काठमाडौं, नेपालका राष्ट्रप्रमुख, सर्वोच्च मर्यादायुक्त सम्मानित संस्था राष्ट्रपति डा. रामवरण यादव शिर झुकाउँदै जम्लाहात जोडेर लोकतन्त्र दिवसका दिन एकाबिहानै चार–पाँच कक्षामा पढ्ने ‘आज्ञाकारी छात्र’ झैं ठिङ्ग उभिए । राष्ट्रपति भारतीय योगी रामदेवका अगाडि यसरी उभिँदा याेगीले भने राष्ट्रपतिभन्दा पनि ठूलै विशेषाशिर्वाद प्राप्त ‘अवतार’ झैं गरी हाम्रा राष्ट्रपतिलाई धाप मारिरहे ।
एमालेका ‘म्यानमेकर’ भनी चिनिएका पार्टी उपाध्यक्ष तथा मुलुकका सर्वशक्तिमान ठानिने गृहमन्त्री वामदेव गौतमको हालत पनि उस्तै देखियो । त्यही पंक्तिमा उभिए सर्वोच्च अदालतका प्रधान न्याधीश रामकुमारप्रसाद साहलगायतका केही उच्चाधिकारीहरु ।
टुँडिखेलमा आयोजित सार्वजनिक योगा कार्यक्रममा यस्तो दृश्य देखिनु राष्ट्रिय लज्जाको विषय हो । हजारौं सर्वसाधारण र मुलुकका केही विशिष्ट मानिसहरुका अगाडि एक योगी मालिकका रुपमा खडा हुनु र हाम्रो मुलुकको सर्वोच्च निकाय निरीह मुद्रामा प्रस्तुत हुनु खेदजनक मात्रै होइन आपत्तिजनक र दुःखद् समेत छ ।
योगी रामदेव एक योगाशिक्षक हुन् । उनीप्रति जोसुकैको सम्मान–श्रद्धा या उपेक्षाभाव पनि रहन सक्छ । यो आम मानिसको हकमा लागू हुने कुरा हो । तर, देशकै सर्वोच्च सम्मानित संस्थाले योगीप्रति देखाएको यस्तो झुकाव वा लज्जा कुनै पनि मानेमा सह्य हुन सक्दैन । राष्ट्रकै सबैभन्दा उच्च मर्यादा ग्रहण गरेका सार्वभौमसत्तासम्पन्न राष्ट्रका राष्ट्रप्रमुखले छिमेकी राष्ट्रका एक सामान्य नागरिकसामु झुक्नुलाई पाठकका आँखाले कसरी हेर्छन् ? बाँकी जिम्मा पाठकलाई… !
0 comments:
Post a Comment