भारतीय सुरक्षाकर्मीका कारण गोरखाको राहत वितरण प्रभावित२५ वैशाख, पोखरा । भूकम्प पीडितको उद्धारका लागि पोखरामा खटिएका भारतीय सेनाले मनपरि गर्ने हो भने जताबाट आएको हो उतै जान पश्चिमाञ्चल क्षेत्रीय प्रशासकले चुनौती दिएका छन् । भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीहरुको आग्रह अटेर गरी आफूखुसी उडान भरेपछि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उनीहरुलाई फर्काइने चेतावनी दिएका हुन् । गोरखाको पालुङटार केन्दि्रत गरेर विहीबारदेखि उद्धार शुरु गर्ने बताइए पनि भारतीयहरुले नेपाली सुरक्षाकर्मीसँग समन्वय नगरी आफूखुशी हेलिकोप्टर उडान शुरु गरेपछि विवाद भएको हो । पालुङटारलाई आधार बनाएर त्यहाँबाट स्थलमार्गबाट उद्धार र राहत वितरण गर्न बुधबार भारतीयलाई निर्देशन दिइएको थियो । तर, सो अनुसार विहीबार भारतीयहरुले उद्धार नगरेको नेपाली अधिकारीहरुको भनाइ छ । भारतीयहरु भने प्राविधिक समस्या देखाउँदै अन्तै उडान भरिरहेका थिए । भारतीय पक्षले शुक्रबार पनि आफूखुशी उडान भरिरहेको नेपाली अधिकारीहरुको आरोप छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले भारतीयहरुले आफूखुशी उडान भरिरहेकाले सचेत गराइएको बताए । उनले विहीबारदेखि पालुङटार केन्द्रित गरेर उद्धार राहत वितरण गर्न निर्देशन दिइए पनि नटेरेको र आफूखुशी उडान गरिरहेको बताए । क्षेत्रीय प्रशासक थपलियाले भने, ‘हामीले उद्धार र राहतलाई पालुङटारमा केन्द्रित गर्न निर्देशन दिएका छौं, त्यो अनुसार काम भइरहेको छैन, हामीले दिएअनुसार काम गरेनन् भने जुन बाटो आएका हुन्, त्यतै जान्छन् ।’ गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले भारतीयहरुले प्राविधिक समस्या देखाएर आफूखुशी उडान भरिरहेको बताए । उनले पनि आफूहरुले भनेअनुसार उद्धार तथा राहतमा नजुटे भारतीयहरुलाई विदाइ गरिने उल्लेख गरे । source:- onlinekhabar
Friday, May 8, 2015
2:17:00 AM
Admin
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment