Tuesday, August 2, 2016

काठमाण्डु, १८ साउन– चीनको ‘गुडविल च्यारिटी’ को निमन्त्रणामा बेइजिङ्ग र छेन्दुको १० दिने भ्रमण सकेर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल हालै काठमाण्डु फर्किएका छन् । काठमाण्डु फर्किए लगत्तै नेपालले आफ्नो चीन भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका छन् । बेइजिङ्गमा रहँदा उनले चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार प्रो. लि सिक्वाङ्ग, नेपालका लागि चीनका पूर्वराजदूत ली त प्याओ र चिनियाँ कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीहरुसँग छुटाछुट्टै भेटघाट गरेका थिए ।
ग्रेटर नेपालबारे जनकारी दिन दोश्रो पटक चीन निम्त्याइएका नेपालले उक्त भेटघाटका अवसरमा ग्रेटर नेपालको नक्सा र अन्य सन्दर्भ सामग्री सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराएका थिए । चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार ली सिक्वाङसँग उनले दक्षिणी चिनियाँ समुद्रका टापुहरुमाथिको विवाद, अरुणाचल प्रदेश र ग्रेटर नेपालबारे गम्भीर छलफल गरेका थिए । उनले नेपालका लागि चिनियाँ पूर्वराजदूत ली तप्याओसँग अर्थपूर्ण भेटघाट गरेका थिए । ग्रेरट नेपालको नक्सा बुझाएपछि चिनियाँ पूर्वराजदूत लीले ग्रेटर नेपालको विषयलाई आकर्षक र गम्भीर भन्दै भारतसँग चीनको लामो सीमा विवाद रहेको र समान प्रकृतिका यस्ता मुद्दामा चीन र नेपाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । उक्त अवसरमा गे्रटर नेपालका अध्यक्षले आफू भारत विरुद्ध चीनको ढोका ढकढकक्याउन नभएर हङकङ र मकाओ चीनमा पुनः एकीकृत भए झँै सुगौली सन्धिमा गुमेर विगत लामो समयदेखि भारतको अधीनमा रहेको करिब ६० हजार वर्ग कि.मि. जमिन नेपालले फिर्ता पाउनुपर्ने आफ्नो मागबारे चीनको नेतृत्वलाई जनकारी गराउन आएको बताएका थिए । चिनियाँ राजदूत लीले चिनियाँ नेतृत्वले नेपालले आफ्नो सार्वभौमसत्ताको लडाइँमा सधँै चीनको साथ र सहयोग पाउने वचनबद्धता व्यक्त गरेको नेपालले बताएका छन् । यसै गरी नेपालले चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका कार्यकारी डिन तथा दक्षिण एसियाली अनुसन्धान केन्द्रका निर्देशक प्रोफसर ली ताओ तथा दक्षिण एसियाली अध्ययन संस्थान अन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक ह्वाङ्ग जेङ्गदोसँग पनि भेट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएका थिए । उक्त अवसरमा उनीहरुले ग्रेटर नेपालसम्बन्धी थप अध्ययन सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए । सो अवसरमा ग्रेटर नेपालका अध्यक्ष नेपालले आफ्नो मागमा चिनियाँ समर्थनका निम्ति आग्रह गरेका थिए । एक महिना नवित्दै दोस्रो पटक वेइजिङ्ग निम्त्याइएका फणीन्द्र नेपालको यो भ्रमणलाई बैद्धिक वृत्तमा चासोका रुपमा हेरिएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook