Thursday, June 18, 2015

एसएसबीद्वारा आवत जावतमा समेत रोक

भारतीय एसएसबीको ज्यादती खेप्दै आएका कञ्चनपुरका महाकाली वासिन्दा भारतीय नागरिकले पनि नेपाली भूमि प्रवेश गरेर दादागिरी गर्नका साथै ज्यान मार्न नेपाल प्रवेश गर्न थालेका छन्।

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय नागरिकहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकबर क्षेत्र हिजोदेखि तनाव ग्रस्त बनेको छ्।

भारतीय सिमावर्ती बजार मेलाघाट र खटिमाबाट आएका ५०/६० जनाको हतियारधारी समूहले दोधारा चाँदनी वडा नं. १० बस्ने भोपाल बस्नेतको हत्या गर्ने उद्धेश्यले आएपछि दोधारा चाँदनीको कुतियाकबर नेेपाल–भारत सीमा क्षेत्रमा तनाव श्रृजना भएको हो।
उनीहरू मध्ये ५ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हसिया, चक्कु, लठ्ठी तथा मोटरसाईकलसहित पक्राउ गरेको छ्।
एसएसबीले उनीहरुको नाम भने खुलाएको छैन्। बाँकि हतियारधारीहरू फरार भएको बताईएको छ्। जसको कारण हिजो दिनभरी कुतियाकबर क्षेत्र तनावमा बितेको स्थानीयहरुले बताएका छन्।

सीमानामा तनाव श्रृजना भएपछि एसएसबीले आवत–जावत गर्ने सर्बसाधारणलाई समेत रोक लगाएको छ्। आफ्नो घरदेखि पारीको गाउँ कुतियाकबरमा खसी काट्न गएका भोपाल ५०/६० जनाको हतियारधारी समूहले घेरेको थाहा पाउने बित्तिकै उनी जगबुडा नदी तरेर भागेका थिए।

हत्या गर्ने उद्धेश्यले आएका हतियारधारी समूहलाई देख्ने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्कालै कुतियाकबर पुगेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले चारैतिरबाट घेरा हालेपछि हतियारधारी समूह भागेका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले एक भारतीय नम्बर प्लेट रहेको युके ०६ आर ८३१७ नम्बरको यामहा एक्सजेड मोटरसाईकल र एक थान लामो दाउ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ्। कुन कारणले उक्त समूह हत्या गर्न आएको बारे खुलेको छैन्।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook