काठमाडौं, साउन २३ – रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् । कान्छी खेलाडी भएका कारण रियो ओलम्पिक पूर्वनै निकै चर्चामा रहेकी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी छन् ।
गौरिकाले सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य रहेको बताएकी छन् । गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।
त्यसअघि दक्षिण एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी हुन् ।
व्यक्तिगत नौ र टिम स्पर्धामा तीन गरी १२ स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी उनले ओलम्पिकमा आफ्नो प्रदर्शन थप सुधार गर्ने बताएकी छन् । उनले एक सय मिटरको दूरी एक मिनेट ६ सेकेण्ड भित्र पूरा गर्ने लक्ष्य रहेको बताएकी छन् ।
source:-http://ujyaaloonline.com/
Saturday, August 6, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment