Thursday, July 16, 2015
9:53:00 PM
Admin
nationalnews, sima
No comments
काठमाडौँ : एमाले सचिव योगेश भट्टराईले भारतलाई कालापानी चाहिएको भए दार्जिलिङ फिर्ता गर्न चुनौती दिएका छन् ।
बिहिबार नयाँ पेजसँग कुरा गर्दै भट्टराईले भने, ‘यदि भारतलाई कालापानी नै चाहिएको भए । जमिन साटासाट गर्न मिल्छ । हामीलाई दार्जिलिङ देऊ ।’
भट्टराईले जमिन साटासाट गर्न मिल्ने भएकाले कालापानी क्षेत्रको लिपुलेक चाहिएको भए दार्जिलिङ दिन चुनौती दिएका हुन् । जमिन साटासाट अन्य देशमा समेत हुने गरेको स्मरण गर्दै भट्टराईले भने, ‘भखरै बंगलादेश र इन्डियाले पनि जमिन साटासाट गरेका छन् ।’
बंगलादेश र भारत बीच भएको जमिन साटासाटकै ट्रेन्डलाई नेपालसँग पनि भारतले कार्यान्वयन गर्न सक्छ । भारतलाई भन्न चाहान्छु, ‘कालापानी क्षेत्रको लिपुलेक चाहिए हामीलाई दार्जिलिङ देऊ ।’
नेपाल सरकारले फरक ढंगले कूटनीतिक पहल गर्नु पर्ने भन्दै भट्टराईले भने, ‘परम्परावादी ढंगले कूटनीतिक पहल गर्नुभन्दा पहिलाको नेपालकै भूमि दार्जिलिङ फिर्ता मागेर कालापानी क्षेत्र दिन सकिन्छ ।’
भट्टराईले नेपालले कालापानी क्षेत्रको लिपुलेकमा भारत र चीन बीच भएको व्यापारिक सम्झौताका सन्दर्भमा कूटनीतिक पहल गर्दा फरक ढंगले गर्नुपर्ने उल्लेख गरे । सचिव भट्टराईले सरकारले दार्जिलिङ दिन प्रस्ताव गर्ने गरी कुटनीतिक पहल गर्नुपर्ने समेत बताए ।
बुधबार मात्र राजधानीमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले आयोजना गरेको अन्तक्रियामा समेत भट्टराईले लिपुलेक चाहिने भए दार्जिलिङ दिन आग्रह गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment