Sunday, April 19, 2015
3:36:00 AM
Admin
No comments
काठमाडौं, वैशाख ६ । सुन्दा अचम्म लाग्न सक्छ नेपालमा नागरिकता पनि बिक्रीमा छ भन्दा । तर अचम्म मान्नु पर्दैन नेपालमा रहने केही तिब्बती शरणार्थीले कीर्तेगरी नागरिकता लिने गरेका छन । उनीहरुलाई नागरिकता उपलब्ध गराउन गिरोहनै संचालनमा आएको पाइएको छ । पछिल्लो समय नेपालका हिमाली जिल्लाहरुबाट नेपाली नागरिकता खरिद बिक्री गरिन थालेको छ । फ्रि तिब्बत अभियानका लागि क्रियाशिलहरु मध्य अहिले अधिकाँससंग नेपाली नागरिकता रहेको रिपोर्ट चिनियाँ दूतावासले दावी गरेको छ । स्रोतका अनुसार चीनले सरकारलाई विभिन्न जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएर नागरिकता किर्ते रोक्न आग्रह गरेको छ । चिनियाँ दूतावास स्रोतका अनुसार सिन्धुपाल्चोक र रसुवाबाट धेरै तिब्बतीले नेपाली नागरिकता प्राप्त गरेका छन । एकजनाले नागरिकता बनाउँदा २ लाख रुपैयाँदेखि ४ लाखसम्म खर्च गर्ने गरेका छन ।
शरणार्र्थीलाई भारतमा आवतजावत गर्न सजिलो हुुने र नेपालमा वैधानिक हिसाबले बसेर पनि फ्रि तिब्बत गतिविधि संचालन गर्न पाईने भएकाले उनीहरुको ध्यान नेपाली नागरिकतामा परेको छ । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएका कारण शरणार्थीका गतिविधिमा निगरानी राख्दै आएको छ । फ्रि तिब्बत अभियानलाई अगाडी बढाउनेगरी नागरिकताको बिक्रिवितरण गरिएकोप्रति गृहमन्त्रालयले कुनै अनुसन्धान गर्न सकेको छैन । स्रोतका अनुसार केही शरणार्र्थीले सिन्धुपाल्चोक र रसुवाबाट नागरिकता लिएका छन । नागरिकताका आधारमा कतिपयले राहदानी समेत बनाईसकेको चिनियाँ दूतावास स्रोतको दावी छ । चीनले भारत र अमेरिका समेत यस्तो कार्यमा अनौपचारिक संलग्न रहेको हुुन सक्ने आश.का समेत व्यक्त गरेको छ । यद्यपी चीनको आरोपको पुष्टि हुन सकेको छैन ।
नेपालमा जनआन्दोलनपछिका केहीवर्ष तराईका विभिन्न ठाउँमा नागरिकताको किनबेच भएको थियो । अहिलेसम्म पनि कतिपय भारतीय नागरिकले नक्कली विवरण बुुझाएर नागरिकता लिएको खबर आउने गरेको छ । तराईका खासगरी बाँके, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, सिरहा, मोरङ्ग लगायतका जिल्लामा भारतीय नागरिकले नक्कली विवरण बुुझाएर नागरिकता लिएका घटना आएसंगै अब उत्तरी क्षेत्र खासगरी चीनसंग सीमा जोडिएका क्षेत्रमा नक्कली विवरणमा विदेशीले नागरिकता पाउने बढी संभावना रहेको गृहकै अधिकारीहरु बताउँछन । तर कीर्तेगरी नागरिकता लिनका लागि कर्मचारी र गाउँस्तरका राजनीतिकदलका नेताहरुको मिलेमतो हुुने गरेको छ । स्थानीयबासिन्दाको तर्फबाट राजनीतिकदलका नेताहरुले सिफारिस गर्ने र उक्त सिफारिसमा अपुुग विवरण जिल्ला प्रशासनका अधिकारीहरुले मिलाएर शरणार्थीलाई दिने गरेका घटना समेत सार्वजनिक हुुन थालेका छन ।
पछिल्लो समय सिन्धुपाल्चोकमा एक जना तिब्बती नागरिक पक्राउ परेका छन । तिब्बत खाम्नुुङहेङका तेन्जिङ शेर्पालाई कीर्तेगरी नागरिकता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शेर्पालाई र्कीर्ते नागरिकता बनाएको अभियोगमा थुनामा समेत राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनले विक्रम संवत २०६८ सालमा नेपाली नागरिकता लिएको खुलेको छ । उनले राजनीतिक दल र सरकारी अधिकारीहरुकै मिलेमतोमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेको बताएका छन । उनले सिन्धुपालचोकको हेलम्बुु ६ मा आफ्नो स्थायी घर भएको र्कीतेगरी नागरिकता लिन सफलता प्राप्त गरेका थिए । उनलाई सिन्धुपाल्चोकबाटै पक्राउ गरिएको हो । प्रहरीले उनी मार्फत किर्ते नागरिकता बनाउनेको खोजि भैरहेको छ । सिन्धुपाल्चोक प्रहरीले अनुसन्धानका क्रममा हेलम्बु ६ मा तेन्जिङ शेर्पा नाम गरेका व्यक्ति नभएको जनाएको छ । हेलम्बुुका गाबिस सचिव नारायण पौडेलले विभिन्न कागज र्कीर्तेगरी नागरिकता बनाउने प्रचलन बढ्दै गएकाले सबै कार्यालयले सचेतता अप्नाउनुपर्नेमा जोड दिन्छन । गाबिसमा भएको रेकर्ड अनुसार तेन्जिङ्ग नाम गरेका व्यक्ति हेलम्बुमा नरहेकाले उनी तिव्वती शरणार्थी भएको खुल्न आएको हो । उनलाई थुनामा राखिएको छ । नागरिकतामा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको हस्ताक्षर रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment