इलाममा सीमास्तम्भहरु हराउने र नष्ट हुने क्रममा
इलाम, चैत २५ – नेपाल र भारतको सीमा क्षेत्रअन्तर्गत इलामतर्फका मुख्य, सहायक तथा साना स्तम्भ टुटफुट हुने, हराउने र जीर्ण बन्दै गएको पाइएको छ ।
सीमास्तम्भको मर्मतसम्भार, रेखदेख र पूर्ण निगरानी गर्ने जिम्मा पाएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयले चैत ७ देखि ११ गतेसम्म गरेको स्थलगत अनुगमनका क्रममा माईमझुवादेखि श्रीअन्तुसम्मका सीमास्तम्भ एक दर्जनभन्दा बढी मर्मत गर्नुपर्ने, पाँच हराएका र दुईवटा पूर्णरुपमा भत्किएका पाइएको हो ।
सीमा प्रशासन पशुपतिनगरका प्रमुख लक्ष्मीप्रसाद खरेलले इलामको माईमझुवादेखि जिर्मलेगाविससम्म जङ्गे, सहायक र सामान्य गरी ११६ वटा सीमास्तम्भमध्ये मर्मत गर्नुपर्ने, जीर्ण अवस्थामा पुगेका, हराएका र पूर्ण रुपमा भत्किएका सीमास्तम्भको लगत सङ्कलन गरी मन्त्रालय पठाइएको जानकारी दिनुभयो ।
माईमझुवादेखि छब्बिसेसम्म १८ देखि २६ नम्बरसम्मका नौ मुख्य स्तम्भ (जङ्गे पिल्लर) छन् । त्यस्तै छब्बिसेदेखि तराईको सीमा क्षेत्रसम्म १६ वटा स्तम्भ रहेका छन् । जसमध्ये १, ९, १०, ११, १२, १३, १४, १५ र १६ नम्बरका स्तम्भ मेची खोलाले बगाएको सीमा प्रशासन कार्यालयले जनाएको छ ।
पशुपतिनगर–३ मा रहेका तीन साना ७१÷२१, ७१÷२२ र ७१÷२३ नम्बरका स्तम्भ हराएका छन् । श्रीअन्तु–४ मा रहेको दीपपाल सामुदायिक वन क्षेत्रमा पर्ने ७२÷४ नम्बरको सहायक स्तम्भ र जोगमाई–३ मेघ्मा रहेको ७५÷४ नम्बरको मझौला स्तम्भ हराएका हुन् । “पाँचवटा स्तम्भ हराएको पाइयो”–सीमा प्रशासन प्रमुख खरेलले भन्नुभयो–“हिले क्षेत्रमा यसअघि पनि सीमास्तम्भ हराउने गरेका छन् ।”
स्तम्भसँगै ४६ सहायक पिल्लर छन् । मुख्य र सहायक स्तम्भलाई छुट्याउने ३६ साना स्तम्भ छन् । “मर्मत नगर्दा अहिले पनि धेरै सीमास्तम्भ भत्कने, हराउने स्थितिमा पुगेका छन्”– खरेलले भन्नुभयो–“‘लेउ र झ्याउले पुरिएर मर्मत गर्नुपर्ने स्थितिमा पुगेका सीमा स्तम्भ सशस्त्र, जनपद प्रहरीको सहयोगमा सामान्य मर्मत र रङ्रोगनसमेत गरिएको छ ।”
श्रीअन्तु–८ मा रहेको ७२/६, ७२/३, पशुपतिनगर–४ मा रहेका ७२÷२५, ७१/२०, ७१/२४, ७१/२५, ७१/४, ७१/६, ७१/७, ७१/८, ७१/९ र ७१/१० नम्बरका साना स्तम्भ सामान्य टुटफुट भएका छन् । सामान्य टुटफुट भएका स्तम्भलाई पनि मर्मतसम्भार गर्नुपर्ने देखिएको सीमा प्रमुख खरेलले जानकारी दिनुभयो ।
यसैगरी, जोगमाई–३ मा रहेको ६५/३, १९ र जौबारीमा रहेको ७२÷२ नम्बरको स्तम्भ मर्मत गर्नुपर्ने भएको अनुगमनका क्रममा पाइएको छ । यसअघि सीमा प्रशासन, इलाका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको एक टोलीले सीमा क्षेत्रमध्ये इलामपट्टिका सीमास्तम्भको निरीक्षण गरेको थियो ।
इलामको माईमझुवा–८ को आहाल गैरीमा रहेको ५८/३ नम्बरको मुख्य सीमास्तम्भ हराएको छ । गोर्खे–४ मच्र्याङमा रहेको १९/१ र १९/३ का बीचमा पर्ने १९/२ नम्बरको सहायक स्तम्भ र श्रीअन्तु–८ को छब्बिसेमा रहेको ७२/७ (एम ४) नम्बरको स्तम्भ पूर्णरूपमा ध्वस्त भएको सीमा प्रशासन कार्यालय पशुपतिनगरले जनाएको छ ।
सीमास्तम्भ व्यवस्थित नहुँदा इलामको मेघ्मा, तुम्लिङ, हिले, लामिधुरा, छब्बिसेलगायत दर्जनभन्दा बढी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले समय–समयमा नेपाली भूमि अतिक्रमण गर्ने गरेको छ ।
सीमा प्रमुख लक्ष्मीप्रसाद खरेलको नेतृत्वमा नापी सर्भेक्षक मनोजकुमार यादव, प्रहरी नायब निरीक्षक घनश्याम राय, सशस्त्र प्रहरी सहायक निरीक्षक डिल्लीराज नेम्वाङ र वरिष्ठ हबल्दार गणेश पाण्डे तथा भारतीय सीमा सुरक्षा बल एसएसबी, भूमिसुधार कार्यालयको प्रतिनिधिलगायतका टोलीले नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको निरीक्षण तथा अवलोकन गरेको हो ।
सीमास्तम्भको मर्मतसम्भार, जीर्णाेद्धार, रङ्रोगनका लागि केन्द्रबाट पहल नै नभएको सीमा प्रमुख खरेलको गुनासो छ ।

0 comments:
Post a Comment