Thursday, June 25, 2015

दीर्घराज प्रसाई
नेपालको एकीकरणको समयदेखि विभिन्न जात जाति भाषा भाषीहरु आवद्ध रहेको ‘अनेकतामा एकता’ नेपालअधिराज्यको विशेषतालाई भत्काउने खोजिएको छ । उत्तरतर्फ चीन र दक्षिणतिरका ठूला देशहरुको बीचमा संतुलीत संवन्ध कायम गरेर यहाँका अनेकौं जात जाति भाषा भाषीहरुका बीचमा एकता कायम गरेर हिड्ने नेपालको राजसंस्था स्थायित्वको जग हो । नेपालका राजाहरु स्वाभावैले प्रजातान्त्रिक हुन्छन् । तथापि २०१७ सालमा राजा महेन्द्रबाट गरिएको संसद विगटन र दलगत व्यवस्था माथि प्रतिवन्ध लगाउनु परेको इतिहासको एक अध्याय भइसकेको छ । यसको छिनोफानो समयले गरिरहेको छ । राजा महेन्द्र र प्रजातान्त्रिक योद्धा बीपी कोइरालाबीचका असमझदारीका कुरा भन्दा भारतीय हस्तक्षेकै कारण थियो भनेर धेरैले लेखेका छन् । संसद विगटन गरेर, दलीय व्यवस्था माथि प्रतिवन्ध लगाएर बीपी कोइराला र उनको मंत्रिपरिषदका सदस्यहरुलाई कैद गरिएको खतरनाक अवस्था देख्दा देख्दै बीपी कोइरालाले नेपालमा राजसंस्था अपरिहार्य भएको स्वीकारेका छन् । वाध्यतावस यसता असामञ्जस्यतापूर्ण घटनाहरु इतिहासमा देखिन्छन् तथापि त्यसको यथार्थतांलाई हामीले मूल्यांकन गर्न सक्नुपर्छ । २०६३ सालको जनआन्दोलनले चाहेको पूर्ण प्रजातन्त्र थियो । गणतन्त्र अथवा साम्यवादको लागि थिएन । हामीहरु मध्ये कोही गणतन्त्रवादी वा धर्मनिरपेक्षवादी हौला वा इसाई पनि हौला तर विश्वको एक मात्र हिन्दुअधिराज्यको अस्तित्व समाप्त गर्न धर्मनिरपेक्षको लागि थिएन, गणतन्त्रको लागि थिएन ।

सत्तामा बसेका नेपालका नेपालीहरुले नेपालकै अस्तित्व समाप्त गर्न लागेको देखेर हामी सबैलाई चिन्ताले ग्रसित गराएको छ । नेपाललाई डुबाउन खोजेकोमा माओवादी, कांगे्रस, एमालेका नेताहरुलाई नेपालीहरु सराप्छन् । जस्लाई भेटे पनि कांगे्रस, एमाले, माओवादी नेताहरुलाई धिक्कार्ने मात्र छन् । यसरी विदेशीहरुलाई आफ्नो मात्रृभूमि माथि बलत्कार गराउनेहरुको बिरुद्ध कति लेख्ने, कति बोल्ने ? देशको यो अवस्था हुँदा पनि पार्टीका नेताहरुले कुने महसूस गरेका छैनन्, बुझ पचाएर बसेका छन् । देशको यो हविगत हुँदा पनि उनीहर कुनै जवाफदेही लिन पनि चहादैनन् । देशमा यस्तो दूरावस्था उनीहरुकै कारणले भइरहेको कुरा उनीहरु सबैलाई थाहा छ । तर उनीहरु सबै कुरा बुझ बचाएर हाम्रो भनाईलाई उल्टो खिल्ली उडाउने गर्छन् । यो हिन्दुस्थलमा इसाईकरण गराउन यिनीहरुलाई धर्मनिरपेक्ष चाहियो । देशलाई वेवारिसे बनाउन यिनीहरुलाई गणतन्त्र चाहियो र यो सुन्दर, शान्त एकीकृत नेपाललाई टुक्रयाउन संघीयता चाहियो । यसरी राष्ट्रलाई धोका दिएर विदेशीहरुको निर्देशनमा पैसा खाएर देश डुबाउन खोजेको कुरा अव त नेपाली सेना, अदालत लगायत नेपालको सम्पूर्ण प्रशासकीय व्यवस्था, नेपाली जनता लगायत सबै पार्टी भित्रका कार्यकर्ताहरु सबैले राम्ररी जानकारी पाइसकेका छन् । तर यो अवस्थामा पनि देश बेच्नहरुलाई कठघरामा उभ्याएर कारवाही गराउन कोही तातेका छैनन् । यही पीरले सबैको मन खाएको छ । बिनासकारी भूकम्पबाट नेपाली जनता त्रसित छन् । उनीहरुको लागि विदेशबाट अबौं राहत उपलब्ध भइसकेको छ । तर त्यसलाई सुगम–दुर्गमका भूकम्प पीडितहरुको राहतमा उपलब्ध हुनु पर्नेमा सत्ताका जवाफदेही मंत्री, नेताहरुबाट लुकाउने कुकर्म पनि भइरहेको छ । देशको यस्तो विकरात स्थिति रहँदा पनि पनि सत्ता र पैसाको लागि लाजै नमानी कांग्रेस, एमाले, माओवादीहरु जुका जस्तो सत्तामा टाँसिइरहेका छन् ।

यो कसैले कसैलाई भनिरहनु पर्दैन । हामी नेपालीह्ररु एकदलीय साम्यवादी अधिनायकवाद चहादैनौं । नेपालमा सम्पूर्ण जातजातिहरुलाई समिटेर नेपालको सार्वभौमसत्ता अटल राख्नको लागि पनि नेपालका राजाहरुले निरंकुश बाटो लिन मिल्दैन र राजा निरंकुश भएको नेपाली जनता चाहदैनन् पनि । त्यसैले नेपालको राष्ट्रियताको बनोट राजा र जनताको संयुक्र प्रयासको प्रतिफल हो भनिएको हो । यसअवस्थामा माओवादी, कांग्रेस, एमालेका नेताहरु विदेशीहरुको निर्देशन मानेर किन आफ्रनो चिहान आफै खनिरहेका छन् ? नेपाली जनताको चासो हो नेपालमा राजनीतिक स्थिरता, शान्ति–सुव्यवस्था कायम गर्नु । यसको लागि हामी नेपालीहरुको चहाना हो– प्रजातान्त्रिक राजनीतिक व्यवस्था जसलाई निरन्तरता दिनु । शासन व्यवस्थामा प्रजातन्त्रको सर्वोउत्कृष्ट स्थान हुन्छ । यसैको लागि बीपी कोइरालाले सँधै यही व्यवस्थाको लागि आफूलाई समर्पण गरे । राजनीतिक व्यवस्थाले नैं राज्यको आर्थिक,सामाजिक लगायत सम्पूर्ण पक्षहरुलाई मार्गनिर्देश गर्दै ठोस नीति र कार्यक्रमहरु निर्धारण गरेर आम जनसमूदायलाई हिडाउन प्रतिवद्धता भएको हुन्छ । तर २०६३ पनि शासनको वागडोर सम्हाल्न पुगेका कांग्रेस, एमाले, माओवादीले नेपालको सार्वभौम अस्तित्व माथि नैं खेलवाड गरिरहेका छन् । असक्षम र दृष्टिकोणनैं नभएका नेताहरुको कारणले नेपालको भविष्य के हने हो टुङ्गो छैन । विचारको प्रतिवद्धता यहाँ कसैमा छैन । माओवादीहरुले पनि पटक–पटक कुरा फेरेर नयाँ ड्रामा देखाउँदै छन् । अहिले आएर १६ बुँदे सहमतिको नाममा आपसमा पट्टा खेल्नि लागेका छन् ।

नेपालीहरुले चाहे अनुसार संसदीय व्यवस्थालाई प्रगतिशील राष्ट्रवादको ढाचाबाट संचालन गर्ने दृढता नेतृत्व तहमा बसेकाहरुमा हुनसकेको भए यो बितेको १० बर्षमा नेपाल विश्वको अगाडि समृद्ध राष्ट्र बनिसक्थ्यो । कांग्रेस, एमाले, माओवादी सत्तामा रहँदा र सत्ता बाहिर रहँदा कसैले पनि राष्ट्र बनाउने अवधारणा देखाएनन् र छैन । २०६३ सालपछिका सत्तासीनहरुमा राष्ट्रियता बारेमा कुनै महसूस नभएकाले उनीहरु पूर्ण असफल भएका छन् । यसरी आफ्नो देशमा विदेशीहरुको रणभूमि बनाएर यहाँका मूलवासीहरुलाई शरणार्थी बनाउन खोज्ने नेताहरुलाई हातकडी लगाएर जेलमा राखेर उनीहरुले लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गर्नसक्ने दृढता हामीमा हुनुपर्छ । देशमा भ्रष्टाचारले विकराले रुप लिइरहेको अवस्थामा एकीकृत नेपालअधिराज्यलाई संघीय राज्यमा विभाजन गर्नु यो कहाँसम्मको अपराध हो ? गिरिजाप्रसाद कोइरालाले त यो देशलाई डुबाउनसम्म डुबाउन खोजेर मरेर गए । उनैको बाटोलाई अवलम्वन गर्ने सुशील कोइराला जस्तो व्यक्ति नेपालको प्रधानमंत्री हुनु नैं हाम्रो दुर्भाग्य हो । नेपाली राष्ट्रियताको कुनै माहौल नबुझेका एमालेका खड्ग ओलीलाई प्रधानमंत्री चाहियो, इसाई समर्थक माओवादी नेता प्रचण्डलाई राष्ट्रपति चाहियो । यो कस्तो विडम्वना जहाँ अस्थिरता, भ्रष्टाचार र अराजकत्तालाई आधार बनाएर भागवण्डाको मुद्धाले राष्ट्र अन्योलमा छ । विदेशीले उचालेका यी गैरजिम्मेवार नेताहरु आफ्नो स्वार्थसिद्ध गर्नमा मात्र तल्लिन छन् । आलुको थुप्रोमा एउटा कुहिएको आलु पर्न गयो भने सबै कुहिन्छ भनेझैं चरित्र नभएका नेताहरुको कारणले हाम्रो देशको राजनीतिक व्यवस्था कुहिन लागेको छ । राष्ट्रको लागि यो अतिनै दःुख लाग्दो कुरा हो । कसरी राष्ट्रघातीहरु जन्मिन्छन् भन्ने कुरा नेपाली जनताले जानेका थिएनन् । यसरी अत्याचारको पराकाष्ठा नाघेपछि असह्य भएर नेपाली जनता आफै जागेर यी देशद्रोहीहरुको बिरुद्ध जाइलाग्ने छन् ।

राजनीतिक व्यवस्था आफैमा अफाप हुने होइन । काम गर्दै गएपछि अनेकौं त्रृटिहरु देखापर्न जान्छन्, त्यसरी देखापरेका त्रृटिहरुलाई समयमैं निराकरण गर्न सक्नु प¥थ्यो र पर्छ । तर २०६३ सालपछिका नेपालमा नेताहरु गल्ती स्वीकार गर्न मान्दैनन् किनकि जसरी भए पनि उनीहरु कमाउने र खाने दाउमा मात्र ब्यस्त छन् । आफ्नो गहिराई कति छ त्यस्को पहिचान गर्न नसक्नु कांग्रेस, एमाले, माओवादी नेताहरुको ठूलो कमजोरी हो । शुरुमा कांग्रेस, एमाले, माओवादीले अहिलेको अन्तरिम संविधान सहमतिको दस्तावेज भन्थे । अहिले पनि भन्दैछन् तर कहिले पनि सहमति भएन । अहिले कथित १६ बुँदेलाई आधार बनाएर सहमति यही हो भन्छन् तर त्यो दुई दिनको रामछायाँ मात्र हो । सहमति तोडिएपछि अन्तरिम संविधान आफै अपाङ्ग बन्छ । तर बीना सहमति पनि यिनीहरु सहमतिको धाकधक्कु लगाएर जनतालाई अल्मल्याइरहेका छन् । अवत यस्तो लाग्न थागेको छ कि यी नेताहरुको अनुहार कतै देख्न नपरोस् ।

संविधानसभाको निर्वाचनपछि माओवादीको नेतृत्वमा सरकार गठन भयो । नेपाली कांग्रेस प्रतिपक्षमा रह्यो । त्यो बेलादेखि सहमति तोडियो । त्यसपछि कहलिे पनि सहमति भएन । यिनै अन्योलले गर्दा देशको अवस्था नाजुक भएको छ । सत्ताको भागवण्डाको लुछाचुडीले देशले सहीबाटो पाउन सकेको छैन । दलगत स्वार्थको कारणले २०६३ पछिका सत्तासीन नेताहरुको देशको हितमा सोचाई नैं छैन । यसरी नेपाललाई विकराल स्थितिमा पु¥याउनुमा विदेशी हस्तक्षेप मात्र कारण नभएर यसलाई मलजल गर्नमा यहीकै पार्टीका गद्दार नेताहरु नैं हुन् । सत्तामा बसेर ब्रम्हलुट मच्चाएका कांग्रेस र कम्यूनिष्टहरु आफूहरुले गरेका अपराधहरु लुकाउन राजसंस्था नैं नेपालको बाधक शक्ति हो भन्दै सबै अपराधहरु राजाको थाप्लोमा मात्र हालेर चोखिन खोजेका छन् । नेपालमा धेरै आन्दोलनहरु भए तर २०६३ सालको आन्दोलनले योजनावद्धरुपले नेपालको अस्तित्वलाई समाप्त गर्न खोजेको छ । राजनीतिक पुर्वाग्रह र विदेशीहरुको चलखेलमा फसेर कांग्रेस, एमाले र माओवादीले देशको संवेदनशील कुराहरुलाई बुझेर पनि तजोवध गर्ने काम गरे । यिनै सत्तासीनहरुको कमजोरीको कारणले बढ्दो विदेशी चलखेले नेपालले स्वतन्त्रतापूर्वक खुट्टा टेक्न सकिरहेको छैन ।

राष्ट्रिय स्वतन्त्रता तथा प्रजातन्त्र भन्दा प्रिय नेपालीहरुको केही छैन । तर सत्तासीन पार्टीहरुले प्रजातन्त्र र स्वतन्त्रताको सौदावाजी गरेकाले नेपालमा अराजकत्ता संस्थागत हुन पुगेको छ । अहिले देखिएका कांग्रेस, एमाले, माओवादी नेताहरु प्रजातन्त्रवादी पनि होइनन्, अधिनायकवादी पनि होइनन्, यिनीहरु हुन् विदेशीले उचालेका गद्दार प्यादाहरु । त्यसैले आज हामी नेपालीहरुलाई एउटै मात्र पीर छ– देशद्रोहीहरुको पञ्जाबाट देशलाई कसरी मुक्त गराउने ? दुई ठूला राष्ट्र्रहरुको च्यापोमा परेको यो सानो देश र यहाँका विविध संस्कृति र परप्परामा आवद्ध नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधार तथा स्रोतहरु विस्थापित गरेर यिनीहरुले आफ्नो चिहान आफै खनेका छन् । नेपाल दुई ठूला देशहरुको वीचमा रहेकाले हामी नेपालीहरुले हिडदा र व्यवहार गर्दा साहै्र होसियार हुुनुप¥थ्यो । तर सम्वेदनशील भएर सत्तासीनहरुले सोचेनन् । त्यसैको दुस्परिणाम आज हामी भोग्दैछौं । नेपालको राष्ट्रियतालाई बिरानो बनाइयो । भारतमा अंगे्रजहरुको दवदवा बढ्न लागेपछि हिमवतखण्डको पनि मूल्य, मान्यता र पहिचान समाप्त गरिन लागेको अवस्थामा यसक्षेत्रमा एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुन गएको थियो । पृथ्वीनारायण शाहले उसैबेला राम्ररी बुझेर भनेका थिए– ‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् ।’ यो सत्यलाई अझ पनि मनन् गरेर विदेशीहरुको चक्रब्यूहमा नफसेर नेपालको गौरव कायम राख्न सक्छौं ।

यसरी अध्यारोमा ढुङ्गा हानेकोभरमा कोही नेता बन्न खोज्छन् भने त्यो जस्तो गलन कार्य केही हुने छैन । अव सबैको प्रयासमा नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा सन्तुलन कायम गरेर हाम्रा पहिचानहरु बचाएर नेपालको गौरवमय परम्परा कायम राख्न सकौं । हाम्र पहिचानहरु भनेको सगरमाथालाई शिरमा बोकेर हिड्ने मात्र होइन, गौतम बुद्ध नेपालमा जन्मिएका भनेर फोटो बोकेर हिड्ने पनि होइन । हाम्रा पहिचान भनेर विश्वको एक मात्र हिन्दुअधिराज्य र स्थायित्व र सार्वभौमसत्ताको मेओको रुपमा सम्मानीत संवैधानिक राजतन्त्रलाई यथावत कायम राखेर राष्ट्रिय एकतामा आवद्ध भएपछि हाम्रा सम्पूर्ण पहिचान देखाएर हिड्नै पर्दैन । स्वतः आफै बोल्छन् । माओवादीले गर्दा संंघीय राज्य, जातीय स्वायत्तताको हौवाले गर्दा अरिंगालको गोलो बिच्किएको जस्तो भएको छ– नेपालअधिराज्य । जातीयताको आधारमा प्रजातन्त्र बाँच्न सक्तैन । देश डुब्न लाग्दा विदेशीहरुलाई दोषारोपण गरेर उम्कन मिल्दैन । अवको आवश्यकता देश बचाउनु हो । यसस्थितिबाट अव यो देश बचाउन सकियो भने नेपाल माथि कहिले पनि कुनै विदेशीहरुले आँखा लगाउने छैनन् र यो देशमा २०६३ सालपछिका सत्तासीन गद्दार अपराधी नेताहरुको जन्म हुने पनि छैन । अव निकाशको बाटोमा पुग्न पुग्न संविधानसभाबाट संविधान बन्छ भन्ने भ्रममा नपरी सबैपक्षको सहमतिमा बनेको २०४७ सालको संविधानलाई नैं कार्यान्वयन् गरेर देशको राजनीतिक, सामाजिक, आर्थिक कुराहरुमा आमूल परिवर्तन गर्नसक्ने नीति बनाएर अगाडि बढ्नसक्ने दृढता नैं सही अवतरणको बाटो हो ।

- Source - meronlinekhabar


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook