Sunday, August 14, 2016
8:02:00 PM
Admin
gn, nationalnews
No comments
आज अगस्त १५ तारिख (यही श्रावण ३१ गते सोमबार ) इन्डियाको स्वतन्त्रता दिवस को अवसर मा ग्रेटर नेपाल द्वारा भारतीय दुतावास अगाडी बिरोध कार्येक्रम गर्ने भएको छ l सुगौली सन्धि पुर्वको नेपाल ले पाउनु पर्ने भूभाग नेपाललाई फिर्ता नगरी उल्टो नेपाल को बाकी सिमा अतिक्रमण गर्ने भुमि हडप्ने जस्ता कार्येक्रम जारी राखेको हुदा यो विरोध कार्येक्रम गर्न लागिएको हो l भारतीय राजदूतलाई नेपालमा आफूखुसी ५ करोड रुपैयाँसम्मका योजना संचालन गर्न पाउने अधिकार रहेको र उसले समानान्तर सरकार चलाएको जस्तो व्यवहार गरेको कारण उसको यो अधिकार खोस्नपर्ने धारणमोर्चा को छ l भारतीय राजदुत रंजित रे गभर्नर जस्तो मनपरी गर्दै हिडिरहेको ले एस्त कार्य तत्काल बन्द गर्नु पर्ने माग मोर्चा को रहेको छ l तसर्थ आज १२ :१५ बजेभित्र रत्नपार्क , शान्तिवाटिकामा भेला भई विरोध जुलुस लिएर भारतीय राजदूतावास ,लैनचौर जाने कार्येक्रम मोर्चा ले तय गरेको छ l यस कार्यक्रममा सबैलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको निमन्त्रणा समेत गरेको छ l
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment