Friday, August 14, 2015
- 10:56:00 AM
- Admin
- internationalpolitics, worldhistory
- No comments
सिक्किम पनि नेपाल जस्तै बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता, दिवित परम्पराको ईतिहास र श्रमशील मानव संसाधन भएको सामरिक हिमाली अधिराज्य थियो । तर उल्लेखनिय भौतिक सम्पन्नता भने थिएन । सिक्किम समतल भू-भाग नभएको एउटा पहाडै पहाडले भरिएको, कृषि प्रधान देश भएर पनि एत तिहाई खाद्यान्न आयात गर्नु पर्ने , व्यापार भारतिय माडवारी समूहको कब्जामा रहेको गरिब देश थियो ।
अनेकतामा एकका भएर रहिआएको नेपालमा आज संघर्ष र अमैत्री बढिरहेको छ । नेपालमा जात-जाती बीच, थर गोत्रा बीच, धर्म-धर्म बीच, भाषा-भाषा बीच , भू-भाग भू-भाग बीच भिडन्त, ईर्षा, प्रतिशोध र गाली गलौच बढेको छ । ईतिहासको थालनि देखिको अझ नराम्रो पक्ष त के छ भने आ-आफ्नो भाषाको उत्थान गर्न छाडेर अर्काको भाषा पतन तिर लैजाने , आफ्नो धर्मको उत्थान गर्न छाडेर अर्काको धर्मपतन गराउने, आफ्नो कुलको विकास गर्न छाडेर अर्काको कुलको विनीस गराउने अनौठो र नौलो प्रयोग नेपालमा भईरहेको छ । भूटानमा नेपाली भाषि समुह र बाँकी भूटानि लेप्चा समुहबीच पारिएको फाटो जस्तै नेपालमा विद्यमान 'बाहुनवादे' र 'गैर बाहुनवादे' वा 'चुच्चे' र 'बुच्चे' भन्ने नारा पनि त्यस षड्यन्त्रसँग मुल्दाजुल्दा छन् । यहाँको बाहुनवाद भन्नाले ईण्डो-आर्यन समुह सबैलाई लक्ष्य गरेको भेटिन्छ । ईण्डो आर्यन समूह भित्र भारतीयमुल र नेपाली मुलमा विभक्त गरिएको ले गैरइण्डोआर्य समुहलाई पनि समावेश नगरेर बहुसंख्यक नेपाली विरोधी हुन नसक्ने 'रअ' को विश्लेषण हुनुपर्दछ । यसमा ठुला-ठुला विद्वान पनि लागेका छन्, बडे-बडे नेता पनि लागेका छन् । यो खतराको नराम्रो चिन्ह हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment