Tuesday, August 9, 2016


रियो ओलम्पिकको खेल सकिन दुई साता बाँकी छ। यस अवधिमा नेपालले अझै आर्चरी, तेक्वान्दो, जुडो र एथलेटिक्स खेल्न बाँकी नै छ।

यी खेलमा नेपालले पदक जित्ने सम्भावना लगभग छैन भन्दा हुन्छ। तर, अन्य ओलम्पिकको तुलनामा नेपालको चर्चा यसपालि बढी भयो।

सबैभन्दा कान्छी खेलाडी बनेर गौरिका सिंहले ओलम्पिकजस्तो बृहत मञ्चमा नेपालको नाम चुल्याइन्। अहिले राष्ट्रिय गानका कारण नेपालको चर्चा पुनः चुलिएको छ।

अन्तर्राष्ट्रिय मिडियाले नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिकको १० विशिष्ट र छुट्टै मौलिकता भएको संगीतको समूहमा राखेको छ। यस ओलम्पिकमा २ सय ६ राष्ट्र सहभागी छन्। प्रायः सबै देशको राष्ट्रिय गानको संगीत सैनिकहरूको कवाज र चर्चमा प्रार्थना गरेजस्तै सुनिन्छ।

नेपालको राष्ट्रिय गान भने रमाइलो नेपाली पप गीतजस्तै सुनिने भन्दै पत्रकार एलेक्स मार्सलले बिबिसीमा लेखेका छन्–‘नेपालको राष्ट्रिय गान क्यासियो किबोर्डमा सजिलै बजाउन सकिन्छ।’

उनले निकालेको उत्कृष्ट राष्ट्रिय गानको सूचीमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चीन, माउरिटानिया, कङ्गो, पाराग्वे पनि छन्।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook