Friday, September 2, 2016




बहुचर्चित निजगढ- काठमाडौँ द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक भारतलाई दिनु पर्ने अडान राख्दै आएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आज पुन: सोहि कुरा दोहोर्याएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा फास्टट्रयाकको कुरा उठेपछि मन्त्री निधिले भारतलाई दिनु पर्ने दोहोर्याएका हुन् । उनले आफु बिशेष दुतको रुपमा भारत भ्रमणमा जाँदा फास्ट ट्रयाकको बारेमा छलफल नभएको पनि प्रष्ट पारे । तर आयोजना भारतलाई नै दिनु पर्ने अडान राखे ।
उनले आफ्नो भनाईको औचित्य पुष्टि गर्न बिगतका आयोजनाको पनि उदाहरण दिए । उनले फास्टट्रयाकलाई पनि अरुण तेस्रोको नियत बनाउने कोसिस भएको आरोप लगाए । उनले फास्ट ट्रयाक निर्माणको जिम्मा लगाउने कुरा राष्ट्रवाद हो वा राष्ट्रघात हो भन्न बहस गर्न पनि आफु तयार रहेको बताए। उनले बूट प्रणाली गलत भए कानुनमा संशोधनमा जोड दिए । पूर्ववर्ती केपी ओली सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने भन्दै १० अर्ब रुपैँया बजेट बिनियोजन गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौ–तराई फाष्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने प्रतिबद्धता जनाइसकेका छन् । तर निधि भने फास्ट ट्रयाक कुनै हालतमा पनि भारतलाई दिनु पर्ने अडानमा छन् । -

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook