Wednesday, August 17, 2016

पोल्यान्डस्थित भारतीय दूताबास अगाडी राखिएको साइनबोर्ड । जसमा नेपालको अन्नपूर्ण हिमशृंखलालाई भारतको भनेर प्रचार गरिएको छ ।


काठमाडौं, १ भदौ । ‘अतुल्य भारत’ अभियानको ब्यानरमा नेपालको अन्नपूर्ण हिमशृंखलाको फोटोलाई राखेर कुप्रचार गर्ने पोल्यान्डस्थित भारतीय राजदूतावासले नेपालीसँग माफी मागेको छ ।

उक्त तस्बिर नेपालको अन्नपूर्ण हिमशृंखला अगाडि नेपाली महिलाले योगाभ्यास गरेको भन्दै एक नेपालीले आफ्नो फेसबुकमा लेखेपछि भारतदेखि पोल्यान्डसम्म हंगामा भएको छ र भारतीय राजदूतले माफी मागेका छन् ।


भारतको स्वतन्त्रता दिवसको अवसर पारेर पोल्याण्डको राजधानी वार्सास्थित भारतीय दूतावासअगाडि राखिएको साइनबोर्डमा नेपालको अन्नपूर्ण हिमशृंखलाको तस्बिरसँगै योग मुद्रामा रहेकी महिलालाई भारतको देखाउन खोजिएको कुराले भारतीय सञ्चार माध्यम पनि तातेका छन् । उक्त फोटो फोटोमा ‘अतुल्य भारत’ लोगो, देशको पर्यटन विभागको मार्केटिङ अभियानको ब्रान्ड अंकित छ ।

फेसबुकमा ललितपुरका राजेश श्रेष्ठले ‘अन्नपूर्ण भारतीय सीमाभन्दा टाढा उत्तर–पश्चिम नेपालको हिमालयमा अवस्थित छ’ भनेर लेखे । श्रेष्ठ सूचना सार्वजनिक गरेपछि निकै भाइरल भयो । भारतले कपोकल्पित प्रचार गरेपछि त्यसको आलोचना पोल्याण्डसम्म पनि भयो ।

त्यसपछि भारतीय राजदूत अजय विसरियाले नेपालीसँग क्षमा याचना गरे र ब्यानर हटाउन बाध्य भए ।

यसअघि भारतले नेपालमा जन्मिएका भगवान गौतम बुद्धबारे पनि कुप्रचार गर्दै आएको थियो ।

तस्बिर: राजेश श्रेष्ठको फेसबुकबाट



भारतले नेपालसँग माफी माग्यो


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook