Tuesday, April 7, 2015
8:57:00 PM
Admin
No comments
कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्द यथावत
झापाः एमाओवादी झापाकी अध्यक्ष धर्मशीला चापागाईं लगायत ३० दलीय मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा आन्दोलनरत मोर्चाका कार्यकर्ताले झापा बन्द यथावत राखेका छन् ।
मंगलबार बेलुका चापागाईंलाई प्रहरीले पक्राउ गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित बनेका छन् । मंगलबारैमेचीनगर नगरपालिकाको कार्यालय र दमकस्थित मालपोत कार्यालयमा तोडफोडमा संलग्न मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका चापागाईं तथा अन्य कार्यकर्ताको रिहाईको माग गर्दै झापा बन्द यथावत राखिएको मोर्चाका कार्यकर्ताले बताएका छन् ।
बुधबार विहान सवा आठ बजे मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गस्थित चारालीनजिक देउनीया खोलाको पुलमा एउटा भारतीय मारुती भ्यानमा आगजनी गरेका छन् ।
डब्लुबी ७४ बी ९५९५ नम्बरको उक्त भ्यानमा दार्जीलिङको खरसाङबाट ६ जना धरानको बुढासुब्बा मन्दिरमा पुजा गर्न जाँदै गरेको भ्यानका चालक छिरिङ लामाले बताए ।
दक्षिणतिरबाट मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताले भ्यानमा आगजनी गरेर उत्तरतिर भागेको छिरिङले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment