हामीलाई नेपालमा केही गर्ने आवश्यकता नै छैन । नेपालको सरकारलाई अब ज्ञान भइसकेको छ, जब सन् १९९९ मा जब काठमाडौंबाट आईसी ८१४ को अपहरण भयो र कान्धार पु¥याइयो त्यसबीच नेपाल र भारतका बीच जुन कुराकानी भयो त्यसले गर्दा सबैलाई थाहा भइसकेको छ, कुरा के हो ।
त्यसैले गर्दा हो भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने कुरा गरेको ?
त्यो विषय मलाई थाहा छैन । अमेरिकामा त कट्टु समेत खोली दिन्छन । उनीहरू त ‘प्याट डाउन चेक’ गर्छन् । भारतीय सेना नेपाली ड्रेसमा छ भने भिन्दै कुरा हो ।
source:- Ratopati.com

कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादी संगठनको निशानामा



इटहरी – अन्तराष्ट्रिय आतंकवादी संगठनले नेपाल र भारतको सिमामा रहेको कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको खुलासा भएको छ ।
सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यो तथ्य खुलेको हो ।
भारत बिरपुर जिल्लाका डिस्ट्रीक म्याजेस्टेड (डिएम) बाट नेपाल स्थित सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जैस-इ-मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ । पत्र ५ दिन अघि सुनसरी प्रशासनमा प्राप्त भएको हो ।
Koshi News (1)

भारतिय जासुसी संस्था (र) ले दिएको सूचनाको आधारमा यि तीन अन्तराष्ट्रिय आतंकवादी संगठनले बिहार क्षेत्रमा ठुलो आतंक मञ्चाउने योजना बनाइरहेको बताइएको छ । त्यसमा पनि नेपाल भारत सिमा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानमा उनिहरुले आक्रमण गर्ने योजना बनाइएको बताइएको छ । सोही आधारमा यो तथ्य बाहिर आएको हो ।
यस बिषयमा भारतिय टेलिभिजन आजतकको अनलाईन सस्करणमा पनि कोशी ब्यारेजमा आक्रमणको योजना बनेको समचार पोष्ट भएको थियो । समचारमा भने आतंकवादी संगठनको नाम उल्लेख छैन ।
आक्रमणको योजना बनाएपछि सीमा सुरक्षा बल र बिरपुर प्रशासनले नेपाल प्रशासनलाई पनि जानकारी गराउन तत्कालै पत्र पठाएको थियो । पत्रमा यि तिन आतंकवादी संगठनको नाम समेत उल्लेख गरिएको छ । पत्रमा कोशी ब्यारेजलाई आक्रमणको निशाना बनाइएको बताउदै सुरक्षा टाईट बनाउन भनिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बिरपुर डिएमबाट पत्र आएको बताउँदै कोशी ब्यारेज र अन्य नाकामा नेपाल तर्फको सुरक्षा कडाई गरिएको बताए । हामीले ब्यारेजमा सशस्त्र प्रहरी बलको बिशेष टोली परिचालन गरिएका छौ चापागाईले भने । ब्यारेजको दुवै भागमा सुरक्षा चेकजाँच शुरु गरिएको छ ।
ब्यारेज पारी सप्तरीमा पहिलेदेखी नै सशस्त्र प्रहरीको टोली बस्दै आएको छ । यता सुनसरीमा भने नेपाल प्रहरीको टोलीले सुरक्षा दिदै आएको थियो । अहिले नेपाल प्रहरीसगै शसस्त्र प्रहरीको टोली ब्यारेजमा बस्न थालेको प्रजिअ चापागाईले बताए । सप्तरी र सुनसरीबाट प्रबेश गर्ने सबै सबारीको चेकजाँचमा कडाई गरिएको छ । साथै कोशी नदीमा जालबाट माछा मार्ने र दाउरा निकाल्न प्रतिबन्ध समेत लगाइएको चापागाईले बताए ।
यो गम्भीर बिषय हो यस कारण हामी अर्लट छौ, सुरक्षामा कडाई गरिएको छ सुनसरी प्रजिअ चापागाईले भने । अन्तराष्ट्रिय आतंकवादी संस्थाहरुले नेपाललाई पनि टार्गेट गरेको प्रति केही चिन्ता बढेको उनले बताए ।
कोशी ब्यारेज भारतिय सिमा देखी एक किलोमिटर भित्र पर्छ । कोशी ब्यारेज पूर्व पश्चिम राजमार्गको काठमाडौ जोड्ने मुख्य माध्यम पनि हो ।
ब्यारेज टार्गेटको कारण
कोशी ब्यारेज भारतिय पक्षबाट संञ्चालित छ । ब्यारेजको कन्ट्रोल रुम देखी रेखदेख सम्मको एकाधिकार भारतले गदै आएको छ ।
ब्यारेज छेउमै भन्सार कार्यालय समेत छन । यस कारण पनि कोशी ब्यारेजमा भारतियको सबै भन्दा बढी उपस्थिति र आवतजावत हुने गर्छ ।
आतंकवादी संगठन लस्करे ए तोइवा, जैस-इ -मोहमद र पाकिस्तानी मुजाहिदीनले भारतमा धेरै पटक बम बिस्फोट, सुरक्षाकर्मी र नागरिक माथि आक्रमण तथा आफनो सकृयतालाई बढाइरहेको छ ।
केही समय देखी शान्त रहेको भारतमा आतंकवादी संगठनले ठुलै आक्रमणको तयारी गरिरहेको अनुसन्धानबाट देखिन्छ । नेपाललाई टेकेर भारत हान्ने रणनिति हुन सक्ने कारण पनि नेपाल अहिले आतंकवादको पोइन्ट बन्ने आशंका गरिएको छ ।
को हुन यि आतंकवादी संगठन ?
लस्करे ए तोइवा : यो संगठन दक्षिण एसिया क्षेत्रमा आतंक मञ्चाउने सकृय र ठुलो संगठन हो । १९८७ मा हाफिज मोहमद साइदले यो संगठन जन्माएका हुन । भारत र पाकिस्तान सिमा जम्बु काश्मीर क्षेत्रमा पाकिस्तानको अधिकार चल्नु पर्छ र ईस्लाम धर्म एसिया भर बिस्तार हुनु पर्छ भन्ने उनिहरुको मख्य उदेश्य छ । यो संगठनले भारतमा धेरै पटक आक्रमण गरिसकेको छ । सुरक्षाकर्मी, आम नागरिक र भारतिय संसदमा समेत यो संगठनले आक्रमणको निशाना बनाइसकेको छ । २००८ को मुम्बई आक्रमणमा यो संगठनको ठुलो हात छ । २५ डिसेम्बर अमेरिका, २००३ अस्टे«लिया, २००२ पाकिस्तान लगायतका देशमा यस संगठनले आफनो आतंकी रुप देखाइसकेको छ ।
२०७० सालमा लस्करे ए तोइवाका नेपाल एजेन्ट भएको आरोपमा भूमिगत सशस्त्र समूह तराई मुक्ति मोर्चा (प्रकाश समूह) का प्लाटुन ‘सैन्य कमान्डर’ अग्नि भनिने सुनिल जयसवाललाई नेपाल प्रहरीले समेत पक्राउ गरको थियो ।
जयसवाल नेपाल प्रहरीको आग्रहमा भारतको बिहारमा पक्राउ परेका थिए । नेपाल प्रहरीकै सुराकीमा भारतीय प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनी पाकिस्तानी आतंकवादी संगठन लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट भएको पाइयो ।
Jayshree Mohamad

जैस-इ-मोहमद : २००० मा मसुद अजहरले यो संगठन जन्माएका हुन । जम्बु काश्मीर क्षेत्रमा यस संगठनको राम्रो उपस्थिति छ । अहिले भारत, अमेरिका, बेलायत, क्यानडा र युरोपियन देशमा आफनो संञ्जाल बनाइरहेको छ । केही महिना अघि भारतको पठानकोट हमलामा यस संगठनको हात थियो ।
पाकिस्तानी मुजाहिदीन : १९९० बाट मात्र यो संगठन एउटै भएको होे । पहिलो यो संगठन समुह बनाएर अफगानिस्तान, इराक, फिलिपिन्स, बर्मा लगायतका देशमा लडेको थियो । अल कायदाको एउटा भाग रहेर आतंकी गतिबिधिमा यो संगठन जन्मीएको बताईन्छ । दुई तिन बर्ष देखी मात्र यो संगठन सकृय रहदै आएको छ ।
पछिल्लो समय यो संगठन भारतमा निकै सकृय हुन थालेको भारतिय संञ्चार माध्यमले बताएका छन । अहिले यो पाकिस्तानलाई आधार बनाएर आफनो संगठन बिस्तारमा लागेको छ ।


source:- Ratopati.com

Sunday, July 17, 2016


  • तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय
- बलराम बानियाँ, काठमाडौं

श्रावण ३, २०७३-

एक वर्षमै पहुँचवालालाई साढे १८ करोड आर्थिक सहायता

सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुन: रकम बाँडेको हो । यसअघि मन्त्रिपरिषद्ले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो ।  

कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भए पनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारूढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो । मुलुकमा भौतिक पूर्वाधारको विकास तथा गरिब जनताको उत्थानमा सदुपयोग गर्नुपर्ने राज्यको ढुकुटी आर्थिक सहायताका नाममा सरकारले जथाभावी पहुँचवालालाई पोसेको हो ।

जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अल्पमतमा परिसकेको प्रधानमन्त्री केपी ओली सरकारले समेत कार्यविधि लत्याउँदै धमाधम पहुँचवाला र राम्रो आर्थिक हैसियतवाला व्यक्तिहरूलाई सहायता वितरण जारी राखेको छ । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिनुपरेको हो, मन्त्रिपरिषदको निर्णय र गृह मन्त्रालयको प्रस्तावमा केही उल्लेख छैन ।

 आर्थिक वर्ष २०७२/७३ मा आर्थिक सहायताका नाममा सरकारले २ सय ७२ जनालाई १५ करोड २७ लाखभन्दा बढी आर्थिक सहायता वितरण गरेको थियो । आर्थिक सहायता पाएकामा सबै पहुँचवाला नेता, प्रधानमन्त्री र नेताका आफन्त, कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी र उच्च सरकारी अधिकारी बढी छन् । सरकारले गत असार अन्तिम सातासम्म एक वर्षमा पहुँचवालालाई वितरण गरेको आर्थिक सहायता रकम साढे १८ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

उक्त रकम झाडापखाला लागेका बेला जीवनजलसमेत नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएका अछामसहितका नौवटा दुर्गम जिल्लालाई औषधि खरिद गर्न एक वर्षमा दिइने एकमुष्ठ बजेटभन्दा बढी हो । असार २४ को मन्त्रिपरिषद् बैठकले ७ जनालाई ५० लाख, एक जनालाई ४ लाख, ६ जनालाई ३ लाख, ११ जनालाई २ लाख र ५२ जनालाई १/१ लाख रुपैयाँ सहायता दिएको छ ।

एकै जना पहुँचवालालाई पटक–पटक आर्थिक सहायता दिइएको उदाहरणसमेत छन् । बूढानीलकण्ठ–८ का गोविन्द भट्टराईलाई सरकारले एक महिनामा दुईपटक आर्थिक सहायता दिएको छ । उनलाई असारको पहिलो साता ३ लाख र असार २४ मा ५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । उनलाई पटक–पटक आर्थिक सहायता दिनुपर्नाका कारण सरकारले उल्लेख गरेको छैन ।

मन्त्रिपरिषदले एमालेका पूर्वसांसद सोमनाथ अधिकारीलाई ५ लाख, बद्रीप्रसाद कोइरालालाई ५ लाख, गोविन्द भट्टराईलाई ५ लाख, लक्ष्मी पन्तलाई ३ लाख, निर्वाचन आयुक्त इला शर्मालाई ३ लाख, मानबहादुर मल्ललाई २ लाख, उदय पाठकलाई २ लाख, रूपसिंह थापालाई १ लाख, सीता घिमिरेलाई १ लाख, राजकुमार सहनीलाई एक लाख, उषा गिरीलाई २ लाख, पूर्वमन्त्री बद्री बस्नेतलाई ३ लाख, विष्णुभक्त फुयाललाई २ लाख र गणेशनाथ योगीलाई एक लाख आर्थिक सहायता दिएको छ ।

सरकारले सौजन लिम्बु, रामसिंह रावल र गणेश उचैलाई एक/एक लाख, प्रकाश शाहलाई २ लाख, कृष्णनिधि तिवारीलाई ३ लाख, कांग्रेस सांसद प्रेमकिशोर शाह तेलीलाई ५ लाख, लक्ष्मणसिंह खडका, रोहित राजवंशी, तुकबहादुर थापा, हरिबहादुर थापा (जाजरकोट), हरिबहादुर देहार, मनक्वारा बिटालु, जनकराज गौतम, विष्णुरुद्र उपाध्याय, पानसरी धराला, उदय चलाउने र भुवनकुमार थारूलाई एक/एक लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।

यसैगरी शरद रसाइलीलाई ३ लाख, तिलकबहादुर सारुलाई एक लाख, नारायणबहादुर कार्कीलाई ४ लाख, श्यामलाल श्रेष्ठलाई २ लाख, सानुशिवा पहाडीलाई २ लाख, टीकादेवी पालुंगालाई २ लाख, लालबाबुसिंह भुइँहार, दानबहादुर डंगोल, श्रीन्जु अधिकारी, सुरेशकुमार राई, विक्रम खरेल, सुन्दर कार्की, शारदा चौंलागाईं, गोपालबहादुर अधिकारी, कृष्णबहादुर खडका, डोमा शेर्पा, सुदीप थापा, चेतनारायण आचार्य, श्रीधरप्रसाद श्रेष्ठ, माया लामिछाने, दलबहादुर स्याङतान, गंगाबहादुर थापामगर, दीपक देवकोटा, रेखी बीसी, दत्तबहादुर रावल, जनकबहादुर शाह, दीपेश श्रेष्ठ, गीता पोखरेल काफ्ले, जयबहादुर क्षत्री र रुद्रबहादुर बस्नेतलाई एक/एक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

सांसद महेन्द्रबहादुर शाही तथा पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई ५–५ लाख, पूर्वसांसद बर्मन बुढालाई २ लाख, नरेन्द्रराज शर्मालाई ३ लाख, अनुप पन्तलाई १ लाख, पार्वती घर्तीलाई १ लाख, मुरलीगोपाल रञ्जितकारलाई २ लाख, तारानाथ शर्मालाई १ लाख, सानुकान्छी तामाङलाई १ लाख, गंगा प्रधानलाई २ लाख, जीवनकुमार गौतमलाई १ लाख, मनबहादुर गायकलाई १ लाख, विष्णुकुमारी अधिकारी १ लाख, नन्दा न्यौपानलाई १ लाख, कमल शाहीलाई १ लाख, रामबहादुर विकलाई एक लाख र विर्मी शाहीलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ ।


source : Kantipur.com
श्रावण २, २०७३- गत साता नेपालमा सम्पन्न प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठकमा भारतीय पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनका लागि सैद्धान्तिक सहमति जनाए पनि आधारभूत प्रावधानहरू परिवर्तन हुनुहुन्न भन्ने विषयमा भारतीय सत्तारूढ, विपक्षी तथा कूटनीतिज्ञहरूको समान धारणा रहेको छ । ईपीजीबाट आउने सुझाव भएकाले त्यसलाई कार्यान्वयन गर्नु बाध्यकारी नहुने निर्णयमा अडेर उपयोग गर्न सक्ने अडकलबाजी यस क्षेत्रका विज्ञहरूको छ ।



सन्धि संशोधनको मुद्दा नेपालले प्रखर रूपमा उठाएकाले वैकल्पिक प्रस्ताव तयार पार्ने काम नेपालकै रहेको बताएको भारतीय पक्ष सन्धिका आधारभूत प्रावधान चलाउने पक्षमा देखिँदैन । भारतीय पक्षका लागि आधारभूत प्रावधान भन्नाले भारतको स्वीकृतिमा मात्र नेपालले आफूलाई चाहिने हतियार अन्य मुलुकबाट किन्न सक्ने, गोर्खा भर्ती र प्राकृतिक स्रोत साधनको विकासमा भारतलाई प्राथमिकता दिने हुन् ।

नेपाल भने आफूले कुनै पनि हतियार किन्नुभन्दा अगाडि भारतको सहमति लिनुपर्ने तथा सीमा व्यवस्थापन तथा व्यापारको विषयमा सन्धिमा संशोधन चाहन्छ । भारतीय विश्लेषक तथा बुद्धिजीवीहरू नेपालले २०४५ सालमा नै भारतलाई थाहा नदिई हतियार किनेर सन्धिको उल्लंघन गरेको बताउँछन् । सोही कारण भारतले नाकाबन्दीसमेत लगाएको थियो ।

नेपालको प्राकृतिक स्रोत साधनको विकासमा भारतलाई प्राथमिकता दिने विषयमा समेत नेपालले संशोधन चाहेको छ । प्रधानमन्त्री केपी ओलीले आफ्ना प्रबुद्ध समूहका सदस्यलाई यिनै विषयमा केन्द्रित हुन सुझाव दिएका छन् । विपक्षी कंग्रेस आईका राज्यसभाका सभासद मणिशंकर अयर नेपालले एकपक्षीय ढंगले सन्धिलाई संशोधन गरौं भन्दैमा परिमार्जन नहुने बताउँछन् । उनी सन् १९५० को सन्धिले कायम गरेको नेपाल र भारतबीचको विशेष सम्बन्ध यथावत् रहनुपर्ने बताउँछन् ।

तर सन्धिका सम्बन्धमा नेपालका केही चासो छन् भने त्यसलाई सम्बोधन गर्न भारत तयार रहेको उनीहरू बताउँछन् । ‘यस सम्झौताको बारेमा दुई देशबीच पारस्परिक छलफल हुनुपर्छ । तर भारत स्वतन्त्र भएलगत्तै नेपाल र भारतको बीचमा बनेको सम्बन्धको आधारभूत विशेषता परिवर्तन गर्ने गरी सन्धि र सम्झौतामा परिवर्तन गर्नु हुन्न,’ भारतीय जनता पार्टीका नेपाल सेलका सदस्य अजित कुमारले भने । ‘नेपालका केही चासो छन् भने त्यसलाई सम्बोधन गर्न भारत तयार छ,’ उनले भने, ‘तर यो राजनीतिक विषयभन्दा पनि दुई देशका कूटनीतिक माध्यबाट सम्बोधन गर्ने विषय हो ।’

भारतका समाजवादी नेता सुधिन्द्र भदौरियाले यस सम्बन्धमा खासै राजनीतिक टिप्पणी गर्न चाहेनन् ।

उनले भने, ‘यो ठूलो विषय होइन, दुई देशका अधिकारी आपसमा बसेर यसलाई सम्बोधन गर्नुपर्छ ।’

नेपाल मामिलाका जानकार एसडी मुनि भारत सन्धि संशोधनको पक्षमा नरहेको बताउँछन् । उनी नेपालले आफूले चाहेको बुँदा मात्र संशोधन हुन नसक्ने बताउँछन् । सुरक्षासम्बन्धी हतियार किन्दा भारतको अनुमति लिनुपर्ने सम्बन्धमा उनले भने, ‘नेपालले हतियार किन्दा भारतलाई जानकारी गराउनुपर्ने नै हुन्छ । किनभने हतियार भारतको बाटो भएर नेपाल जाने हो, भारतलाई थाहा नहुने हो भने जुनसुकै तत्त्वले हतियारको दुरुपयोग गर्न सक्छन्, त्यसैगरी खुला सिमानाको कारणले पनि भारतलाई हतियारबारे
थाहा हुनुपर्छ ।’

स्रोतका अनुसार भारतीय सरकारले आफ्नो ईपीजीका सदस्यलाई नेपालले संशोधन गर्ने प्रस्ताव ल्याएमा कुन बुँदामा के अडान लिने भन्ने केही भनेको छैन् । जसले गर्दा प्रबुद्ध समूहले राम्रोसँग काम नगर्न सक्छ । सैन्य मामिलाका जानकार जनेरल अशोक मेहता नेपालले यो माग पहिलेदेखि नै गरिरहेको बताउँछन् ।

‘पहिला चक्रप्रसाद बास्तोला राजदूत हुँदा यो विषय उठेको थियो, पछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि यो कुरा उठाए,’ मेहताले कान्तिपुरसँग भने, ‘सन् १९५० मा भएको यो सन्धि अहिलेको परिवर्तित अवस्थामा दुई देश बसेर छलफलमार्फत संशोधन आवश्यक छ भने त्यो गर्नुपर्छ । तर भारतले कस्तो संशोधन चाहन्छ भन्ने विषयमा विस्तृतमा बताउन सक्दिनँ ।’

‘भारतको संस्थापन पक्षले यसलाई त्यति गम्भीर रूपमा लिएको छैन,’ भारतीय अधिकारीहरू भन्छन्, ‘खाली नेपालले पटकपटक आग्रह गरेको हुनाले प्रबुद्ध समूह बनाउन भारतीय पक्ष तयार भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विज्ञ समूहको एक बैठकमा नेपालले संशोधन गर्न चाहेको खण्डमा सन्धिलाई खारेजै गर्न पनि तयार छौं भनिदिनुपर्‍यो भनेको एक नेताले बताए । प्रबुद्ध समूहका एक सदस्यले हालै सम्पन्न बैठकले नेपाल र भारतको समग्र सम्बन्धलाई पाँच भागमा विभाजन गरेर काम गर्ने सहमति भएको जानकारी दिए ।

source:- kantipur

Friday, July 15, 2016

महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् ।
जिल्लाको मटिहानी गाविसमा अवस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुर सहरमा भारतीय पक्षद्वारा नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काले बताउनुभयो ।
बिहीबार दिउँसो भारतीय पक्षले सीमा स्तम्भ नम्बर २९७ नजिकै नेपाली भूमिमा ६÷७ फिट जग्गा ओगट्ने गरी बनाउन लागिएको नाला सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले रोक्का गरेको छ ।
भारतीय पक्षबाट सीमा सुरक्षा बल ९एसएसबी० र नेपाल तर्फबाट सशस्त्र प्रहरीले एकापसमा सम्झौता गरेर नाला निर्माणको काम ठप्प पारेको छ ।
सशस्त्र प्रहरीले भारतीय पक्षबाट नेपाली भूमिमा बनाउन लागिएको नालाबारे सम्बन्धित निकायमा जानकारी पठाएको र माथिको आदेशानुसार थप क्रियाकलाप गरिने सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । रासस

Monday, July 11, 2016




भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ ।

सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाका लागि दिएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जवरालाई हस्तान्तरण गरेका थिए । उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुर्इ पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्च समेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार हेलिकप्टर लिएर आएका र पछि दुई पटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Photo:- Ratopati

Friday, July 8, 2016

भन्सार विभागले आउँदो साउन १ गतेदेखि विदेशबाट नेपाल फर्कने नेपालीहरुले के-के सामान भन्सार नतिरी निःशुल्क ल्याउन पाउने र के-के ४० प्रतिशत एकमुष्ट महसूल तिरी ल्याउन पाउने भन्ने विषयमा अन्यौल नहोस् भन्नलाई सूची नै सार्वजनिक गरेको छ। तपाईँ विदेशमा हुनुहुन्छ र साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ अथवा तपाईँका कोही आफन्त साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ भने यो सूची तपाईँका लागि आवश्यक हुनसक्छ। पढ्नुस् भन्सार विभागले सार्वजनिक गरेको यो सूची


Source:- mysansar.com

Wednesday, July 6, 2016

अरुण ३ अब हामी आफैँले यसरी बनाउने कि मरिसक्यौँ हामी पूर्वेलीहरु पनि ?



गोपाल चिन्तन



९०० मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् अर्थात् सेतो सुनबराबर । २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियान अरुण ३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृ निकाय र सरकारहरूले दिएको ऋण तथा अनुदानको पनि सही सदुपयोग हुनुपर्दछ भन्ने थियो । तर यस देशलाई आज यो गतिमा पु¥याउने त्यसबेलाका खलनायकहरु डा. रामशरण महत, पशुपति शम्सेर, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनाथ उपाध्याय, डा. विनायक भद्रा, अजितनारायणसिंह थापा र डा. जनकलाल कर्माचार्यहरूका कारण यो सम्भव भएन । अरुण ३ खारेजीमा प¥यो ।
त्यसपछि पनि हाम्रो अभियान जारी रह्यो । तर २०६५ सालमा आएर नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को सरकारले बिनासोच अरुण ३ भारतीय सरकारी कम्पनी, सतलज जलविद्युत निगमलाई केही मेगावाट बिजुली र केही रोयल्टी पाउने शर्तमा कौडीको मूल्यमा सुम्पिदिए । भित्रभित्र के कति रकमको चलखेल के कसरी भयो त्यो त छानबिनको विषय हो । यमसा पछि आएर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईसमेतको समर्थन रह्यो । यसरी जनयुद्धको जगमा प्रधानमन्त्री बनेका यी दुई क्रान्तिकारी कम्युनिष्टहरुको योगदान, बलिदान र राष्ट्रियता पनि बालुवामा पानी हालेबराबर भयो । १० वर्षे जनयुद्धमा खेलिएको रगतको होली दाहालको झोली र भट्टराईको नयाँ करिश्मायुक्त चोलीमा सिद्धियो ।
अब के गर्ने त ? अबको कुरा सिधा छ । हामीले बल्लतल्ल देशका लागि केही सुनौला सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओली पाएका छौँ । उनकै पालामा केही होलाको जस्तो पनि छ । उनी आँटिला पनि देखिएका छन् । तपाइँले बोलिदिए पुग्छ, हामी लड्न तयार छौँ । हामीलाई दलाल र डाक्टर बुद्धिजीवीभन्दा पनि धेर्र नपढेकै होस् तर यस्तै र अझ बढी आँटिला र इमान्दार नेताहरु चाहिएको छ । प्रधानमन्त्री ओलीले आजै र अहिल्यै घोषणा गरी दिनुप¥यो कि अरुण ३ अब नेपालले आफैँ बनाउने छन्, दूतमार्ग सरकार आफैँले बनाउने घोषणा गरेजस्तै । अरुण ३ पूर्वाञ्चल अर्थात् १ नं. प्रदेशका जनताले आफैँ बनाउने छन् ।


र, सक्नुहुन्छ भने बिनापूर्वाग्रह भनिदिनु होस् (किनकि म आफूँ मालेको संस्थापक कार्यकर्ता हो तर एमाले होइन) कि “यसको नेतृत्व आफ्नो सम्पूर्ण जिन्दगी नेपाल र भारतबीच भएका असमान सन्धिसम्झौताहरुको खारेजीका लागि बिताएको, जलस्रोतसँग सम्बन्धित सन्धिसम्झौताहरुका बारेमा विद्यावारिधि गरेको एउटा प्राध्यापक तथा सफलतापूर्वक अरुण ३ अभियान हाँकेको र अरुण ३ खारेज भएबापत खाँदबारीमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूबाट गोदाइ खाएको पूर्वाञ्चलकै आठराईका् ह्वाकुमा जन्मेको प्रधानमन्त्रीको छिमेकी डा. गोपाल चिन्तनले गर्नेछ !”
प्रधानमन्त्री ओलीले यस देशका लागि नगरी नहुने एउटा महान काम हो यो । अरुण ३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । नेपालमा आर्थिक क्रान्ति हुनेछ । तपाइँ प्रधानमन्त्रीको सँधै जयजयकार हुनेछ । तपाइँका लागि काँध थाप्नेहरूको लावालस्कर हुनेछ ।

प्रधानमन्त्रीज्यू, तपाइँले यस राष्ट्रलाई यति गुण लगाइदिनु भयो भने म पनि आजैदेखि तपाइँको पछाडि लाग्ने छु । तपाइँलाई अन्तिम घडीसम्म साथ दिनेछु । म काठमाडौँ र पोखराको हुँदोखाँदो बुर्जुवा जागिर, वकालत, कमाइधमाइ र उपभोक्तावादी सुखसुविधा सबैथोक छोडेर बिनापारिश्रमिक अरुण र बरुणमा पाइने दुईछाक ढिँडो र सागका भारमा अरुण नदीका खोँचमा झम्पल र गैँती चलाएर अरुण ३ आयोजना तोकिएको समय र लागतमा मेरै नेतृत्वमा निर्माण गरेर देखाइदिने छु ।
गर्नु हुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाइँको एउटा सपना ।
अनि के यसका लागि हामी पूर्वेलीहरु तयार छैनौँ ः? पैसा त छ नि हामीसँगै । विज्ञहरु पनि हामीसँगै छन् । काम गर्ने प्राविधिक र मजदुरहरू पनि जत्ति छन् । रोडा, ढुङ्गा र माटोको त समस्यै भएन । बिजुलीको बजारको कुरा गर्ने हो भने पूर्वाञ्चलले मात्र दशौँ हजार मेगावाट बिजुली खपत गर्न सक्छ, गर्नुपर्दछ । किन गर्नुप¥यो निर्यात ? बिजुली बढी भएर बेच्नै परेछ भने त्यही जोगबनी र सिलगुढी कटाउँला नि । किन चाहियो दिल्ली !
कि मरिसक्यौँ हामी पूर्वेलीहरु पनि ?

गोपाल चिन्तन



१. पृष्ठभूमि
अहिले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र विवादको भँुमरीमा छ । नेपालमा विकासको ढाँचा कस्तो हुनुपर्दछ अनि जलस्रोत र जलविद्युतको विकास के कसरी गरिनुपर्दछ भन्ने बहसमा २०४८ देखि २०५१ सालसम्म चर्चित अरुण ३ जलविद्युत आयोजना यस्तै विवादको केन्द्रविन्दूमा थियो । नेपालको विकासको जिम्मेवारी र व्यवस्थापनको अगुवाई नेपाल र नेपालीहरू आफैँले गर्नुपर्दछ तथा जलविद्युत उत्पादनको स्वदेशीकरणबाट मात्र नेपालको वास्तविक विकास र समृद्धि सम्भव छ भन्ने दिशामा अरुण ३ अभियान र यसको सफलता विकासे बहसमा कोशेढुङ्गा साबित भयो । अहिले माथिल्लो कर्णालीका सन्दर्भमा चलिरहेको बहस र विवादको प्रकृति पनि अरुण ३ सँगै मिल्दछ ।
उसो भए, के थियो त अरुण ३ अभियान ? कतिलाई धेरै भ्रम छ वा भ्रम फैलाइएको छ कि यो कनै विकास विरोधी समुहको काम थियो जसले गर्दा अरुण ३ गयो र आज लोडिसेडिङ्ग भयो । तर होइन । यो त बरु नेपालमा विकास नहुनुको कारण र के कसरी विकास हुनुपर्दछ भन्ने अवधारणाको शुभारम्भ थियो । अरुण ३ अभियान परियोजनाको विरोध नभएर प्रक्रियाको विरोध थियो — एउटा गलत र अपारदर्शी प्रक्रियाको । अरुण ३ मा विश्व बैँक र एसियाली विकास बैँकजस्ता ऋणदाता र लगानीकर्ताहरूको बर्चस्व थियो । अर्थात् उनीहरू को अनुमतिबेगर पात पनि नहल्लने पूर्वशर्तहरू करिब ४२ वटा थिए । तीमध्ये केही यस्ता थिए — अरुण ३ को ऋण नतिर्दासम्म नेपालले १० मेगावाटभन्दा ठूला आयोजना निर्माण गर्न नपाउने, नेपालको बजेट विश्व बैँकको स्वीकृतिपछिमात्र संसद्मा पेश गर्न सकिने, सामाजिक तथा विकासको क्षेत्रमा विनियोजन हुने बजेट कटौती गरेर भए पनि ऋण किस्ता तिर्नुपर्ने तथा विद्युत महशुल भनेजति वृद्धि गरिरहनु पर्ने ।
हामीले भन्यो, उसो भए नेपाल चलाउने सम्पूर्ण ठेक्का विश्व बैँकलाई नै दिए भइहाल्यो नि ! किन चाहियो प्रजातन्त्र, निर्वाचित सरकार र शासनप्रणाली तथा वाद र विवादमा आधारित राजनीति ? यसरी अरुण ३ आयोजना भर्खरै पुनस्र्थापित खुला बहुदलीय व्यवस्थाले सिर्जना गरेको खुला वातावरणमा के हो राष्ट्रिय हित र के होइन अनि कति दाताहरू ले गर्ने हस्तक्षेपको सीमा र राष्ट्रिय सार्वभौमिकताको प्रश्न ? भन्ने बहसमा तानियो । हामी नेपालीहरूले जित्यौँ । नेपालले जित्यो ।





यस आयोजनाको खारेजीको मुख्य कारण नेपाली काङ्ग्रेस पार्टी र यसका केही पश्चिमा जगतका पिछलग्गु घुसखोर नाफाखेर नेताहरू थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अघि सारेको अरुण ३ को लागत ४५ प्रतिशतसम्म घटाउने प्रस्तावको विरोध भएकै कारण अरुण ३ खारेज भएको थियो । हामीले पनि यस्तो महङ्गो आयोजना नेपालले धान्न नसक्ने ठहर गर्दै लागत घटाउने उपायहरू अघि सा¥यौँ । ती उपायहरू थिए — आयोजनामा नेपाली पुँजि लगानी, आयोजना निर्माणमा नेपाली विज्ञहरू को सहभागिता र क्षमता वृद्धि, नेपाली शीप र ज्ञानको उपयोग, नेपाली कामदार र कच्चा पदार्थलाई प्राथमिकता तथा अरुण उपत्यकाको समग्र विकासका लागि तयार गरिएको क्षेत्रीय विकास परियोजनाको कार्यान्वयन । तर यी केही नभएपछि विश्व बैँकका विरुद्ध विश्व बैँकभित्रै मुद्दा हालियो, जितियो र नेपालले जलविद्युत उत्पादनमा ठूलो फड्को मा¥यो ।
कसरी मा¥यो फड्को ? विश्व बैँकका राष्ट्रघाती पूर्वशर्तहरू व्यहोर्नु परेन । मुलुकका विश्व बैँक र अन्य दाताहरू को नवऔपनिवेशिक शासनबाट फुत्कियो । हामीले नै प्रस्ताव गरेका कालीगण्डकी ए, खिम्ति, भोटेकोशी, मध्यमस्र्याङ्गदी, मोदी र चिलिमेजस्ता आयोजनाहरूले निर्माणको अवसर पाए । अहिले माथिल्लो तामाकोशी र सोलुखोला (दूधकोशी) जस्तो नेपालकै सबैभन्दा सस्ता र राम्रा आयोजनाहरूको निर्माणको क्रममा छन् । हामीले अरुण ३ ताका अघि सारेको जलविद्युत निर्माणको वैकल्पिक ढाँचा अन्ततः स्थापित भएरै छोड्यो, जो यस प्रकार छन् ः

(क) आयोजनाको स्वामित्व र व्यवस्थापन नेपालको;
(ख) आयोजनामा लगानी र शेयर नेपालीको;
(ग) आयोजना निर्माणमा प्राथमिकता र सहभागिता नेपालीको;
(घ) आयोजनाबाट प्रभावित समुदायका निमित्त शेयरसहित रोजगारी र प्रभाव न्यूनिकरण कार्यक्रममा सहभागिता तथा कार्यान्वयने; तथा
(ङ) आयोजनाबाट उत्पादित विद्युत उपभोगमा पहिलो प्राथमिकता स्थानीयको तथा त्यसपछि समग्र राष्ट्रको ।

हामी त्यत्तिकै यहाँसम्म आइपुगेका होइनौँ । अरुण ३ कै पाठ सिकेर कालीगण्डकी ए मा स्थानीय हकअधिकारका दृष्टिमा धेरै सुधार भयो । यद्यपि आयोजनाको लागत चर्को बनाइयो, आर्थिक अनियमितता धेरै भयो र आयोजनाको निर्माण पनि कमसल ठहरियो । खिम्ति र भोटेकोशीजस्ता आयोजनाहरू निर्माण भए तर लगानीकर्ता विदेशी कम्पनीको दबाबमा विदेशी मुद्रामा चर्को दरमा विद्युत खरिद सम्झौता गर्दा आज नेपाल विद्युत प्राधिकरण टाट पल्टिने अवस्थामा पुगेको छ । पहिलोपटक चिलिमे आयोजनामा प्राधिकरणका कर्मचारीहरूले शेयर पाए जो लामो संघर्षपछि स्थानीय बासिन्दाका निमित्त समेत विस्तार भयो । त्यही ढाँचामा अघि बढिरहेको माथिल्लो तामाकोशीको शेयर सर्वसाधारण जनताका निमित्त समेत खुला भयो यद्यपि अधिकांश शेयर लगानीकर्ता कर्मचारी सञ्चयकोश, नेपाल वीमा संस्थान र नागरिक लगानी कोषका कर्मचारीहरूले गैरकानूनी रूप मा हडपेका छन् र यसका विरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा पनि चलिरहेको छ । मध्यमस्र्याङ्गदीजस्तो राम्रो आयोजना त बन्यो तर दाता राष्ट्र जर्मनीको बदनियतका कारण यसको लागत दोब्बर पारियो । प्राधिकरणले निर्माण गर्ने आयोजनाहरू जबर्जस्ती महङ्गो हुने वा पारिने समस्या अझै पनि यथावत छ ।

तर निजी, सहकारी र सामुदायिक तहबाट निर्मित आयोजनाहरूले प्राप्त गरिरहेको सफलता उदाहरणीय बन्दै गएका् छन् । मननीय कुरा त के हो भने, अरुले लगानी गरिदिएर वा बनाइदिएर आजसम्म कुनै पनि देश धनी भएका छ्रैनन् । हुने भए त विश्व बैँक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा यूरोप, एसिया, अफ्रिका र अमेरिकासम्म गठन गरिएका क्षेत्रीय वैँकहरू ले विगतका सात दशकमा सारा विश्वलाई स्वर्ग बनाइसक्थे । तर उनीहरू ले त आजसम्म संसारभरि अभाव, गरिबी, शोषणको बढ्दो खाडलमात्र बढाएका छन् । विश्वभरि प्राकृतिक स्रोत र साधनमाथि एकलौटी कब्जा गर्ने अन्तर्राष्ट्रिय नीति, ढाँचा र संरचनाहरू निर्माण गरेका छन् जो आज फैलिइरहेका स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मका शान्तपूर्ण आन्दोलनदेखि हिंसात्मक द्वन्द्व र युद्धको कारकतत्व बनेका छन् ।
अफगानिस्तानदेखि पूर्वयुगोस्लाभियासम्म युद्ध भए ग्यास पाइपलाइन कब्जा गर्नका लागि । इराक, इरान, लिविया र सियिादेखि प्लालेस्टाइनसम्म युद्ध भए, भइरहेका छन् पेट्रोलियम पदार्थका लागि । नेपालमाथि भारतले एकतर्फी युद्ध शुरु गरिसकेको छ नेपालको जलस्रोत सँधैभरिका निमित्त कब्जा गर्नका लागि । यो कुरा हामी जति ढिलो बुझ्छौँ त्यति नै कमजोर हुनेछ हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सुरक्षा र राष्ट्रिय समृद्धिको योजना ।

२. लोडिसेडिङ्गको मूल कारण

लामो समयदेखि नेपालमा कायम लोडसेडिङ्ग कुनै दूर्घटना होइन । यो नेपालका शासकहरूको नालायकपन र भारतीय शासकहरूको सुनियोजित षडयन्त्रको अनिवार्य परिणाम हो । नत्र जलस्रोतमा विश्वकै एक धनी देश नेपाल, जसले सन् १९११ मा एसियामै दोस्रो जलविद्युत आयोजना निर्माण ग¥यो फर्पिङ्गमा, आजसम्म जम्मा ७६० मात्र जलविद्युत उत्पादन गरेर बस्दैन । सामन्तशासित राणा र पञ्चायतकालमा ठूला ठूला संरचनागत योजनाहरू सम्भव थिएनन् । नेपालका लागि आवश्यक विज्ञानप्रविधि र पूँजीको पनि अभाव थियो । तर खासगरी २०४७ सालको राजनीतिक परिवर्तनपछिको स्थिति कदापि त्यस्तो होइन । साना तथा मझौला जलविद्युत आयोजना निर्माण गरेरै धनी भएका स्वीट्जरल्याण्ड र नर्वेजस्ता मुलुकमा उपलब्ध प्रविधि र पूँजी नेपालका लागि पनि उपलब्ध थिए । नर्वेको सहयोगमा स्थापित बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत उत्पादनलाई उद्योगकै रूप मा अघि बढाउने कार्यको थालनी गरेकै हो । राम्रा राम्रा आयोजनाहरू निर्माण गरेकै हो । नेपाल विशेषज्ञ स्वीस नागरिक टोनी हेगनले पनि नेपालले अपनाउने जलविद्युत उत्पादनको अवधारणा स्वीट्जरल्याण्डकै जस्तो हो भनेर निचोड निकालेका थिए । तर हाम्रा नीतिनिर्माताहरू एकैचोटी अरुण ३ र सप्तकोशी उच्च बाँधजस्ता ठूला ठूला सपनाको पछाडि लागे । उनीहरूलाई अनावश्यक रूप मा उचाल्ने काम विश्व बैँक, एसियाली विकास बैँक र भारतीय शासकहरूले गरे नै । ठूला आयोजनाहरू अघि सारेपछि भन्न पनि सजिलो भयो — नेपालसँग पैसा छैन, प्रविधि छैन, विशेषज्ञहरू छैनन् र मुख्य कुरा बजार नै छैन अर्थात् प्रसारण लाइन नै छैन वा नेपालीहरू ले विद्युत खपत गर्नैसक्दैनन् !

यसै भन्दै २०४७ सालपछिका शासक, सरकार र नेताहरू ले २५ वर्ष बिताए । नेपालीसँग केही छैन, नेपालले केही गर्न सक्दैन भन्नेहरू नै सँधै अर्थमन्त्री, उर्जामन्त्री, योजना आयोगका प्रमुख र विद्युत विभागदेखि विद्युत प्राधिकरणसम्मका हाकिम भए । अरुण ३ अभियानबाट शुरु भएको नेपालीहरू आफैँले गर्नसक्ने साना तथा मझौला आयोजनाहरूको निर्माणको यात्रालाई सबैले एक स्वरमा किनारा लगाए । एकैचोटी विदेशी ऋण, सहयोग र लगानीमा ठूला ठूला आयोजनाहरू बनाएर बिजुली भारतलाई बेचिहाल्नु पर्छ अनि धेरै पैसा कमाएर धनी भइहाल्नु पर्छ भन्ने सपना बाँडदै हिँडे । उनीहरूलाई थाहा थियो, यो कार्य त्यति सजिलै सम्भव छैन । तर उनीहरूलाई यो पनि थाहा थियो, नेपाली उद्यमीहरूलाई किनारा लगाएर विदेशीहरूलाई सबैजसो राम्रा राम्रा आयोजनाहरू सुम्पिएको खण्डमा उनीहरूलाई ठूलो परिमाणामा कमिसनलगायतका निजी लाभहरू हासिल हुन्छन्, भइरहेकै छन् । यसैलाई भनिएको हो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलमाफियाहरूको सञ्जाल, जञ्जाल । जति जति लोकतन्त्र र गणतन्त्रका विशेषणहरू थपिँदै उति उति यी सञ्जाल र जञ्जालहरू फस्टाउँदै, संस्थागत हुँदै गए । अहिले हामी सबैको एक साझा चुनौती भनेको यसलाई कसरी तोड्ने भन्ने नै हो । नतोडेसम्म लोडसेडिङ्गबाट मुक्तिको हाम्रो सपना नीतिगत रूपमा निर्धारित समयमा पूरा हुने छैन ।
अर्कोतर्फ, लोडसेडिङ्गबाट मुक्तिको कुरा गर्दा कस्तो र कसको लोडसेडिङ्गबाट मुक्ति भन्नेतर्फ पनि ध्यान दिनुपर्दछ । अहिले सरकारले घोषणा गरेको लोडसेडिङ्गको मुक्तिको नारा अहिले भइरहेको लोडसेडिङ्गबाट मात्र मुक्ति हो । यो भनेको अहिले भइरहेको करिब ७६० मेगावाट जलविद्युतलाई दोब्बर गर्नेमात्र हो । यो एकदुई वर्षभित्र सम्भव छ । तर हालसम्म पनि बिजुली देख्न नपाएका करिब ३० देखि ४० प्रतिशत जनसंख्याले कहिले बिजुली पाउने ? प्रत्येक नेपालीका चुलामा बिजुली कहिले पुग्ने (यसका लागिमात्र ६,००० मेगावाट र हाल भइरहेकाक मोबाइलहरू चार्ज गर्नमात्र ९३ मेगावाट विद्युत आवश्यक पर्दछ) ? देशैभरि विद्युतीय रेल, रज्जुमार्ग, केबल कार, ट्र«ली र ट्राम र केबुलकारहरू कहिले चलाउने ? अहिले भइरहेकै उद्योगहरू लाई पूर्ण गतिमा सञ्चालन गर्न तथा कृषि र वनपैदावारमा आधारित प्रशोधनयुक्त उद्योगहरूको स्थापना कहिले गर्ने ? देशैभरि पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार विकासका लागि बिजुली कहिले पु¥याउने ?
यसरी हिसाब गर्न थालियो भने हामीलाई आजभोलि नै २०–२५,००० मेगावाट बिजुली सजिलै आवश्यक पर्दछ । अनि, नेपालजस्तो सुन्दर, रमणीय, सदाबहार अनुकूल मौसमले हराभरा मुलुकमा चीनकै जस्तो ठूला ठूला कलकारखानाहरू स्थापनाका लागि सस्तो बिजुली र पानीसँगै प्रयोगमा नआएका नाङ्गा डाँडा र पाखापखेराहरू उपलब्ध गराउने हो भने त्यसका लागि अरु थप २०÷२५,००० मेगावाट बिजुली सजिलै आवश्यक पर्दछ । यति गर्दा पनि बिजुली सकिएन भने त्यसले उत्तरी चीनको तिब्बतदेखि समस्त दक्षिण एसियाली÷एसियाली बजारमा विद्युत निर्यात गर्न त कुनै समस्या नै भएन । समस्या भनेको सस्तो र छिटोमा दशौँबिसौँ हजार मेगावाट विद्युत उत्पादनकै हो । यस विद्युत उत्पादन क्रान्तिमा वायुऊर्जा र सौर्यऊर्जालाई पनि थप्ने हो । तर यति सपना देख्न र यस सपनालाई साकार रूप दिन नै डर मान्नेहरूबाट यस देशमा अब केही हुन्न भन्ने कुरा दिउँसोको घामजत्तिकै छर्लङ्ग छ । त्यस्ताले हामीले दिने भनेको उही अहिलेकै जस्तो सदाबहार लोडसेडिङ्ग नै हो ।
३. पश्चिम सेती, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्गदी र अरुण ३

हाल निर्माणको तयारीमा रहेका पश्चिम सेती (७५० मेगावाट), माथिल्लो कर्णाली (४,१८० मेगावाट), उपल्लो मस्र्याङ्गदी २ (६०० मेगावाट) र अरुण ३ (४०२ मेगावाट) नेपालमा मात्र नभई विश्वकै सबैभन्दा सस्ता र राम्रा जलविद्युत आयोजनामध्ये पर्दछन् । त्यसमा पनि माथिल्लो कर्णालीले त श्रीपेचजको जवाहरातकै रूप धारण गरेको छ । यी आयोजनाहरूको प्रकृति मूलतः जलप्रवाही (रन् अफ् द रिभर) अर्थात् धेरै ठूला भिमकाय जलालय आवश्यक नपर्ने । त्यसमा पनि अरुण ३ र माथिल्लो कर्णाली त अझै आकर्षक आयोजनाहरू हुन् जसको निमित्त धेरै लामा सुरुङ्गहहरू आवश्यक नपर्ने । यी आयोजनाहरू नेपालले नेपालकै निमित्त निर्माण गर्ने हो भने र उत्पादित सबै बिजुली नेपालको खपतको योजना र पूर्वाधार खडा गर्ने हो भने (र गर्नैपर्दछ) नेपालमा जलविद्युत उत्पादनको कार्य आफैँमा उद्योग बन्दछ । जलविद्युतमा आधारित औद्योगिक विकासको बाटो खुल्दछ । एक दशकभित्रै माथि उल्लेख गरिएका सबै क्षेत्रहरूका निमित्त आवश्यक विद्युत प्रवाह गर्न सकिन्छ । देशलाई साँच्चिकै अर्थमा आत्मनिर्भरता, समृद्धि र स्थायित्वको दिशामा हिँडाउन सकिन्छ ।
यदि यसरी हिँडाउने सपना, योजना र हिम्मत छैन भने त्यस्तो सबै नेता र पार्टीहरूले आजै राजनीतिबाट सन्यास लिए हुन्छ । त्यसपछि मुलुकमा विषयगत एजेन्डामा कृषि विकास पार्टी वा जलविद्युत विकास पार्टीहरूका निमित्त बाटो खुला हुनेछ । आजसम्म विचार र आस्थाको खेती गरेर मौका परेपछि आफैँ विचलित र विध्वंशकारी हुँदै मुलुकलाई यस हालतमा पु¥याउनेहरूको चङ्गुलबाट मुक्ति मिल्ने छ । उपयुक्त समयमा आस्था र विचारधारामा आधारित पार्टीहरूको पनि दिन आउने छ ।
अहिले चीनको थ्री गोर्जेज् कम्पनीसँग सम्झौता भई निर्माणको चरणमा हुनुपर्ने पश्चिम सेती आयोजनाको प्रगति कछुवागतिमा छ । यसलाई जसरी हुन्छ ढिलो गर्ने र चिनियाँ कम्पनी तथा लगानीलाई निरुत्साहित गर्दै ढिलोछिटो भारत वा भारतीय कम्पनीहरूको पोल्टामा पु¥याउने खेल भइरहेको छ । त्यसैले हो, विगतमा उत्पादित सबै बिजुली भारतलाई बेच्ने योजनासहित पश्चिम सेती निर्माण गर्न तम्सिएको अष्ट्रेलियाको स्मेकनामक कम्पनीका पक्षमा नेपालका नीतिनिर्माता र सञ्चारमाध्यमहरू धेरै उफ्रिए । तर हामीहरूको विरोधका कारण पश्चिम सेती फर्किएर हाम्रो हातमा आयो । त्यसपछि हिजो पश्चिम सेती आजै र अहिल्यै बन्नुपर्दछ भनेर दिनरात कुर्लने नीतिनिर्माता र सञ्चारमाध्यमहरू मौन बसेका छन् । सबै बिजुली भारत निर्यात गर्ने तथा तल्लो तटीय लाभको माग पनि नगर्ने शर्तमै भए पनि हामीलाई विकासविरोधी भन्दै पश्चिम सेतीको वकालत गर्नेहरू आज दूलाभित्र पसेका छन् ।
अर्कोतर्फ, अरुण ३ त आजभन्दा २३ वर्ष पहिले नै नेपाल आफैँले निर्माण गर्नुपर्ने र एकदशक पहिले नै निर्माण भइसक्ने आयोजना थियो । तर डा. रामशरण महत (पश्चिमा वित्तीय संस्थाका दलाल) र भरतमोहन अधिकारी (दृष्टिकोणविहीन र नालायक) जस्ता व्यक्तिहरू अर्थमन्त्री भएकै कारण अरुण ३ को यात्रा अघि बढेन । बरु एकीकृत माओवादीसहितको सहमतिमा आठ वर्ष पहिले माथिल्लो कर्णाली र उपल्लो मस्र्याङ्गदी २ सँगै अरुण ३ पनि नाममात्रको प्रतिष्पर्धा गरी षडयन्त्रमूलक ढङ्गले भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमलाई बुझाइयो । कमिसनमा पाउने २१.९ प्रतिशत (करिब ८५ मेगावाट) बाहेकको सबै बिजुली भारत निर्यात हुने सम्झौता गरियो । माथिल्लो कर्णाली र उपल्लो मस्र्याङ्गदी आयोजनाहरू युद्धअपराधी भनेजस्तै नेपालमाथि नाकाबन्दीका अपराधी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सम्बन्ध रहेको विवादास्पद भारतीय कम्पनी जीएमआरलाई बुझाइयो । मोदीको नेपाल भ्रमणको मौका पारेर आयोजना कार्यान्वयनका सम्झौताहरू भए । प्राकृतिक स्रोत तथा तिनको उपयोगको बाँडफाँडसँग सम्बन्धित कुनै पनि सन्धि, सम्झौता वा करारहरू छलफल र अनुमोदनका लागि संसद्मा पेश हुनुपर्ने भन्ने संवैधानिक प्रावधानहरूलाई छलियो । यस छली र उल्लङ्घनका विरुद्ध हामी नै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्यौँ । त्यहाँ पनि हाम्रो केही लागेन ।
अचम्म त, हाल प्रधानन्यायाधीश रहेका कल्याण श्रेष्ठजस्ता जीवनभर मुलुकी ऐन र नेपालको संविधानभन्दा बाहिर केही नदेखेका अनुप शर्मासमेतका न्यायाधीशहरूले गलत व्याख्या र गलत फैसला गरे । निजी वा कुनै पनि कम्पनीका हकमा संसदीय अनुमोदन आवश्यक नपर्ने तथा जोसुकैसँग जेसुकै सम्झौता गरे पनि नेपालका नदी र पानी नेपालले जहिले चाह्यो तहिले निर्वाध रूपमा उपयोग गर्न पाउनेजस्तो दुनियाँ कहीँ कतै नभएको पुङ्माङे नजिर सिद्धान्त प्रतिपादन गरे । जबकि एकपटक कुनै तटीय राष्ट्रले कुनै नदीको पानी प्रयोग गरी त्यसबाट लाभ लिन थालेपछि त्यसमाथि अग्राधिकारको सिद्धान्त लागू हुन्छ भन्ने कुरा यिनले शायदः कहिल्यै पढेनन् र हाम्रा लिखित बहसनोटहरू पनि बुझेनन् । यही अग्राधिकारको बखेडाले महाकाली सन्धि कार्यान्वयन नभएको तथा भारतले शारदा ब्यारेजमार्फत उपयोग गरिसकेको पानीमाथि सन् १९२० को शारदा ब्यारेज सम्झौतालाई महाकाली सन्धिले खारेज गरिसक्दा पनि भारतले अर्घेल्याइँ गर्न नछोडेको कुरामा पनि यी भएमध्येक अलिक पढेलेखेकै मानिएका न्यायाधीशहरू पनि चुके, फँसे वा कुनै प्रलोभन परे । जय मुलुकी ऐनवाद ! यतिमै सीमित भए हाम्रा न्यायाधीशहरू आजको युगमा पनि ।

४. अब यसरी बनाउने हो माथिल्लो कर्णाली

यस लेखको मुख्य सन्दर्भ ४,१८० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना हो । करिब १.८ किलोमिटरको सुरुङ्गबाट पानी खसालेपछि यति ठूलो परिमाणको बिजुली उत्पादन गर्न सकिने भौगोलिक बनावट प्राध्यापक हरि पण्डितको शब्दमा आफैँमा प्रकृतिनिर्मित बाँधस्थल हो । तर यति राम्रो र सस्तो नेपालका लागि, अझ कर्णाली क्षेत्रको विकासका लागि, नभइनहुने आयोजना पनि लामो समयसम्मको अघोषित चलखेल र लेनदेनपछि जीएमआर कम्पनीलाई बुझाउने काम भयो । शुरुमा ३०० मेगावाटका लागि गरिएको सम्झौताको उल्लङ्घन गर्दै ९०० मेगावाटसम्म विस्तार गरियो ।
अहिले आएर, त्यही ४,१८० मेगावाट विद्युत उत्पादन ठाउँलाई नै नष्ट गर्दै छिटो बिजुली निकालेर कमाइहाल्ने ध्याउन्नमा रहेको कम्पनीलाई ९०० मेगावाटमात्र उत्पादन गरे पुग्ने सम्झौता गरियो । राष्ट्र«घात भएको यसैमा हो । अर्को राष्ट्र«घात यसबाट उत्पादित बिजुली पनि (कमिसनस्वरूप पाउने १०८ मेगावाटबाहेक) भारततर्फै निर्यात गर्ने प्रावधान हो । माथिल्लो कर्णाली आयोजना निर्माण गर्ने नाममा त्यस आयोजनाभन्दा तल र माथिसम्म पनि कब्जा जमाउने, आयोजना र कम्पनीका लागि बाधक ठहरिने सबै कानून र नियमहरू खारेज गर्नुपर्ने, एउटा निजी विदेशी कम्पनीलाई पनि अर्बौ रुपैयाँ अनुदान दिने, उसले लिने ऋणमा नेपाल ग्यारेन्टी बस्नुपर्ने, उसले देखाएको नाफाका आधारमा मात्र नेपालले लाभाङ्स पाउनेजस्ता प्रावधानहरू पनि सबै दृष्टिले राष्ट्रिय हितविपरीत छन् । हालै सार्वजनिक भएको विद्युत विकास सम्झौताको अध्ययनबाट यी सबै कुराहरू पुष्टि भएका छन् ।
त्यसैले कर्णालीवासी र समस्त नेपालीको ऊर्जानिर्भरता, राष्ट्रिय ऊर्जासुरक्षा र आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको माथिल्लो कर्णाली अहिले जे जसरी अघि बढाउन खोजिएको छ, यसलाई रोक्नैपर्दछ, रद्द गर्नैपर्दछ । यस आयोजनालाई नेपाल आफैँले आफ्नै लागि निर्माण गर्नुपर्दछ । एकैपटक ४,१८० मेगावाट नै विद्युत गर्नुपर्दछ । यसको मालिक सर्वप्रथम कर्णालीवासी हुनुपर्दछ अर्थात् उनीहरूले नगद वा श्रमका आधारमा चाहेजति र सक्नेजति शेयर हाल्नुपर्दछ । बचेको शेयर सर्वसाधारण जनतासमक्ष खुला गरिनुपर्दछ । देश तथा विदेशमा रहेका सबै नेपालीहरूबाट पैसाको खोलो बग्दछ । गलत सरकारी रवैयाका कारण विदेशमा दाससरह श्रम गर्न र अस्मिता गुमाउन बाध्य नेपाली युवाहरूलाई तत्काल नेपाल फर्काएर आयोजना निर्माणमा लगाउनुपर्दछ । देशैभरि बाटोघाटो, पुल र यस्ता जलविद्युत आयोजनाहरू को निर्माणको आँधिबेहरी ल्याउनुपर्दछ ।
जहाँसम्म जीएमआरसँग भइसकेको सम्झौता तथा उसले गरिसकेको लगानीको सवाल छ, त्यसको उचित पालना गरिनुपर्दछ तर निम्बमोजिम फरक ढङ्गले —

(क) विद्यमान विद्युत विकास सम्झौता तत्काल खारेज गरी नयाँ सम्झौता गर्नसकिन्छ; गर्नुपर्दछ, अर्थात् उसले चाह्यो भने उचित क्षतिपूर्ति दिएर विदा पनि दिन सकिन्छ । आजको खुला विश्वबजारमा यस्ता कम्पनीहरू कमिलासरी पाइन्छ, टेन्डर गरेर ल्याइन्छ) ।

(ख) जीएमआरले निरन्तरता स्वीकार गरेको खण्डमा उसले लगानी गर्नचाहेजतिको ९०० मेगावाट उसैको शेयर रहने व्यवस्था गर्नुपर्दछ । बाँकी ३,२८० मेगावाट नेपाल आफैँले संयुक्त रूप मा निर्माण गर्नुपर्दछ । यसबाट उत्पादित सम्पूर्ण नेपालमै उपयोग गर्नेगरी अहिले नै योजना बनाएर धमाधम प्रसारण लाइनहरू निर्माण गर्नु थाल्नुपर्दछ । जीएमाआरले माथिल्लो कर्णाली जलविद्युत परियोजना लिमिटेड कम्पनीमा ९०० मेगावाटबराबरको शेयरधनी बनाउन सकिन्छ । गलत नै भए पनि आज विश्वमा अपनाइएको खुला बजार तथा खुला व्यापार अर्थतन्त्रमा सम्बन्धित दुवै वा सबै पक्षको सहमतिमा जस्तोसुकै सहमति पनि गर्न सकिन्छ । तर आजका मितिसम्म नेपालीहरू सँग केही छैन, उनीहरूले केही गर्न सक्दैनन्, उनीहरू सँग न पैसा छ न प्रविधि, न विज्ञता न शीप, न बिजुलीको बजार छ न उद्योग भन्ने मानसिकताबाट गुज्रिरहेको आधुनिक दासहरूलाई राज्यसत्ता र सरकारका सबै निकायबाट च्यूत गर्नुपर्दछ । निर्वाचन होस् वा अरु उपयुक्त कुनै पनि माध्यमबाट उनीहरू लाई विस्थापित गरेर यस्ता योजना भएका व्यक्ति र पार्टीहरूलाई नेतृत्वमा स्थापित गरिनुपर्दछ ।

(ग) यसको अर्थ हो, अहिलेकै सरकार र राज्यसत्ताका मसिहाहरू जो ठूलो संख्यामा कर्मचारीतन्त्रभित्रै भारतका जासुस बनेका छन्, जो नेपाललाई दक्षिणी छिमेकीसँगै उत्तरी छिमेकीसँग पनि समान र समानान्तर सम्बन्ध विकासका बाधक छन् र जहाँका नेता र मन्त्रीहरू दिल्लीमाथि लम्पसार छन् उनीहरू लाई समाप्त गर्नै पर्दछ । यदि उनीहरू माथिल्लो कर्णालीमात्र नभई पश्चिम सेती, उपल्लो मस्र्याङ्गदी र अरुण ३ लगायतका नेपालका लागि अत्यन्तै सस्ता र राम्रा आयोजनाहरू निर्माण गर्न तयार हुन्छन एकपटक मौका दिनुपर्दछ । जलविद्युत उत्पादन क्रान्तिको महान यात्रामा हामी सबै सहभागी हुनुपर्दछ । यसो गर्दा यदि भारतले नेपालले धावा बोल्यो भने जस्तोसुकै रूपमा भए पनि प्रतिकार तयार हुनुपर्दछ । खुला सीमा तत्काल बन्द गर्न, भारतमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन र गोर्खाभर्ति सम्झौता खारेज भएको घोषणा गर्दै गोर्खा सैनिक अर्थात् भाडाका सिपाहीकाक रूपमा कार्यरत नेपालीहरूलाई पनि सँधैका लागि बोलाउन तयार हुनुपर्दछ । त्यस्तै, उसँग भएका सबै असमान सन
काठमाडौं– नेपाल र भारतबीच भएका सन्धिसम्झौता तथा सम्बन्धको पुनरावलोकनका लागि गठन भएको प्रबुद्ध समूहको बैठक हालै मात्र काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट सन् १९५०को सन्धि तथा अन्य असमान सन्धिसम्झौताहरूको पुनरावलोकन वा खारेजीको विषयलाई महत्व दिइए पनि भारतीय पक्षको रवैया तथा उनीहरूको अभिव्यक्तिले सम्बन्ध सुधारभन्दा पनि झन् बिग्रने अवस्थामा पुगेको छ ।


उक्त समूहको दोस्रो बैठक तीन महिनापछि भारतमा हुने र सम्झौताहरू पुनरावलोकनका लागि दुवै पक्ष सहमत भएको भनिए पनि भारतको तर्फबाट समूहका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीको अभिव्यक्तिले भने भारत नेपालमा थप हाबी हुने खोजेको संकेत मिलेको छ । बैठकको बारेमा जानकारी दिन अस्ति मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कोसियारीले भारतले नेपाल भुटानजस्तै खुसी हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीच सीमास्तम्भ नहोस् भन्ने भारतीय चाहना भएको अभिव्यक्ति समेत दिएका छन् । प्रभुत्व समूहको संयोजकका रूपमा भारतबाट नेपालमा आएका उनका दुई विवादास्पद भनाइलाई विश्लेषकहरूले गम्भीर रूपमा लिएका छन् ।

कोसियारीले नेपाललाई भुटान जस्तै खुसी देख्न चाहेको अभिव्यक्ति दिनुले भारत नेपाललाई पनि भुटानलाई जस्तै बनाउन खोजेको प्रष्ट हुन्छ । भुटान त्यस्तो मुलुक हो, जसको परराष्ट्र र सुरक्षा मामिला भारतीय स्वार्थ अनुकूल सञ्चालित हुन्छ । त्यसमाथि नेपालमा पनि भारतले पटक–पटक परराष्ट्र र सुरक्षा मामिलालाई आफ्नो अनुकूल चलाउने प्रयास गरिरहेको छ ।

छिमेकी मुलुकहरूमा र विशेष गरी नेपालमा सूक्ष्म व्यवस्थापन गरिरहेको भारतका विज्ञ टोलीबाट आएको यस्तो अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध पुनरावलोकनका नाममा नेपाललाई भुटानीकरण गर्न खोजिरहेको विश्लेषकहरूको आरोप छ । कतिपय विश्लेषकहरूले कोसियारीको भनाइबारे टिप्पणी गर्दै भारतीय स्वार्थमा सञ्चालित भएकाले भुटान खुसी भएको र नेपाल पनि भारतीय स्वार्थअनुसार चलेमा खुसी रहनसक्ने आशय रहेको जनाएका छन् ।

नेपाल–भारतबीचमा रहेको सीमा समस्या समाधानका लागि समेत फलदायी हुने अपेक्षा गरिएको प्रबुद्ध समूहअन्तर्गत भारतीय पक्षका संयोजक कोसियारीले नेपाल र भारतकाबीचमा सीमास्तम्भ नै नहुने अवस्था हुनुपर्ने जनाएका छन् । उनले सीमासम्बन्धी विवाद समाधानका लागि कति सीमास्तम्भहरू हराए भन्ने खोजबिन हुनुभन्दा पनि दुई मुलुकबीच सीमा स्तम्भ नै नहुने अवस्था सिर्जना गर्नुपर्ने जनाएका छन् । कुनै दुई स्वतन्त्र मुलुकबीचमा सीमा कायम गरिने विश्वव्यापी मान्यता हो । तर सम्बन्ध पुनरावलोकनका लागि भारतको तर्फबाट चुनिएका विज्ञले नै सीमा स्तम्भको अवस्था हुन नहुने अभिव्यक्ति दिनुको अर्थ नेपाललाई सिक्किमीकरणतर्फ लैजान खोज्नु रहेको नेपाली विज्ञहरूको दाबी छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल–भारतबीच कुल आठ हजार ५५३ सीमा स्तम्भहरू हुनुपर्छ । तर अहिलेको अवस्था हेर्दा आवश्यक सीमा स्तम्भहरू बन्नुभन्दा पनि झण्डै साढे बाह्र सय स्तम्भहरू हराइरहेका छन्, झण्डै २५०० सीमास्तम्भहरू पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने कैयौँ स्थानमा नयाँ सीमास्तम्भहरू बनाउनुपर्ने अवस्था छन् ।

नेपाल र भारतबीचमा अहिले पनि भारतसँग सीमा जोडिएका २३ जिल्लाका विभिन्न ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको छ । अतिक्रमण भएका स्थानबाट कुल ६० हजार ६ सय ६२ हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । यस्तो अवस्थामा सीमा विवाद समाधानको बाटो खोज्नुको सट्टा सीमा स्तम्भ नै नहुने अवस्था हुनुपर्ने भन्ने भारतीय नेता तथा प्रबुद्ध समूहका संयोजकको भनाइले भारत नेपाललाई भारतमै गाभ्न चाहन्छ भन्ने संकेत गर्छ ।

विगतमा नेपाल र भारतबीच जति पनि सन्धिसम्झौताहरू सम्पन्न भएका छन्, त्यस्ता अधिकांश सन्धिसम्झौताहरू नेपालको प्रतिकूल र भारतको अनुकूल हुने किसिमका छन् । सन्धिसम्झौताका नाममा नेपाललाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने भारतीय प्रवृत्तिको अन्त्यका लागि समेत नेपाल र भारतबीचमा सन्धि, सम्झौता र सम्बन्धको पुनरावलोकन गर्नु नितान्त आवश्यक देखिन्छ । तर भारतले भने यसलाई मौकाको रूपमा लिँदै नेपालमा आफू थप हाबी हुन खोजेको संकेत दिएको छ । यसले सम्बन्ध पुनरावलोकनका नाममा थप समस्या बल्झिन सक्ने सम्भावना पनि देखाएको छ ।

त्यसैले बैठकमा सहभागी हुने नेपाली विज्ञहरू तथा नेपाल सरकार समेत गम्भीर बन्दै भारतीय स्वार्थका लागि होइन, मुलुकको हितलाई जोड दिँदै प्रतिकूल सम्झौता खारेजी तथा पुनरावलोकनका लागि चट्टानी अडान लिन आवश्यक छ । अन्यथा विगतमा नेपाललाई केही हदसम्म आफ्नो स्वार्थ अनुकूल सञ्चालन गर्नसक्ने हैसियत बनाएको भारतले विभिन्न प्रलोभन वा दबाबमा नेपालको आन्तरिक मामिललाई नै आफ्नो नियन्त्रणमा लिन भरपूर कोसिस गर्नेछ । यसतर्फ विज्ञ, राजनीतिक दल, सरकार र सम्पूर्ण नेपाली जनताहरू समेत सचेत हुन आवश्यक छ । आजको जनधारणा साप्ताहिकमा खबर छ ।

Monday, July 4, 2016




सन १९५०को सन्धिबारे आजसम्म नभएको एक गोप्य खुलासा गर्दै – प्रख्यात सिमाविद बुद्धिनारायण श्रेष्ठ

भारतसंग सर्वाधिक विवादमा पारिएको सन् १९५०को सन्धिको  आजसम्म  हामीले पढेको ८ बुँदासम्म मात्रै छ जबकी यो सम्झौतामा १०  बुँदा  छ |  सन्धिको ओर्जिनल सम्झौता पत्र बेलायतसंग छ र कसरी त्यो बेलायत पुग्यो  ? जसलाई  नापी बिभागका  महानिर्देशक भै काम  गरिसकेका प्रख्यात सिमाविद बुद्धिनारायण श्रेष्ठले  बेलायतमा देखेको  प्रमाणित  दाबी  गर्दैछन् |

Sunday, July 3, 2016




असार १९, २०७३- सोमबारबाट काठमाडौंमा सुरु हुने प्रबुद्ध समूहको बैठकमा सन् १९५० लगायतका कुनै पनि दुई पक्षीय सन्धी-सम्झौताहरु पुनरावलोकन तथा संशोधनका लागि नेपालले ल्याउने प्रस्तावमा छलफल गर्न तयार एवं खुला रहेको भारतीय पक्षले बताएको छ ।

यद्यपी सन्धी-सम्झौता सम्बोधनका सम्बन्धमा भने कुनैपनि प्रस्ताव आफ्नो तर्फबाट पेश नगर्ने संकेत भारतीय पक्षले दिएको छ । उनीहरुको भनाइ सन् १९५० लगायतका सन्धी-सम्झौता संशोधन मुद्धा नेपालले विगत दुई दशकमा निरन्तर रुपमा उठाइरहेको हुनाले ठोस प्रस्ताव ल्याउने जिम्मा नेपाली पक्षको हो । भारतको बुझाइ 'सन् १९५० को सन्धीबाट भारतले भन्दा नेपालले नै बढी फाइदा लिइरहेको' ले संशोधन गर्न आवश्यक छैन भन्ने छ ।

नेपालले सन् १९५० को सन्धी संशोधन गर्न लागेको छ यसमा भारतीय पक्षको के तयारी छ भन्ने सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय प्रबुद्ध समूहका सदस्य तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भने, 'नेपालले ल्याउने कुनै पनि प्रस्तावमा छलफल गर्न हामी तयार छौं ।' कोसियारीले राजनितिक सम्बन्ध, उर्जा, व्यापार लगायतका विषयमा समेत छलफल हुने जानकारी दिए ।

एपिजीका अर्का सदस्य महेन्द्र पि लामाले पनि नेपालले उठाउने कतिपय विषयमा बृहत छलफल गर्नका लागि आफूहरु तयार गरेको बताए । 'हामी दुईपक्षीय सम्बन्धलाई दरिलो बनाउने पक्षमा छलफल गर्दछौं,' कोसियारीले भने । सोमबार र मंगलबारको बैठक पहिलो भएकाले धेरै विषयमा छलफल नभएपनि नेपालले सन्धी-सम्झौता संशोधनको लागि तयारी गरिरहेको छ ।

'अब भारतीय पक्षले त के प्रस्ताव तयार पार्लान्, कुन-कुन सन्धी-सम्झौता संशोधन गर्ने हो त्यो तयार पार्ने काम हाम्रो नै हो,' इपिजीका एक नेपाली सदस्यले भने । नेपाल जानु अगाडी भारतीय प्रवुद्ध समूहको बैठक दिल्लीमा भएको थियो जहाँ नेपालको कुरा बढी सुन्ने आफूहरुले धेरै कुरा नराख्ने सहमति भएको थियो ।

विशेषगरी सन् १९९३ मा मनमोहन अधिकारीले भारत भ्रमणको समयमा सन् १९५० को सन्धी संशोधनकोबारेमा कुरा उठाएदेखि नै यो विषय चर्चामा रहेको छ । प्रत्येक पटक हुने दुईपक्षीय भ्रमणपछि जारी हुने प्रेस विज्ञप्तिमा यसलाई समावेश गर्ने गरिन्छ ।

'सन् २००२ देखि नै भारतले लगातर एउटै अडान लिएको छ कि यदि सन् १९५० को सन्धीबारेमा नेपालका केही समस्याहरु छन् भने के गर्ने भनेर वैकल्पिक प्रस्ताव ल्याउनुपर्छ जसमा छलफल गर्न भारत तयार हुन्छ,' इन्सिच्चुट अफ डिफेन्स स्टडिज एण्ड एनालाइसिस (आइडिएसए) का एसोसिएट फेलो तथा नेपाल मामिलाका जानकार निहार आर नायकले कान्तिपुरसँग भने ।

उनले सन् १९५० लगायतका सन्धी-सम्झौतहरु संशोधनको विषय भारतको प्राथमिकता भन्दा पनि नेपालको नै भएकाले यस सम्बन्धमा प्रस्ताव तयार पार्ने र भारतलाई दिने जिम्मेवारी भारतको नै भएको बताए । दश वर्ष जनयुद्धको समयमा माओवादीले सन् १९५० को सन्धीलाई खारेज गर्नुपर्ने विषय उठाएको थियो ।

सन्धी संशोधनका सम्बन्धमा सन् १९९८ मा परराष्ट्रमन्त्रीको रुपमा भारत भ्रमण आउँदा कमल थापाले भारतीय पक्षलाई सन् १९५० को सन्धी संशोधनका सम्बन्धमा एक ननपेपर दिएका थिए ।

सो ननपेपरलाई अहिलेसम्म सार्वजनिक नगरिएपनि थापाले नेपालले भारतसँग सुरक्षा र आर्थिक सम्बन्धबारे फरक फरक सन्धी गर्न चाहेको भारतीय पक्षलाई बताएका थिए । फरक सन्धी भएमा मात्र नेपालका वास्तविक समस्याहरु हल हुने उनले बताएका थिए । संयोगले यतिबेला थापा नै परराष्ट्रमन्त्री रहेका छन् र दुईपक्षीय सम्बन्ध पुनरावलोकनको लागि समितिहरु बनेका छन् ।

त्यस अगाडि सन् १९९४ मा भारत भ्रमणको समयमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन्धीहरु संशोधनको विषय उठाएका थिए । सन् १९९५ मा दुई देशका परराष्ट्र सचिवहरुको बिचमा सन्धी संशोधनको बारेमा केही कुरा भएपनि त्यो अगाडि बढ्न सकेन । भारतले कि सन्धी खारेज हुनुपर्ने तथा यथावत हुनुपर्ने तर संशोधन गर्न नसकिने बताएपछि त्यसबेला यो विषय अगाडि बढ्न सकेको थिएन ।

इपिजी समूहका नेपालका एक सदस्य संविधान लेखन तथा नेपालमा राजनितिक क्रान्ति सकिएको सन्दर्भमा नेपाल सन् १९५० को सन्धीको बाहिर आएर पूर्ण रुपमा सार्वभौम हुन चाहेको बताए ।

गत फेब्रुअरीमा दि काठमाडौ पोष्टलाई दिएको अन्तवार्तामा एपिजी समूहका सदस्य भेषबहादुर थापाले सन् १९५० को सन्धीलाई भारतले सधै आफ्नो नेपालमा पुरा गर्न रुपमा लिएको र नेपालले पहिलादेखि नै त्यसमा असन्तुष्टी व्यक्त गरेको बताएका थिए ।

'भारतको प्रयास नेपाललाई सन् १९५० भित्रको सन्धीमा नै राख्ने छ तर नेपाल त्यसबाट बाहिर आउन चाहान्छ,' थापाले अन्तवार्तामा भनेका थिए । यस अगाडि सन् १९५० र सन् १९६५ मा दुईपटक यो सन्धीको संशोधन भएको थियो ।

नेपाल मामिलाका जानकार नायकले भारतको यतिबेलाको जोड भनेको दुईपक्षीय सम्बन्ध सुधार गर्ने रहेको बताए । 'भारतको यतिबेलाको चासो भनेको नेपालमा भारतको बारेमा बढ्दो गलत धारणालाई कसरी कम गर्न सकिन्छ भन्ने हो,' उनले भने ।

उनका अनुसार बोर्डरमा बढ्दो अपराध अन्त गर्ने तथा प्राकृतिक प्रकोपक सम्बन्धमा दुई देशको बिचमा समन्वय गर्ने बैठकका अन्य एजेण्डाहरु हुन् । इपिजीले दुई वर्षसम्म गर्ने गहन अध्ययन पश्चात दुवै देशलाई सन्धी सम्झौता संशोधनको बारेमा प्रस्ताव दिने छ र त्यही प्रस्तावको आधारमा दुई देशको सरकारी तहमा सन्धी तथा सम्झौतको बारेमा छलफल हुने छ ।

Source:- Kantipur.com

Friday, July 1, 2016



महिला तथा बालबालिका माथि गरिने मानव तश्करी लगायतका अपराध क्षेत्रमा अनवरत रुप मा योगदान पुर्याउने संसार भर का ८ जना व्यक्ति मध्ये नेपाल प्रहरीकी प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई trafficking in Persons (TIP) Report Hero को अवार्ड प्राप्त भएकोहो । संसारभरीबाट छानिएका ८ जना यस्ता व्यक्तिमध्ये पर्नुहुन्छ, "जसलाई महिला र बालबालिका माथि गरिने मानव तश्करी लगायतका अपराध क्षेत्रमा अनवरत अनुसन्धान"को लागि यो सम्मान दिइएको हो । अमरिकी राजदुतावास ले एक बिज्ञप्ति निकाल्दै बधाई पनि दिएको छ ।

अमरिकी राजदुतावास को बिज्ञप्ति

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook