Sunday, May 10, 2015
4:01:00 AM
Admin
No comments
काठमाण्डु, २७ वैशाख– १२ गते भूकम्प गएयता नेपालमा भारतीयको दादागिरी अचाक्ली बढेको छ । सहयोगका नाममा नेपाल भित्रिएका भारतीय पत्रकारले नेपाल प्रहरीलाई पोखरा विमानस्थलमा झण्डै हातपात नै गरे । अहिले पनि हरेक दिन काठमाण्डु अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको व्यारेकभित्रै भारतीय सेनाको चर्को दादागिरी चल्ने गरेको छ । तर, नेपाली सेनाका अधिकारी मूकदर्शक भएर उनीहरुको बस्न बाध्य छन् ।
आइतबार नेपाली पत्रकारलाई भारतीय सेनाका जनसम्पर्क अधिकृत बी पाण्डेले नेपाली सेनाकै सामुन्नेमा ‘छोटा मान्छेको दिमाग पनि छोटै हुँदोरहेछ’ भन्दै होच्याए ।
भूकम्प पीडित क्षेत्रको रिर्पोटिङका लागि नेपाली सेनाले बोलाएर विमानस्थल स्थित ११ नं बाहिनीमा पुगेका ‘बुधबार’ साप्ताहिकका सम्पादक तथा पुर्वप्रधानमन्त्री माधबकुमार नेपालका प्रेस सल्लाहकार विष्णु रिजाललाई ती भारतीय सेनाले त्यसरी अपमानित गरेका हुन् ।
रिजालसँगै यस काठमाण्डु टुडेडटकमका पत्रकार उज्जल पहाडीलाई चिनियाँ हेलिकोप्टरबाट रसुवाको धुन्चे लैजाने गरी नेपाली सेनाले व्यवस्थापन गरेको थियो । तर, मौसमका खरावीका कारण केरुङबाट उक्त जहाज नआएपछि नेपाली सेनाकि जनसम्पर्क अधिकृत क्याप्टेन मञ्जु खड्काले चिनिया“ हेलिकोप्टर आउन नसक्ने भएकाले भारतीय वायुसेनाको हेलिकोप्टरमा सिन्धुपाल्चोक जान भनिन् । र, सिन्धुपाल्चोक लैजानका लागि क्याप्टेन मञ्जुले हेलिकोप्टरतिर लिइन् ।
त्यहा“ पुगेपछि ती भारतीय सैनिक अधिकारीले दुइमध्ये एकजनालाई मात्र लैजाने बताए ।
त्यसपछि पत्रकार रिजालले उनको भनाइको प्रतिवाद गर्दै अनुरोध गरे– ‘हेलिकोप्टर तपाईंहरुको हो, सिट क्षमता दुईजनाको मात्रै छ भन्नुहोस् । तर, को जाने र को नजाने ? तपाईंले भन्ने होइन, हाम्रो सेनाले भन्छ ।’
उनले ‘यहाँ कसलाई लैजाने, कसलाई नलैजाने ? मैले निर्णय गर्छु । मन लाग्छ भने जाऊ, मन लाग्दैन भने नजाऊ’ भने ।
आफूले तीन हजार पत्रकारलाई ह्यान्डल गरेको र आइआइएसीबाट मास्टर्स गरेको धक्कु लगाउदै ती भारतीय सेनाले भने,‘कसरी मिडिया ह्यान्डल गर्नुपर्छ, मलाई थाहा छ, तिमी जस्ताले मलाई केही गर्न सक्दैनौ ।’
रिजालले उनलाई प्रश्न गरे, ‘तपाईं यहाँ किन आउनुभएको हो ?’ उनले ‘सहयोग गर्न’ भन्ने उत्तर दिए । अनि ‘फलानो जाने, फलानो नजाने भनेर किन निर्णय गर्नुहुन्छ त ?’ भन्दै रिजालले फेरि प्रश्न गर्दा उनले जवाफ दिए, ‘यो मेरो अधिकार हो ।’
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment