Friday, August 14, 2015

एकदिन सिक्किममा खचाखच भारतिय सेना आए । ती किन आए त्याहाको दरबारलाई थाहा थिएन । ६/७ सय मिट टाढाबाट दरवारकोको ढोकामा पुगेको अनायास रुपमा द्वारपालेलाई गोली हानेर मार्यो । अस्त्रशस्त्र समर्पण गर्ने चेतावनी पनि दिईएन । सन् १९७१ को पुर्वी पाकिस्तानको पतनपछि पाकिस्तानी बन्दीहरुलाई जे व्यवहार गराएको थियो त्यही व्यवहार त्याहा गरियो र भाग्ने चेष्टा गरेको खण्डमा गोली हानिने चेतवानी पनि दिईएको थियो । ३० मिनेटको समयमा सबैलाई निशस्त्र पारियो । सुनन्दा रायका अनुसार त्यस आक्रमणमा चोईग्याल मारिएको भए इण्डियन निजामतिका 'रअ' का कर्मचारी बढी खुशी हुने थिए ।

२००७ सालको क्रान्ति, त्रिभुवनको दिल्ला पलाय, भारतय सेनाबाट भीमदत्त पन्तको साहदात, के आई सिंह माथि दमन गर्न एक हजार भारतिय सेनाको नेपाल प्रवेश जस्ता घटना सिक्किमका उक्त घटना सगं मिल्द छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट भएको नाटकिय विमान अपहरण र त्याहा भारतिय सुरक्षाको तैनाथी, प्रहरी र सेनाको तालीमको चासो उक्त घटनाको समकक्षी हुन् ।

ईण्डीयासँग सिक्किमको कुनै दुश्मनी थिएन, विबाद र कुनै गल्ती पनि गरेको थिएन । बरु सिक्किमलाई त ईण्डीयाले देशको संरक्षकत्व बहन गरिदिन्छ भन्ने आशा थियो । बेईमानि र दुष्टको कुनै ओषधि हुदैन । चोइग्याल लाई थाहा नदिई एक्कासि हामला गर्नु पनि 'रअ' को ग्राइण्ड डिजाईन नै थियो । थाहा पाएको भए गार्डले केही दिन थेग्न सक्तथ्यो जुन बेलासम्म विश्व समुदायको आखाँ पर्न सक्तथ्यो । सायद यस्तै कार्यका लागि इण्डीयाले खुला सिमाना पद्धति राख्ने र सैनिक सहयोग गर्ने गर्दछ जस्ले त्यस देशको सार्वभौमिकता नै खतरामा पार्न सकोस् । नेपाललाई तीनैतिरबाट घेरेर एकतर्फि रुपमा लगभग नेपाली सेनाको कुलसंख्याको हाराहारीमा भारतले सीमाबल तैनाथ गरेको छ । नेपाली सेनाले पेट्रोलियम पदार्थ भण्डारन गर्न नुपाउने बातावरण बनाएको छ । यी नेपाल प्रतिका भारतिय नियत सिक्किमसंग मिल्दाजुल्दा र संकास्पद छन् ।

सिक्किमको रक्षा भारकिय सेनाले गरिदिने बन्दोबस्त भएकोले सिक्किमेहरु आफ्नो स्वतन्त्रता र सार्वभौमिकतांा ढुक्क थिए । तर कुरा त्यस्तो रहेन । त्यसका कारण सिक्किममा बल प्रयोग गरेर इण्डीयामा गाभिन पुग्यो ।



0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook