Friday, September 2, 2016




बहुचर्चित निजगढ- काठमाडौँ द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक भारतलाई दिनु पर्ने अडान राख्दै आएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आज पुन: सोहि कुरा दोहोर्याएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा फास्टट्रयाकको कुरा उठेपछि मन्त्री निधिले भारतलाई दिनु पर्ने दोहोर्याएका हुन् । उनले आफु बिशेष दुतको रुपमा भारत भ्रमणमा जाँदा फास्ट ट्रयाकको बारेमा छलफल नभएको पनि प्रष्ट पारे । तर आयोजना भारतलाई नै दिनु पर्ने अडान राखे ।
उनले आफ्नो भनाईको औचित्य पुष्टि गर्न बिगतका आयोजनाको पनि उदाहरण दिए । उनले फास्टट्रयाकलाई पनि अरुण तेस्रोको नियत बनाउने कोसिस भएको आरोप लगाए । उनले फास्ट ट्रयाक निर्माणको जिम्मा लगाउने कुरा राष्ट्रवाद हो वा राष्ट्रघात हो भन्न बहस गर्न पनि आफु तयार रहेको बताए। उनले बूट प्रणाली गलत भए कानुनमा संशोधनमा जोड दिए । पूर्ववर्ती केपी ओली सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने भन्दै १० अर्ब रुपैँया बजेट बिनियोजन गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौ–तराई फाष्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने प्रतिबद्धता जनाइसकेका छन् । तर निधि भने फास्ट ट्रयाक कुनै हालतमा पनि भारतलाई दिनु पर्ने अडानमा छन् । -

Tuesday, August 30, 2016

काठमाडौं – सगरमाथा आरोहण गरेको झुठो दाबी गर्ने भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिले दाबी गरे पनि उक्त दाबी झुठो भएको पुष्टि भएको छ ।

पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले सफलतापूर्वक सगरमाथाको आरोहरण गरेको र यसो गर्ने आफूहरु पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् ।
पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले इन्डियन एक्सप्रेससँग कुरा गर्दै नेपाल सरकारले उनीहरुलाई १० वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेकी छिन् । नेपाली अधिकारीहरुले यसबारेमा पुणे प्रहरीलाई पत्र पठाएको उनले बताएकी छिन् ।

‘नेपाल सरकारले दुई जनाले ढाँटेको भनेर पुष्टि गरेको छ । दुवैले प्रहरीको मात्र नभएर देशकै छवी धुमिल बनाएका छन्,’ उनले भनिन् । उनले दुवै माथि कडा कारवाही गरिने बताइन् ।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरु पक्राउ नपरे पनि उनीहरुको घटुवा वा बढुवा रोक्का हुन सक्ने बताएका छन् ।

के थियो मामिला ?


दिनेश राठौर र तार्केश्वेरी राठौर दम्पत्तीले २३ मेमा सगरमाथा आरोहण गरेको दाबी गरेको थियो । तर केही सगरमाथा आरोहीहरुले उनीहरुको दाबी झुठो रहेको भन्दै उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका थिए । राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी थियो ।

यता तार्केश्वरीले आफ्ना श्रीमान्सँग सगरमाथाको चुचुरोमै पुगेको बताएकी थिइन् । २३ मेमा सगरमाथा आरोण गरे पनि राठौरले जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थिए ।
तर, पुणेका एक आरोही सुरेन्द्र सिल्केले उनीहरुको दाबीमाथि प्रश्न उठाए । उनी उनीहरुले सगरमाथा चढेको मान्न तयार थिएनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य थिए । उनका अनुसार यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका थिए ।

उनीहरुले सगरमाथा चढेको नभएर अरुले चढेको तस्विरलाई फोटोसप गरेर आफ्नो अनुसार राखेको उनको दाबी थियो । यस्तो मामिला सार्वजनिक भएपछि नेपाल सरकार र भारत प्रहरीले दुवैले अनुसन्धान शुरु गरेको थियो ।



नेपालीको पनि बदमासी


उनीहरुको बदमासीमा नेपाली ट्राभल एण्ड टुर कम्पनीले पनि साथ दिएको थियो । मकालु एडभेन्चर नामक कम्पनीले उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन गरेको थियो । त्यही कम्पनीले नै नक्कली तस्विर बनाएको थियो भने त्यसलाई आफ्नो वेभसाइटमा पनि राखेको थियो । विवाद बढेपछि भने उक्त तस्विर उनीहरुले वेभसाइटबाट हटाएका थिए ।

कम्पनीका मोहन लम्सालले भने उक्त अरोपको खण्डन गरेका थिए । उनले भनेका थिए, ‘उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् । उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालले अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनियासमेत भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी थिइन् ।

Source :- Ratopati

Saturday, August 27, 2016













भारतका कतिपय लेखकहरूको भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन्।
...
‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने बुझाउन खोजिएको छ।
...
पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ ‘बुद्धको जन्म नेपालमा भएको हो’ भन्न छुद«याइँ देखाएका छन्।
...
अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।

खुशवन्त सिंह (१९१५–२०१४) अन्तर्राष्ट्रिय पहिचान समेत बनाएका अङ्ग्रेजी भाषामा लेख्ने चर्चित भारतीय पत्रकार, राजनीतिक विश्लेषक, इतिहासकार, लेखक एवं साहित्यकार हुन। उनी आफ्ना कतिपय विवादास्पद विचारका लागि आलोचित र प्रशंसित छन्।

उनीसँग भारत सरकारको विदेश मन्त्रालयमा केही समय काम गरेको अनुभव छ भने आफ्नो सय वर्षे जीवनको अधिकांश समय पत्रकारितामै संलग्न रहे। १९८०–८६ को अवधिमा उनी राज्य सभाको मनोनित सदस्य पनि रहे।

उनी आकाशवाणी रेडियो, सरकारी पत्रिका ‘योजना’ लगायत अङ्ग्रेजी पत्रिकाहरू ‘न्यु देल्ही’, ‘हिन्दुस्तान टाइम्स’ र ‘इल्युस्ट्रेटेड विक्ली अफ इन्डिया’ का सम्पादक रहे। पद्म भूूूषण (१९७४) र पद्म विभूषण (२००७) लगायत विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनका ‘दिल्ली’ र ‘ट्रेन टु पाकिस्तान’ चर्चित उपन्यासहरू हुन्। ‘एग्नोस्टिक खुशवन्त ः देयर इज नो गड’ उनको दर्शन सम्बन्धी आत्मपरक लेखनीयुक्त वैचारिक पुस्तक हुनुपर्छ।

उनको एउटा पुस्तक ‘मेरा भारत’ सन् २००९ मा राजपाल प्रकाशनबाट प्रकाशित भएको छ। मूल अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तकको अनुवाद चर्चित भारतीय साहित्यकार डा. भगवतीशरण मिश्रले गरेका हुन्। उक्त पुस्तकको मूल अङ्ग्रेजी शीर्षक के थियो भन्नेबारे अनुदित पुस्तकमा उल्लेख गरिएको छैन तर, लेखककै भूमिकामा उल्लेख गरिएको ‘दी भ्यू अफ इन्डिया’ वा उनको पुस्तक ‘इन्डिया ऐन इन्ट्रोडक्सन’मध्ये कुनैको अनुवाद हुन सक्छ यो पुस्तक।

यो पुस्तक इतिहास, सँस्कृति, जनजीवन, राजनीति आदि विभिन्न दृष्टिकोणबाट भारतलाई चिनाउन सामान्य पाठकका लागि तयार पारिएको पठनीय पुस्तक हो। भारतको उत्तरी छिमेकी नेपाल पनि भएकोले चार–पाँच ठाउँमा नेपालसँग सम्बद्ध सन्दर्भ पनि उक्त पुस्तकमा परेको छ र तीमध्ये केही सन्दर्भ आपत्तिजनक रहेका छन्।

तिनै सन्दर्भहरूप्रति हामी नेपालीको ध्यान आकृष्ट गर्नु यो लेखको उद्देश्य हो ।





उक्त पुस्तकको आरम्भतिर नै भारतको प्राकृतिक विभाजनको चर्चा गर्दै यस्तो लेखिएको छः

‘...उत्तर पश्चिम की पर्वत श्रृंखलाएँ उधर की सीमाओं का निर्माण करती हुई पाकिस्तान के निर्माण के पूर्व इस उपमहाद्वीपको एक भौगोलिक एकता प्रदान करती थी। इन पर्वतों का महत्व उनकी अभेद्यता में था।
ये पर्वत संसार में सर्वोच्च है – माउंट एवरेस्ट की उचाइ २९०२८ फीट है।’ (पृष्ठ १०)

(नेपाली अनुवादः उत्तरपश्चिमतिरको पर्वत श्रृङ्खलाहरूले त्यतातिरको साँधको निर्माण गर्दै पाकिस्तान बन्नु अघि यस उपमहाद्वीपलाई एउटा भौगोलिक एकता प्रदान गर्दथ्यो। यी पर्वतहरूको महत्व तिनको अभेद्यतामा थियो।

यी पर्वत संसारमा सर्वोच्च छन् – माउन्ट एवरेस्टको उचाइ २९०२८ फीट छ ।...)

यहाँ सगरमाथालाई भारतको प्राकृतिक विभाजनको चर्चाको पेटभित्र पारेर उल्लेख गर्नुले ‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने भाव सम्प्रेषण गर्न खोजिएको स्पष्ट हुन्छ।

पृष्ठ ९ र १० मा भारतको सीमाको उल्लेख गर्दै उनले लेखेका छन्, ‘इसकी सीमाएँ पाकिस्तान, रूस, चीन, बंगलादेश, नेपाल और बर्मा से लगती है।’

यहाँ, स्मरण रहोस् उनले भुटानलाई कहिँकतै उल्लेख गरेका छैनन्। पुस्तकमा ७ ठाउँमा नेपाल, भुटानसमेत स्पष्ट चित्राङ्कित भएको भारतको नक्सा राखिएको छ र पनि सगरमाथाको उल्लेख भारतको हुनेगरी गरिनु र छिमेकी देशका रुपमा भुटानको उल्लेख नगरिनु सोचनीय कुरा हो। यो साना देशप्रति आफूलाई ठूला ठान्नेको हेपाहा–मिचाहा व्यवहार हो।

सन्दर्भ –२ः

धार्मिक सन्दर्भको चर्चा गर्दा बौद्ध धर्मको उल्लेख गर्दै उनी लेख्छन्ः

‘बौद्ध महान धर्मों में एक है जिसे भारत ने विश्व को दिया...

शाक्य वंशीय क्षत्रीय शुद्धोदन नामक एक राजा था। जिसका राज्य आज की भारत नेपाल सीमा पर कहीं था।

...५६३ ई.पू. जब माया लुम्बनी के उपवन में एक अशोक वृक्ष की शाखा पकडकर खडी थी, उसने एक बालकको जन्म दिया ...। (पृ.५६)

(नेपाली अनुवादः बौद्ध महान धर्महरूमध्येको एउटा धर्म हो जुन भारतले विश्वलाई दियो। शाक्य वंशको क्षत्री शुद्धोदन नाम गरेका एक राजा थिए, जसको राज्य आजको भारत नेपालको सीमामा कतैतिर थियो। ई.पू.५६३ मा लुम्बिनीको बगैँचामा अशोकको रुखको हाँगो समातेर उभिएका बेलामा मायाले एक बालकलाई जन्म दिइन्...।)

यहाँ पनि उनले नियतवश बडो बठ्याइँ छाँ्टदै अहिलेको नेपालको लुम्बिनीमा भन्नुको साटो भारत नेपालको सीमामा कतै भन्ने पदावली प्रयोग गरेका छन्। पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ बुद्धको जन्म नेपालमा भएको हो भन्न कृपणता देखाएका छन्। यसका पछाडि उनको भारतवादी नियतले काम गरेको स्पष्ट हुन्छ। बुद्ध धर्म भारतले विश्वलाई दिएको होइन। धर्मको प्रवर्तक देश होइन, व्यक्ति हुन्छन्। बुद्ध नेपालका हुन् भन्ने तथ्य जगजाहेर छ। उनको जन्मभूमि नेपालको लुम्बिनी (कपिलवस्तु) हो र आफ्नो धर्मको प्रचार–प्रसार उनले भारत र नेपालका विभिन्न स्थानमा गएर गरे।

सन्दर्भ–३

नेपाल बेलायत युद्धका सन्दर्भको चर्चा गर्दै सिंहले लेखेका छन्।

‘नेपाली १८१४–१६ में पराजित हुए पर उन्हें अपने पर्वतीय राज्य पर शासन करने दिया गया...।’ (पृ.१४४)

(नेपाली अनुवादः नेपाली १८१४–१६ को युद्धमा (बेलायतसँग) पराजित भए तर पनि तिनलाई आफ्नो पर्वतीय राज्यमा शासन गर्न (बेलायतद्वारा) दिइयो।)

यहाँ पनि उनले तथ्यलाई नियतवश लुकाएका छन्। पश्चिमका कुमाउँ, गढवाल, नैनीताल आदि र पूर्वका दार्जिलिङ, खर्साङ, सिलिगुडी र तराईका कतिपय भूभाग भारतमा गाभिएको कुरा लुकाएका छन्। नेपालको जय–पराजयको कुरो एउटा पक्ष हो तर, अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।

यी कुराहरूले के पुष्टि गर्दछ भने भारतका कतिपय लेखकहरूको पनि भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। उनीहरू जानाजान सत्यतथ्यलाई भाँचकँुच पारेर प्रस्तुत गर्ने गर्दछन्। र, खुशवन्त सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन् भन्ने तथ्य उनको ‘मेरा भारत’ नामक पुस्तकले प्रस्तुत गरेको छ।

यस्तो भ्रामक जानकारी सम्प्रेषण गर्न लेखक, अनुवादक र प्रकाशक तीनै थरी लागिपरेका छन्। उक्त पुस्तक सन् २००९ मा प्रकाशित भएको र त्यसपछि पनि त्यसका कतिपय संस्करण आइसकेका होलान्। पुस्तकका मूल लेखकको देहावसान २० मार्च २०१४ मै भइसकेको हुनाले गलत र भ्रामक तथ्यहरूको सम्प्रेषण गरिएबापतको भूलका लागि क्षमा माग्ने र भ्रामक जानकारीलाई सच्याउने कार्य प्रकाशकका हैसियतले ‘राजकमल प्रकाशन’को हुन आउँछ। त्यसैले राजकमल प्रकाशनले यसतर्फ शिघ्रातिशिघ्र ध्यान देओस्। यस पुस्तकको अङ्ग्रेजी संस्करणमा पनि त्यसका प्रकाशकले यी भ्रामक तथ्य सच्याउनु आवश्यक छ।

Source:- Setopati

Thursday, August 25, 2016


राैतहट- राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २० जनाकाे मृत्यु भएकाे छ। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेकाे छ।

नारायगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चन्डीभन्यज्याङ-५ कालिखोलानजिक यात्रुबाहक बस खसेको छ। '२० वटा शव निकालिएकाे छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ', मध्यामाञ्चल प्रहरी प्रमुख डिअाइजी पशुपति उपाध्यायले भने, 'उद्धारका लागि थप प्रहरी बल घटनास्थल पुग्दैछ।' उनका अनुसार बस सडकदेखि २ सय मिटर तल खसेकाे छ।

गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात संघकाे साे बसमा चन्द्रनिगाहपुर र अन्य स्थानबाट पनि यात्रु चढेकाे प्रहरी अनुमान छ। बसमा अधिकांश यात्रु मजदूरी गर्न जानेहरू थिए।

लाेकराज पाैाैडेलले चलाएकाे साे बसमा चन्द्रपुर-२ गैडाकाेटका श्याम न्याैपाने सहचालक छन्। उनीहरुको अवस्था खुल्न सकेकाे छैन।


Wednesday, August 17, 2016

पोल्यान्डस्थित भारतीय दूताबास अगाडी राखिएको साइनबोर्ड । जसमा नेपालको अन्नपूर्ण हिमशृंखलालाई भारतको भनेर प्रचार गरिएको छ ।


काठमाडौं, १ भदौ । ‘अतुल्य भारत’ अभियानको ब्यानरमा नेपालको अन्नपूर्ण हिमशृंखलाको फोटोलाई राखेर कुप्रचार गर्ने पोल्यान्डस्थित भारतीय राजदूतावासले नेपालीसँग माफी मागेको छ ।

उक्त तस्बिर नेपालको अन्नपूर्ण हिमशृंखला अगाडि नेपाली महिलाले योगाभ्यास गरेको भन्दै एक नेपालीले आफ्नो फेसबुकमा लेखेपछि भारतदेखि पोल्यान्डसम्म हंगामा भएको छ र भारतीय राजदूतले माफी मागेका छन् ।


भारतको स्वतन्त्रता दिवसको अवसर पारेर पोल्याण्डको राजधानी वार्सास्थित भारतीय दूतावासअगाडि राखिएको साइनबोर्डमा नेपालको अन्नपूर्ण हिमशृंखलाको तस्बिरसँगै योग मुद्रामा रहेकी महिलालाई भारतको देखाउन खोजिएको कुराले भारतीय सञ्चार माध्यम पनि तातेका छन् । उक्त फोटो फोटोमा ‘अतुल्य भारत’ लोगो, देशको पर्यटन विभागको मार्केटिङ अभियानको ब्रान्ड अंकित छ ।

फेसबुकमा ललितपुरका राजेश श्रेष्ठले ‘अन्नपूर्ण भारतीय सीमाभन्दा टाढा उत्तर–पश्चिम नेपालको हिमालयमा अवस्थित छ’ भनेर लेखे । श्रेष्ठ सूचना सार्वजनिक गरेपछि निकै भाइरल भयो । भारतले कपोकल्पित प्रचार गरेपछि त्यसको आलोचना पोल्याण्डसम्म पनि भयो ।

त्यसपछि भारतीय राजदूत अजय विसरियाले नेपालीसँग क्षमा याचना गरे र ब्यानर हटाउन बाध्य भए ।

यसअघि भारतले नेपालमा जन्मिएका भगवान गौतम बुद्धबारे पनि कुप्रचार गर्दै आएको थियो ।

तस्बिर: राजेश श्रेष्ठको फेसबुकबाट



भारतले नेपालसँग माफी माग्यो

Monday, August 15, 2016


ग्रेटर नेपाल द्वारा पूर्व निर्धारित कार्येक्रम अनुसार भारतीय दुतावास अगाडी बिरोध प्रदशन गर्ने क्रम मा मोर्चा का सदस्य तथा पदाधिकारी लाई प्रहरीले खानी तथा भूगर्भ विभाग अगाडिबाट पक्राउ गरि महेन्द्र पुलिस क्लबमा थुनेर राखेको छ।

भारतीय स्वतन्त्र दिवस को अवशर मा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा ले सुगौली सन्धि पूर्व को नेपाल को भूभाग को माग गर्दै तथा भारतीय पक्ष बाट नेपाली सीमाको अत्रिक्रमण को बिरोध स्वरुप भारतीय दुतावास अगाडी प्रदशन को कार्येक्रम को तय गरेको थियो l

साथै नेपाली राजनीति को अस्थिर अवस्था मा भारतीय राजदुत द्वारा गरिएको कार्य तथा बक्तव्य प्रति पनि मोर्चा को बिरोध रहेको थियो l सो कार्येक्रम अनुसार भारतीय दुतावास तर्फा जादा मोर्चा का दस्य तथा पदाधिकारी लाई प्रहरीले पक्राउ गरेको हो l

उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराएर विरोध कार्यक्रम अायाेजना गरिएको थियो।

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook